NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनद्वारा माओवादी लडाकुहरुको तथ्याङ्क सरकारलाई उपलब्ध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 10 October 2010 08:21

काठमाडौं- हतियार तथा सेना व्यवस्थापन अनुगमन कार्यको एक हिस्साको रुपमा संकलन गरिएको एनेकपा माओवादी सेनाका लडाकुहरुको तथ्याङ्कलाई सम्झौताअनुसार उचित गोपनियताका अपनाएर प्रयोग गर्न अनमिनले सरकारलाई आग्रह गरेको छ ।

अनमिनद्वारा असोज २४ गते जारी विज्ञप्तिमा तथ्याङ्क उपलब्ध गराउने सहमति शान्ति प्रकि्रयाको अर्को सकारात्मक कदम भएको उल्लेख छ । माओवादी सेनाका लडाकुहरुको यकिन तथ्याँक भने सार्बजनिक गरिएको छैन ।

संयुक्त राष्ट्र संघीय मिसन अनमीनले सेना समायोजन विशेष समितिको आग्रहमा एनेकपा माओवादी सेनाका लडाकुको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ । उनीहरुको सुपरिबेक्षण समायोजन तथा पुनःस्थापनाका लागि गठित विशेष समितिको आग्रहअनुसार तथ्याङ्क शान्ति मन्त्रालयलाई उपलब्ध गराएको अनमिनले जनाएको छ ।

अनमिन प्रमुख करिन ल्यानग्रेनले सम्बन्धीत पक्षहरुसँग भएको आवस्यक सहमतिअनुसार जनसेनाको तथ्याङ्क सरकारलाई उपलब्ध गराइएको बताएकी छन् ।

सात मुख्य र सहायक गरी २१ वटा शिविरका १९ हजार ६ सय २ जना जनसेना अनिमनको प्रमाणिकरणमा परेका थिए । प्रमाणिकरणमा नपरेका जनसेनालाई भने शिविरबाट विदाई गरिएको थियो । तर कतिपय जनसेनाले शिविर छाडिसकेको भन्दै वास्तविक संख्या उपलब्ध गराउन सरकारले अनमिनलाई आग्रह गरेको थियो । विशेष समिति मातहतमा रहेका जनसेनाको भरणपोषण सरकारले गर्दै आएको छ ।

यसैबीच, अनमिनले आफ्नो कार्यादेश एक सय दिनभन्दा पनि कम रहेकोले सेना समायोजन र पुनःस्थापनाको विषयलाई गति दिने बाटो पहिल्याउन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराएको छ । ल्यानग्रेनले अनमिनले बाँकी अबधिमा पनि आफ्नो विशेषज्ञता र सहायता उपलब्ध गराउँदै शान्ति प्रकि्रयालाई निरन्तर सहयोग गर्ने अठोट व्यक्त गरेकी छन् । पुस महिना भित्रै जनसेनाको समायोजन तथा पुनःस्थापना गरिसक्ने सरकार र माओवादीको सहमतिअनुसार अनमिनको म्याद अन्तिम पटककालागि पुस मसान्तसम्म थपिएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?