NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादीका पूर्व लडाकूहरुको पुन: प्रमाणिकरण आवस्यक नरहेको राष्ट्र संघीय मिसन 'अनमिन' को स्पष्टिकरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 19 May 2009 23:22
काठमाण्डौं- सेना समायोजन विशेष समितिको मातहतमा रहेका माओवादीका पूर्व लडाकूहरुको पुन: प्रमाणिकरण आवस्यक नरहेको राष्ट्र संघीय मिसन 'अनमिन'ले स्पष्ट पारेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको डेढ बर्षअघिको टेपलाई आधार बनाएर नेपाली कांग्रेसले माओवादी लडाकूहरुको पुन: प्रमाणिकरण गर्नुपर्ने माग राखेपछि अनमिनले मंगलबार विज्ञप्ती जारी गर्दै उनीहरुको प्रमाणिकरण नहुने स्पष्ट पारेको हो ।

माओवादी अध्यक्ष प्रचण्डको डेढ बर्षअघिको टेपमा लडाकूहरुको संख्या ७ हजारमात्र रहेको कुरा प्रचण्डले भनेको उल्लेख गर्दै नेपाली कांग्रेससम्बद्ध तरुण दलले २० हजार लडाकूसँग त्यति नै संख्यामा  हतियारपनि नरहेकाले उनीहरुको पुन: प्रमाणिकरण गर्नुपर्ने माग गरेको थियो । दुई हप्ता अघि तरुण दलले अनमिन कार्यालयमा एक ज्ञापनपत्रपनि बुझाएको थियो ।

अनमिनले भने माओवादीका जनसेना प्रमाणित हुन हतियार बोकेकै हुनुपर्ने शर्त तत्कालिन सरकार र नेकपा माओवादीले समेत नराखेको स्मरण गराएको छ । उसले सबै प्रमुख पार्टीहरु र नेपाली सेनासमेत संलग्न संयुक्त अनुगमन समितिले निर्धारण गरेको मापदण्ड अनुसार उनीहरु प्रमाणिकृत भैसकेकाले उनीहरुको प्रमाणिकरण आवस्यक नरहेको बताएको हो ।

'नेपाल सरकार र माओवादीबीच २०६३ मंसीर ५ गते सम्पन्न हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धी सम्झौताले माओवादी सेनाका लडाकू प्रमाणित हुन मापदण्ड तोकेको थियो' अनमिनले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ- 'त्यस अनुसार कुनैपनि लडाकू योग्य ठहरिन २०६३ जेठ ११ अघि भर्ति भएको र २०४५ जेठ १२ अघि जन्मेको हुनुपर्थ्यो ।'

योग्यताकालागि उनीहरुको साथमा जनमुक्ति सेनाको परिचय पत्र पनि हुनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै अनमिनले यही प्रावधानका आधारमा उनीहरुको प्रमाणिकरण गरिएको बताएको छ । सबै प्रकृया पुरा गरेर प्रमाणिकृत भएका लडाकूहरुलाई फेरि कसैको कुनै भनाई वा बक्तव्यको आधारमा प्रमाणिकरण गर्न नसकिने अनमिनको बिज्ञप्तीमा बताइएको छ ।

सेना समायोजनको विरोध गरिरहेको नेपाली कांग्रेसले प्रचण्डको टेप सार्वजनिक भएपछि पुन: प्रमाणिकरणको माग गरेको थियो । तर अनमिनले नेपाली कांग्रेसले नै नेतृत्व गरेको सरकारको सम्मतिमा उनीहरुको प्रमाणिकरण गरिएको जनाउँदै पुन: प्रमाणिकरण गर्न नसकिने बताएर नेपाली कांग्रेसलाई अप्ठेरोमा पारिदिएको छ ।

-Siatarm Baral in Kathmandu
 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?