NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनको अर्को म्याद थप नगरिने चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Wednesday, 06 October 2010 09:47

काठमाडौं- चार महिनालागि म्याद थप गरिएको राष्ट्र संघीय मिसन (अनमिन) को बाँकी रहेको समयावधिभित्रै नेपालको शान्ति प्रकृया टुङ्गयाउन राष्ट्र संघकाकालागि राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बी लिन पास्कोले सम्बद्ध पक्षहरुलाई आग्रह गरेका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि असोज २० गते काठमाडौं आईपुगेका पास्कोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै संवदेनशील अवस्थामा पुगेको नेपालको शान्तिप्रकि्रया बुझ्न आफू नेपाल आएको बताएका छन् ।

यसैबीच, राष्ट्र संघकालागि राजनीतिक मामिलासम्बन्धी सहसचिब पास्कोले आजैदेखि राजनीतिक भेटघाट सुरु गरेका छन् । प्रधानमन्त्री माधबकुमार नेपाललाई विहान ११ बजे सिँहदरबारमा भेटेका पास्कोले आजै अपरान्ह एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । भेटमा शान्तिप्रकि्रया र संविधानको विषयमा पास्कोले चासो राखेका थिए ।

उपमहासचिव पास्कोले कांग्रेस सभापति सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालसँगपनि भेट गरी सेना समायोजन र शान्ति प्रकृयाको बिषयमा कुराकानी गरेका छन् ।  

पुस मसान्तपछि अनमिनले काम बन्द गर्ने भएकाले त्यसअघि नै नेपालको शान्तिप्रकि्रयालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघले आवश्यक सहयोग गर्ने उनको भनाई छ । नेपालका राजनीतिक दलहरुसँग छलफल गरेपछि नेपाल छाड्नुअघि अनमिनले गर्न सक्ने सहयोगबारे आफूले सुरक्षा परिषदमा जानकारी गराउने पास्कोले उल्लेख गरे ।

विमानस्थलमा पास्कोलाई अनमिन प्रमुख करिन ल्यानग्रेन र एसिया प्यासिफिक डिभिजनका राजनीतिक विभाग प्रमुख स्यामुअल ताम्राटले स्वागत गरेका थिए ।

माओवादीसँगको सहमतिअनुसार अनमिनको अन्तिम म्याद आगामी जनवरी १५ मा सकिँदैछ । पास्कोले सोही अवधिमा सेना समायोजनलगायत शान्ति प्रकृयासँग सम्बन्धित कार्यहरुको टुङ्गो लगाउन प्रधानमन्त्री नेपाल एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसँग आग्रह गरेका थिए । अनमिनले पाएको अन्तिम समयावधिभित्र सेना समायोजनलगायत शान्ति प्रकृयासँग सम्बन्धित कार्यहरु नसकिएपनि त्यसपछि अनमिन नेपालमा नरहने जानकारी उनले दिएका थिए । उनको भनाई थियो- 'त्यसपछि सरकार र माओवादी दुवैले अनमिनको म्याद थप्न भनेपनि राष्ट्र संघले म्याद थप गर्नेछैन ।'

लामो विवादका बीच अघिल्लो महिना अनमिनको म्याद अन्तिम पटक ४ महिनाकालागि थप गरिएको थियो । सरकार र सत्तारुढ दलहरुले राष्ट्रसंघ र नेपालमा रहेको राष्ट्र संघीय मिसन अनमिनको अपमान गरेकोप्रति राष्ट्र संघले असन्तुष्टि प्रकट गर्दै आएको छ । सरकार र राजनीतिक दलहरुले  तोकेको कार्याविधिअनुसार नै जिम्मेवारी निर्वाह गरिआएको अनमिन माओवादी प्रबक्ता भएको भन्ने गैर जिम्मेवार आरोप सार्वजनिक रुपमा नै प्रधानमन्त्री र मन्त्रीहरुले लगाउँदै आएका छन् । यही पृष्ठभूमिमा पास्कोले अब अनमिनको म्याद थप नगरिने बताएका हुन् । विमानस्थलमा झर्नासाथ सन्चारकर्मीहरुसँगपनि उनले अनमिनको म्याद नथपिने बताएका थिए ।

-Santa Bagam Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?