NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन' प्रमुखद्वारा सरकार र माओवादीबीच भएको सहमतिको स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Saturday, 15 January 2011 22:33

काठमाडौं- नेपालकालागि संयुक्त राष्ट्र सङ्घीय मिसन 'अनमिन' प्रमुख करिन लनग्रेनले हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिनेसम्बन्धमा नेपाल सरकार र एकीकृत नेकपा माओवादीबीच हिजो राति भएको सहमतिको स्वागत गरेकी छन् ।

माघ १ गते विज्ञप्ति जारी गरी अनमिन विदाइका क्रममा रहेकी प्रमुख लनग्रेनले शान्ति प्रकि्रयामाथिको आस्थालाई सुदृढ गर्नकालागि अत्यन्त महत्वपूर्ण मानिएको हतियार तथा सेनाको अनुगमनसम्बन्धी प्रबन्धका सम्बन्धमा सहमतिमा पुगेकोमा सम्बद्ध सरकार तथा एमाओवादी दुवै पक्षलाई धन्यवाद दिएकी छन् ।

विज्ञप्तीमा अन्तिम समयमा भएको सहमतिले सिसिटिभी क्यामराका उपकरणसहित अनुगमनसम्बन्धी अन्य सामग्रीको राष्ट्र सङ्घको कार्याविधि अनुरुप अस्थायी रुपमा सापटी र पछि सरकारलाई अनुदानमा दिन बाटो खुलेको बताउँदै अनमिन प्रमुख लनग्रेनले राष्ट्र सङ्घको सम्पत्ति हस्तान्तरण गर्ने विषयमा विचार गर्न आवश्यक सहमति भएको भन्दै खुशी व्यक्त गरिएको छ । उनले प्राप्त सफलतालाई निरन्तरता िदंदै पक्षहरुले लामो समयदेखि बाँकी रहेको एमाओवादीका लडाकूको समायोजन तथा पुनःस्थापनको कामलाई चाँडै कार्यान्वयन गर्ने विश्वास लिएकी छन् ।

लनग्रेनले आगामी जेठ १४ गते नयाँ संविधान जारी गर्नेलगायतका शान्ति प्रकि्रयाका बाँकी मुद्दाहरु तदारुकताकासाथ समाधान खोज्ने प्रतिबद्धता पूरा गर्न सहमतिकासाथ सहकार्य गर्न सरकार तथा राजनीतिक दलहरुसँग सुरक्षा परिषद्ले आग्रह गरेको पनि उल्लेख गरेकी छन् । विगत तीन वर्षदेखि नेपालको शान्ति प्रकि्रयामा सहयोग गर्दै आएको अनमिनको नेपालस्थित झण्डा पुस ३० गते नयाँबानेश्वरस्थित कार्यालयबाट निकालिएको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?