NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'अनमिन' को म्याद ४ महिनाकालागि सातौं पटक थप गर्ने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 06 September 2010 08:43

काठमाडौं- तत्कालकालागि कार्यादेश उल्लेख नगरिकन सरकारले राष्ट्र संघीय शान्ति मिसन 'अनमिन' को म्याद ४ महिनाकालागि थप गर्ने निर्णय गरेको छ ।



यसै बिषयमा निर्णय गर्न सोमबार बसेको मन्त्री परिषदको बैठकले अनमिनको म्याद थप गर्ने निर्णय गरेको हो । अब अनमिनको म्याद सातौं पटक थप हुनेछ ।

पछिल्लो समय अनमिनको म्याद थप गर्ने वा नगर्ने भन्ने बिषयमा सत्तारुढ दलहरु र बिपक्षी माओवादीबीच विवाद बढेको थियो । सरकारी पक्षले सेनालाई अनमिनको निगरानीमा नराख्ने गरी अनमिनको म्याद थप गर्ने बताएको थियो भने माओवादीले चाहिँ यसो गरिए त्यसलाई शान्ति सम्झौता भंग भएको मानिने चेतावनी दिएको थियो ।

अनमिनको स्थानमा २०६३ माघ ९ गते भएको थियो । त्यसयता यसको म्याद ६ पटक थपिइसकेको छ । पहिलो पटक ०६४ माघ ९ मा ६ महिनाकालागि म्याद थप भएको थियो भने दोश्रो पटक ०६५ साउन ८ गते ६ महिनाकै लागि म्याद थप गरिएको थियो । तेश्रो पटकपनि ६ महिनाकैलागि २०६५ माघ १० गते यसको म्याद थप गरिएको थियो।

चौंथो पटक म्याद थप २०६६ साउन ८ गते भएको थियो । यसपटकपनि ६ महिनाकैलागि म्याद थपिएको थियो । पाँचौं पटक म्याद थप  २०६६ माघ ७ गते भएको थियो ६ महिनाकोलागि नै । पाँचौ पटकदेखि अनमिनको म्याद थप गर्न्रे नगर्ने भन्ने बिषयमा विवाद भएपनि छैंटौ पटक २०६७ जेठ १ गते ४ महिनाकालागि यसको म्याद थप भएको थियो ।

सोहीअनुसार अनमिनको म्याद यही भदौ ३० गते सकिँदैछ । तर अनमिनले आफ्नो पक्ष नलिएपछि सरकार र सत्तारुढ दल एबं सेनालेसमेत अनमिनलाई फिर्ता बोलाइनुपर्ने वा सेनालाई अनमिनको निगरानीबाट हटाउनुपर्ने बताउन थालेका थिए । यद्यपी शान्ति प्रकृया टुङ्गोमा नपुगेकाले जतिसुकै विवाद गरेपनि यसको म्याद थप्नुको विकल्प सरकारसँग थिएन ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?