NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन बहिर्गमनपछि के गर्ने? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 12 January 2011 18:13

काठमाडौं- राष्ट्र सङ्घीय मिसन अनमिनको बहिर्गमनपछि मुलुकमा जारी शान्ति प्रकि्रयालाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन बनेको कार्यदलको बैठकले कुनै निर्णय लिन सकेन ।

पुस २८ गते सिँहदरबारमा बसेको बैठकमा अनमिनको बहिर्गमनपछि अनमिनले गर्दै आएको कार्य कसरी गर्ने भन्नेसम्बन्धमा सहमति जुटाउने प्रयास गरिए पनि ठोस निर्णय हुन नसकेको बैठकपछि कार्यदलका सदस्य वर्षमान पुन मगरले बताए । कार्यदल बैठकमा आफूहरुले अनमिनलाई सानो आकारको प्राविधिक एकाई बनाएर वा उसको कार्यादेश घटाएर केही समयका लागि म्याद थप्नुपर्ने प्रस्ताव राखेको पुन मगरको भनाई थियो ।

कार्यदलले नै समग्र शान्ति प्रकि्रयामा सहयोग पुर्याउने भएकाले अनमिनको म्याद थप गर्नु आवश्यक नरहेको काँग्रेस र एमालेको दाबी थियो । गतसाता सम्पन्न प्रमुख तीन दलको वैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रकि्रयालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एनेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र कृष्ण सिटौला तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल सदस्य रहेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?