NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन फिर्ता भए नेपालको शान्ति प्रक्रिया बृहद शान्ति सम्झौता अघिको यूद्ध विरामको अवस्थामा पुग्ने माओवादी चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 10 January 2011 12:57

काठमाडौं- एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य एवम सैन्य ईन्चार्ज बर्षामान पुन मगर 'अनन्त' ले अनमिन फिर्ता भए नेपालको शान्ति प्रक्रिया बृहद शान्ति सम्झौता अघिको यूद्ध विरामको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

शान्तिमन्त्री रकम चेम्जोङ्गले चाहिँ अनमिन नभएपनि नेपालको शान्ति प्रकृया अघि बढ्ने ठोकुवा गरेका छन् । राजधानीमा सोमबार भएको साक्षात्कार कार्यक्रममा माओवादी नेता अनन्त र शान्तिमन्त्री चेम्जोङ्गले यस्तो दावी गरेका हुन् ।

माओवादी नेता अनन्तले अनमिनको बहिर्गमनपछि हुन सक्ने दुर्घटनाको जिम्मेवारी अनमिन फर्काउन हतार गर्ने सरकार र सत्तारुढ दलहरुले लिनुपर्ने बताए । 'अनमिन जानु अघि  बृहद शान्ति सम्झौता र हतियार र लडाकुको अनुगमन सम्बन्धी सम्झौता संसोधन गरेर अनुगमन सम्बन्धी संयन्त्र नबनाउने हो भने मुलुक सकारात्मक दिशामा अगाडि बढन सक्दैन' उनले भने- 'त्यसो नगर्ने हो भने मुलुक अन्यौलग्रस्त अवस्थामा पुग्छ ।' अनन्तले माओवादीकोतर्फबाट शान्ति प्रक्रिया भंग नहुने भरोषा दिलाउने प्रयत्न गरे ।

मुलुकमा शान्ति प्रक्रिया जारी रहेकोले यसलाई निश्कर्षमा पुर्याउन विश्वासको माध्यमको रुपमा अनमिनको आवश्यकता रहेको बताउँदै अनन्तले सरकारको अनमिनलाई फिर्ता पठाउने हतारोले गंभीर आशंका उब्जेको दावी गरे ।


अझै पनि सरकार र माओवादीले अनमिनलाई यहाँ राख्न पत्राचार गरे अनमिन नेपालमा बस्न अनन्तको विश्वास थियो । अनमिनलाई फिर्ता पठाउन माओवादीको कुनै भूमिका नरहेको र फिर्ता पठाउन माओवादीले सहमति पनि नगरेको दावीपनि उनले गरे ।

मुलुकमा राजनीतिक गतिरोध लम्बियोस् भन्ने चाहना राख्नेहरुले अनमिन फिर्ता पठाउन भूमिका खेलेको आरोप लगाउँदै माओवादी सैन्य विभाग इन्चार्ज अनन्तले सरकारले माओवादी सेनाको हतियार बुझाउन अनमिनलाई पत्र लेखेको विषयमा आक्रोसपनि व्यक्त गरे । 'सरकारलाई हतियार बुझाउनु भनेको आत्मसर्मपण गर्नु हो' उनले भने- 'माओवादी आत्मसमर्पण गर्ने पक्षमा छैन ।'

नेपालमा सात महिनादेखि सरकार बन्न नसक्नुको प्रमुख कारण भारत रहेको दावी दोहोर्याएका अनन्तले भने- 'हाम्रा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भईसकेको बेला भारतीय विशेष दूत श्याम सरणआई अन्य दलहरुसँग कुरा गरेर रोकेका हुन्, यो कुरा जगजाहेर छ, नेपालमा सरकार बन्न नदिएको भारतले हो यो कुरा कसैबाट छुपेको छैन, कसलाई डिनर खुवाए कसलाई थर्काए सबैले बुझेका छन् ।'

माओवादीलाई सरकार निर्माण र शान्ति प्रकृयाबाट अलग गराउने षडयन्त्र जारी रहेको दावी गर्दै उनले माओवादीको समर्थनमा नेपालका कसैको पनि सरकार बन्न नदिने योजना भारतको रहेको आरोपपनि लगाए । 'हिजो झलनाथजीलाई समर्थन गर्दा बहुमत पुग्दापुग्दै प्रधानमन्त्री बन्न दिईएन हामीले रामचन्द्रजीलाई समर्थन गर्यौं भनेपनि उहाँलाई प्रधानमन्त्री बन्न दिईदैन' अनन्तले भने- 'मुलुकलाई सरकार छिटो आवश्यक छ, माओवादी रामचन्द्र पौडेलको नेतृत्वमा सरकार बनेपनि विपक्षमा बस्न तयार छ ।'

हालैमात्र नयाँ दिल्लीमा नेपाल सम्बन्धी कार्यक्रममा भाग लिएर फर्केका माओवादी नेता अनन्तले भारत नेपालको राजनीतिप्रति अझै सकारात्मक नरहेको स्पष्ट पारे । 'भारत संविधान सभाको म्याद थप गर्नुभन्दा पहिलेकै अवस्थामा छ, अहिले पनि उ संविधानसभाको म्याद थप गर्न चाहँदैन' उनले भने- 'उ संविधान सभा आफू अनुकूल नभएको बरु माओवादीको अनुकूल रहेको ठान्दछ ।'

शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङ्गले चाहिँ नेपालको शान्ति प्रक्रिया नेपालीको आफ्नै पहलमा यँहासम्म आएको दावी गर्दै कुनै पनि तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको बताए । 'नेपालका राजनीतिक दलहरुले अहिलेसम्म शान्ति प्रक्रियालाई यहाँसम्म ल्याएका हुन्' उनले भने- 'अब पनि तेस्रो पक्षको भूमिकाको पनि खासै अर्थ राख्दैन ।' माओवादीकै समर्थनमा अनमिनको म्याद अन्तिम पटक थपिएको दावी गर्दै चेम्जोङ्गले भने- 'अब अहिले यतिखेर आएर बखेडा गर्नुको कुनै औचित्य छैन ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?