NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा संरासं महिला (UN Women) को औपचारिक स्थापना घोषणा समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 25 February 2011 14:40

Exclusive: 1 video, 23 photos: न्यू योर्क- आगामी मार्च ८ मा १०० औं अन्तरराश्ट्रिय महिला दिवस मनाइदैंछ तर हिजो बुधवार अर्थात फेब्रुवरी २४ संयुक्त राष्ट्र संघ (संरासं) को ईतिहासमा विश्वभरका महिलाहरुले उनिहरुको हक अधिकार र महिला बिरुद्धको हिंसा, अशिक्षा र बिभेद बिरुद्ध लड्ने एकिक्रित र शसक्त संस्था UN Women को जन्म भएको सुनौलो दिनको रुपमा मनाए।



"One Women", a song dedicated to UN Women launch is being formed at UN General Assembly Hall, New York on February24, 2011. The lyrics is written by Beth Blatt, and music co-composed by Graham Lyle and Clay. Photos: eEyeCam.com


संरासंको न्यू योर्कस्थित मुख्यालयको महासभा हल (जेनेरल एसेम्बली) मा आयोजित उक्त संस्थाको उद्घाटन समारोहमा उपस्थित विश्व भरका झन्डै एक हजार महिला प्रतिनिधीहरुले "One Women" (एक महिला) गीतमा झुमे र संरासं महासचिब बान कि-मुन, UN Women कि नब नियुक्त कार्यकारी निर्देशक तथा संरासं उपमहासचिब एबं चिले देशकि पूर्व राष्ट्रपति मिसेल बाचेलेट, हलिवुउड कि सुपर स्टार नायिका तथा संरासं र UN Women कि सद्भभावनादूत निकोल किड्म्यान, विश्व चर्चित गायिका साकिरा, स्पेन कि राजकुमारी क्रिस्टिना, विश्व प्रसिद्ध समाचार टेलिभिजन सिएनएन (CNN) का संस्थापक टेड टर्नरलगायतका महिलाको खातिर महत्वपूर्ण भूमिका खेलिरहेका अगुवाहरुका जोशिला भाषण सुने र दङ्ग परे। उक्त गीतको रचनाकार बेथ ब्लाट हुन् भने संगित ग्राहम लील र क्लेले श्रीजना गर्नुभएको हो।


Michelle Bachelet, the first Executive Director of UN Women. She is a former Chilean President & Under Secretary General, UN right after the launch of UN Women in UN Headquarters in New York on February24, 2011. Photos: eEyeCam.com

यो पङ्क्तिकार पनि उक्त एतिहासिक समारोहको रिपोर्टिङ गर्न जेनेरल एसेम्बली हलको मिडिया बुथमा पुगेको थियो।



हेनुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:
UN Women Launching Ceremony in UN HQ, New York, Feb 24, 2011

उता नेपालकि प्रतिनिधी तथा 'साथी' संस्थाकि प्रेसिडेन्ट बन्दना राणाले समारोहलाई सम्बोधन गर्दाको क्षण नेपालीको शीर ठाडो पार्ने पक्कै बनेको थियो भने राष्ट्रिय महिला आयोगकि अध्यक्ष तथा हिंशापूर्ण जनयुद्धबाट जन्मिएको शक्तिशाली माओवादी पार्टीका महासचिब रामबहादुर थापा मगर "बादल" कि अधाङ्गिनी नैनकला थापा मगर प्रतिनिधी अतिथीकोरुपमा सहभागी हुनुलाई संयोग मात्र भन्नु मिल्दैनथ्यो किनभने यतिखेर महिला प्रतिनिधीहरु महिला बिरुद्ध हुने सबै खाले बिभेदलाई अन्त्य गर्न सम्बन्धित राष्ट्रलाई दबाब दिन एउटै आवाज उठाउन त्यहाँ भेला भएका थिए। (Read related news: न्यू योर्कमा नेपालद्वारा संरासं सुरक्षा परिषदको रिजोलुसन १३२५/१८२० कार्यन्बयन गर्न राष्ट्रिय कार्य योजना (National Action Plan) को भब्य अन्तरराष्ट्रिय समुद्घाटन सम्पन्न)


Bandana Rana (center), President of Saathi, a Kathmandu based Nepalese NGO at the launching ceremony of UN Women in UN Headquarters in New York on February24, 2011. Photos: eEyeCam.com

अरु ककस्ले समारोहलाई सम्बोधन गरे ?

उद्घाटन समारोहलाई माथि उल्लेखित ब्यक्तित्वहरुका अलावा संरासं महासभा अध्यक्ष जोसेफ देइस्, ओस्कार बिजेता नायिका गीना डेभिस, लाइबेरियामा महिला प्रहरीहरु मात्र सम्मिलित टोलीको नेत्रित्व गरेर संरासं शान्ती टोलीमा सहभागी भारतकि प्रहरी अधिक्रित राखी शाही र नाइजेरियाकि पूर्व परराश्ट्र मन्त्री तथा संरासंकालागि उक्त देशकि स्थाई प्रतिनिधी महामहिम राजदूत जोय ओगुले पनि सम्बोधन गर्नु भएको थियो।



Dignitaries gather to celebrate the launch of UN Women in UN Headquarters, New York on February 24, 2011. From left to right: Bandana Rana, President, Saathi; Ted Turner, CNN founder and UN Foundation chairman; H.R.H Princess Cristina of Spain; President of the UN General Assembly Joseph Deiss; UN Women Executive Director Michelle Bachelet; UN Secretary-General Ban Ki-moon; Mrs. Ban Sook-taek; UN Deputy Secretary-General Asha-Rose Migiro; Permanent Representative of Nigeria and President of the UN Women Executive Board 2011, Ambassador Joy Ogwu; Juju Chang, news anchor for ABC’s Good Morning America; Former Commander of the all-female Formed Police Unit in Liberia Rakhi Sahi; and Actress Geena Davis attend the launch event for UN Women, held in the General Assembly Hall at United Nations Headquarters in New York City on 24 February 2011. UN Women is the new UN organization dedicated to gender equality and the empowerment of women. Photo courtesy: UN Women/Ryan Brown


महासचिब मुनले लैङ्गिक बिभेद, महिलामाथि हुने यौनजन्य हिंसाको अन्त्य गर्न र महिला शसक्तिकारणकालागि अझ सशक्त भूमिका निभाउन UN Women को स्थापना गरिएको बताउनु भयो। (पढ्नुहोस् महासचिब मुनको पूर्ण बक्तब्य)


Ban Ki-moon, UN Secretary-General at the launching ceremony of UN Women in UN Headquarters in New York on February24, 2011. Photos: eEyeCam.com

उता UN Women कि कार्यकारी निर्देशक मिसेल बाचेलेटले सन् २०११ लाई लैङ्गिक समानताको नयाँ युगको शुरुवात भएको घडीको रुपमा आफुले हेर्न चाहेको उल्लेख गर्दै विश्व जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको सामाजिक र आर्थिक अधिकार कुन्ठित पार्न नहुने बताउनु भयो। (पढ्नुहोस् कार्यकारी निर्देशक बाचेलेटको पूर्ण बक्तब्य)

एबिसी टेलिभिजनकि Good Morning America संन्चालिका जुजु चाङ्गले समारोहको सन्चालन गर्नुभएको थियो।

UN Women संयुक्त राष्ट्र संघको गत बर्ष जुलाई २ मा बसेको महासभा बैठकद्वारा संरासं अन्तर्गतको ४ महिला ममिला हेर्ने संस्थाहरु बिलय गरी बनाइएको हो।

UN Women मा बिलय गरिएका संस्थाहरु United Nations Development Fund for Women (UNIFEM), Division for the Advancement of Women (DAW), International Research and Training Institute for the Advancement of Women (INSTRAW) र Office of the Special Adviser on Gender Issues and Advancement of Women (OSAGI) हुन्।

वार्षिक बजेट ५ सय मिल्यन अमेरिकि डलर रहेको यो संस्थाले यस अघीका यि ४ वटा महिला मामिला हेर्ने संरासं संस्थाहरुको कामलाई प्रभाबकारीरुपमा सम्पन्न गर्ने अपेक्षा गरिएको छ।

३२ बर्ष अघी अर्थात सन् १९७९ मा महिला बिरुद्धका सबै प्रकारका शोषण उन्मुलन महासन्धी Convention on the Elimination of All Forms of Discrimination against Women (CEDAW) (Read) पारित भएपनि संरासंको एक तथ्यङ्कअनुसार विश्वभरका ७५९ मिलियन अशिक्षित जनतामध्ये दुई तिहाइ महिलाहरु पर्दछन् र महिलाउपर हुने हिंशाले अन्त्य हुने कुनै छाँट लिएको छैन।

अब हेर्नु छ, बिशेष गरी गरीब मुलुकका हर क्षेत्रमा पछौट्याइएका महिलाहरुले कति चाँडो उन्मुक्तीको श्वास फेर्न पाउने हुन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Ambassador Joy Ogwu, President of the UN Women Executive Board and former Foreign Minister of Nigeria. Photos: eEyeCam.com



Pop singer Shakira speaking via satellite. at the launching ceremony of UN Women in UN Headquarters in New York on February24, 2011. Photos: eEyeCam.com



Academy winner Hollywood actress & UN Women Goodwill Ambassador Nicole Kidman speaking via satellite. Photos: eEyeCam.com



Joseph Deiss, UN General Assembly President. Photos: eEyeCam.com



Ted Turner, CNN founder and Chairman of the UN Foundation.



H.R.H. Princess Cristina of Spain, President of the Institute of Health of Barcelona. Photos: eEyeCam.com



Geena Davis, Oscar winner. She won Oscar in 2004 for her role in "The Accidental Tourist". Photos: eEyeCam.com



Rakhi Sahi, former Commander of the all-female Formed Police Unit in Liberia, Indian Police.



Women representatives at UN General Assembly hall. Photos: eEyeCam.com





UN Headquarters in New York.














Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?