NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनद्वारा नेपाली सेना र माओवादी लडाकुहरुको शिविर निरीक्षण शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 23 October 2009 07:36
काठमाडौं -संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा नेपाल सम्बन्धी प्रतिवेदन बुझाउन करिब दुई हप्ता बाँकी भएको बेला नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन अनमिनले नेपाली सेना र माओवादी सेनाका लडाकुहरुको रहेको शिविरको निरीक्षण शुरु गरेको छ ।

अनमिन प्रमुख करिन ल्यानग्रेन सहित संयुक्त राष्ट्र संघको स्थाई सदस्य राष्ट्रका राजदुतहरु सहितको टोलिले कार्तिक ६ गते नेपाली सेनाको काठमाडौं छाउनीमा रहेको हतियार सहितको कन्टेनर निरिक्षण गरेको छ । नेपाली सेनाका प्रवक्ता रमिद्र क्षेत्रीका अनुसार आज विहान अनमिन प्रमुख सहितको टोलिले नेपाली सेनाको व्यारेक र हतियार निरिक्षण गरेको हो । आगामी नोभेम्बर ६ मा नेपालसम्बन्धी प्रतिवेदनमाथि सुरक्षा परिषद्मा छलफल हुन लागेको अवस्थामा यो निरीक्षण शुरु भएको हो ।

अनमिनले आजै इलामको चुलाचुलीमा रहेको माओवादी सेनाका लडाकुहरुको शिविरबाट शिविर व्यवस्थापन, हतियार भण्डारण लगायतको निरिक्षण गरेको माओवादी जनमुक्ती सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल, वलदेवले जानकारी दिएका छन् ।

अनमिन प्रमुख करिन लानग्रेन नेपालको शान्ति प्रकि्रयासम्बन्धी प्रतिवेदन पेश गर्न आगामी सोमबार राष्ट्र संघीय मुख्यालय न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?