NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनको बिदाइसंगै सरकार र माओवादी बिच सेना समायोजन गर्ने बिषयमा सम्झौता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 14 January 2011 09:39

Exclusive: 4 UNMIN photos: काठमाडौं- राष्ट्र संघीय मिसन 'अनमिन' बिदाईको अन्तिम दिन सरकार र प्रमुख विपक्षी दल एकिकृत माओवादीले बृहद शान्ति सम्झौता, अन्तरिम सम्बिधान, सेना र हतियारको अनुगमन सम्झौतालगायतका अन्य सम्झौता र सहमति कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता गरेका छन् ।

अनमिन प्रमुखको रुपमा ल्याण्डग्रेनको अन्तिम सम्बोधन, साथमा ताम्राट. Photos: Sitaram


यसैगरी, राष्ट्र संघीय मिसन 'अनमिन' फर्केपछि उसले गर्दै आएको सेना र हतियारको अनुगमन सहितका कामहरु विशेष समिति अन्तर्गतको एक संयन्त्रले गर्नेमा दुई पक्ष सहमत भएका छन् ।

सरकारकोतर्फबाट प्रधानमन्त्री माधब नेपाल र एकिकृत माओवादीकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार अपरान्ह एक सहमति पत्रमा हस्ताक्षर गरी उपरोक्त सहमति व्यक्त गरेका हुन् । अनमिनको विदाईपछि दुवै पक्षका सेना तथा हतियारको अनुगमन के कसरी गर्ने भन्ने सम्बन्धमा अन्यौल र आशंका रहेका बेला दुई पक्षबीच यस्तो सहमति भएको हो । यो सहमतिले केही भएपनि अन्यौल र आशंका निवारण गर्ने काम गरेको छ ।

शुक्रबार भएको सहमतिमा सेना समायोजन सम्बन्धी विशेष समतिबाट तीन र विशेष समिति सचिवालयबाट तीन जना गरी ६ जनाको संयन्त्र बनाउने र त्यही संयन्त्रले माओवादी सेना र नेपाली सेनाका सेना तथा हतियारको अनुगमन कार्य गर्नेछ । यसअघि अनमिनको निगरानीमा माओवादीका ७ प्रमुख र २१ सहायक शिविर तथा नेपाली सेनाको एक स्थानमा राखिएका हतियारको अगुगमन गरिँदै आएकोमा यो संयन्त्रले अनमिनले गर्दै आएको उपरोक्त कार्य गर्नेछ ।

पछिल्लो समयमा अनमिनले प्रयोग गर्दै आएका उपकरणहरु के गर्ने भन्ने सम्बन्धी विवाद उत्पन्न भएपनि प्रम नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिले यो विवादको पनि किनारा लगाएको छ । जसअनुसार, अनमिनले प्रयोग गर्दै आएका उपकरणहरु विशेष समितिले प्रयोग गर्ने भएको छ । दुवै पक्षले ती उपकरण तथा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेका छन् । नेपाल सरकारलाई अनमिनले ती उपकरण बुझाएपछि समितिले त्यसको प्रयोग गर्न थाल्नेछ ।

अनमिनले शुक्रबार साँझ औपचारिक रुपमा आफ्नो झण्डा अनमिन मुख्यालयबाट हटायो

उता बिगत ४ बर्षदेखि नेपालको शान्ति प्रकृयामा सघाउ पुर्याउँदै आएको राष्ट्र संघीय राजनीतिक मिसन 'अनमिन' को म्याद आज सकिएपछि अनमिन प्रमुख करिन ल्याण्डग्रेन शनिवार न्यूयोकतर्फ लाग्ने भएकी छन् ।

अनमिनको झण्डा झार्दै अनमिनका कर्मचारीहरु Photos: Sitaram

अनमिनले शुक्रबार साँझ एक कार्यक्रम गरी औपचारिक रुपमा आफ्नो झण्डा अनमिन मुख्यालयबाट हटाएको छ ।

अपरान्ह पाँच बजे आयोजित बिशेष कार्यक्रममा राष्ट्र संघीय महासचिव वान कि मुनका प्रतिनिधि बनेर आएका स्यामुअल ताम्राट र अनमिन प्रमुख करिन ल्याण्डग्रेनको उपस्थितिमा अनमिनका दुई जना हतियार निरीक्षकहरुले अनमिनको झण्डा मुख्यालयबाट हटाएका थिए । झण्डा हटाउनु अघि ताम्राटले राष्ट्र संघीय महासचिव मुनको विशेष सन्देश पढेर सुनाएका थिए ।

सो भावपूर्ण कार्यक्रमलाई सम्बोधन गर्दै ल्याण्डग्रेनले अनमिनको कार्यकालमा सबैको सहयोग प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले नेपालको शान्ति प्रकृया सफलताको कामना पनि गरिन् । उनलाई राष्ट्र संघीय महासचिव मुनले द्धन्दग्रस्त अफ्रिकी मुलुक बुरुण्डीकालागि विशेष दुत नियुक्त गरिसकेका छन् ।

अन्तिम पटक फहराइरहेको अनमिनको झण्डा Photos: Sitaram

शुक्रबार अपरान्ह आयोजित सो कार्यक्रममा नेपाल सरकारकोतर्फबाट शान्तिमन्त्री रकम चेम्जोङ्गलगायत उपस्थित थिए भने एकिकृत माओवादीको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश', सीपी गजुरेल, कृष्णबहादुर महरालगायत उपस्थित थिए । यसैगरी, नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिँह गुरुङ्ग र जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन मगर 'पासाङ्ग' पनि थिए ।

झण्डा झारिएपछि पट्याइएको दृष्य हेरिरहेका सरकारी र माओवादी पक्षलगायत विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीहरु Photos: Sitaram

अनमिन विदाईको अवसरमा आयोजित सो कार्यक्रममा सबैको अनुहार मलिन देखिन्थ्यो । अनमिनको म्याद नथप्ने पक्षमा देखिएका सरकारका मन्त्रीहरुको अनुहारपनि उज्यालो देखिएन । उनीहरुको अनुहारमा शरम स्पष्टै देखिन्थ्यो । अनमिन प्रमुख करिन ल्याण्डग्रेनपनि निकै भावुक देखिएकी थिइन् । अनमिनमा कार्यरत कर्मचारीहरुको अनुहारपनि मलिनै थियो । ल्याण्डग्रेन शनिवार नै न्यूयोकतर्फ लागेपनि नेपालको शान्ति प्रकृयाको बिषयमा छलफल गर्न यसै हप्ता नेपाल आएका ताम्राट भने करिव एक हप्ता यतै रहने भएका छन् । अनमिन फिर्ता भएपनि राष्ट्र संघले नेपालको शान्ति प्रकृयालाई सघाउने बताउँदै आएको छ । त्यसै सिलसिलामा ताम्राटलाई महासचिव मुनले नेपाल पठाएका हुन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?