NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 08 March 2010 03:29
Article Index
न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
99th Int'l Women's Day photos-I
99th Int'l Women's Day photos-II
All Pages

नेपालबाट आएका र अमेरिकामा रहेका नेपाली महिला हस्तिहरुको बिच मन्थन
Exclusive 52 photos: न्यू योर्क- ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा आइतबार न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा "विश्वब्यापीकरण र नेपाली महिला: चुनौती र अबसरहरु" (Globalization & Nepali Women: Challenges & Opportunities) शिर्शक बिशेष गोस्ठी सम्पन्न भएको छ।



99th International Women's Day celebration by Nepalese women in New York on March 7, 2010. Photos: eEyeCam.com. View enlarged photos

उक्त गोस्ठीमा नेपालबाट संयुक्त राष्ट्र संघ (UN) को मुख्यालयमा मार्च १ देखी १२ सम्म चल्ने संरासंको महिलाहरु सम्बन्धी आयोग Commission on the Status of Women को ५४ औं बैठक : 54th session of the Commission on the Status of Women (CSW) मा भाग लिन आएका महिला हस्ती र न्यू योर्कस्थित कृयाशिल नेपाली महिला नेत्रीहरु बिच बिचार र अनुभबको साटासाट हुने गतिलो मौका जुराएकोमा सहभागिहरुले आयोजक संस्था "अधिकार" को कार्यलाई सराहना गरेकाथिए।



न्यू योर्कको कुइन्सस्थित अमेरिक नेपालीहरुलाई शिक्षा, स्वास्थ्य र इमिग्रेसनसम्बन्धी तालिम, सुबिधा प्रदान गर्दै आएको "अधिकार" संस्था नेपाली महिलाहरुद्वारा नेत्रित्व गरिएको इमिग्रेन्ट अधिकार सम्बन्धी संस्था हो।

यस संस्थाकी बर्तमान कार्यकारी निर्देसक लुना रन्जित हुन् भने कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री हुन्। यसका अन्य बोर्ड सदस्यहरुमा टिना श्रेष्ठ, रजनी अधिकारी, मालबिका दास, सुक्ती धिताल, डा. सुजान हान्जेन र एमी पल रहेकाछन्।


Adhikaar's volunteer Menduk Lama inuagurating the event. Photos: eEyeCam.com. View enlarged photos

उक्त नारी दिवसको अबसरमा डाकिएको गोस्ठीको उद्घाटन न्यू योर्ककि मेन्डुक लामाले गर्नु भएको थियो। अधिकार कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने गायिका पबिता बागचन्द परियारले नारी सम्बन्धी मिठो स्वागत गीत गाएर उपस्थित पाहुनाहरुको स्वागत गर्नु भएको थियो।


Adhikaar's Community Organizer Narbada Chhetri. Photos: eEyeCam.com. View enlarged photos


Singer Pabita Bagchand Pariyar. Photos: eEyeCam.com. View enlarged photos

उता गोस्ठी "विश्वब्यापीकरण र नेपाली महिला: चुनौती र अबसरहरु" (Globalization & Nepali Women: Challenges & Opportunities) को प्यानेलिस्टहरुमा सिता खरेल, भारती सिलवाल-गिरी, कुन्चोक डोल्मा र परमेन्द्र भगत हुनुहुन्थ्यो भने उहाँहरुकोबारेमा चिनारी अधिकारका स्वयम्सेवी ESL (English as a Second Language) शिक्षक धीरज घलेले दिनुभएको थियो।


The panelists L to R: Kunchok Dolma, Paramendra Bhagat, Tina Shrestha, Sita Kharel and Bharati Silwal-Giri. Photos: eEyeCam.com. View enlarged photos

गोस्ठिको सहजकर्ता (moderator) चाँही अधिकारकि बोर्ड सदस्य टिना श्रेष्ठ हुनुहुन्थ्यो।


Adhikaar's Board of Director Tina Shrestha. Photos: eEyeCam.com. View enlarged photos

Note: प्यानेलिस्टहरुद्वारा ब्यक्त बिचारहरुका लागि युएस नेपाल अनालाइनले गरेको प्रतक्ष प्रसारण (live broadcast) को भिडियो अभिलेख यो लेखको पुच्छारमा हेर्नुहोस्।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोगका स्थाई उपप्रमुख शंकर बैरागीले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


Deputy Permanent Representative Shankar Bairagi, Permanent Mission of Nepal to the United Nations.

गोस्ठिकै पहिलो सत्रमा एनआरएन युएसएका पूर्व अध्यक्ष डा. तारा निरौलाले अमेरिकि जनगणना २०१० को महत्वबारे प्रकाश पार्दै अप्रिल १ तारिखभित्र अमेरिकामा रहेका सबै नेपालीहरुले जनगणनामा भाग लिनु पर्ने कुरामा जोड दिनु भयो।


NRN USA former President Dr. Tara Niraula.

स्मरणीय छ, सन् २००० को अमेरिकि जनगणना तथ्याङ्कअनुसार शिर्फ ११ हजार ७ सय १५ नेपाली देखाइएकोछ। यतिखेर सवा लाखको हाराहारिमा नेपालीहरु अमेरिकामा बसोबास गर्दैरहेको अनुमान गरिएकोछ। Note: अमेरिकि जनगणना र अमेरिकि नेपालीहरुबारे बिस्त्रित जानकारीको लागि युएस नेपालको बिशेष रिपोर्ट पढ्न यो लिङ्कमा जानुहोस्

उता गोस्ठिको दोश्रो सत्रमा नेपाली महिलाहरुका चुनौती र अबसरहरुका बिषयमा बिभिन्न ५ समुहमा अधिकांश महिला र बचेँखुंचेँका पुरुषहरु छलफलमा कस्सिएर लागेका थिए। उक्त समुहहरुको सहजकर्ता र प्रस्तोताहरुमा मिरा आचार्य, रेणु शर्मा सापकोटा, निमा शेर्पा, प्रभा थापा, धनीराम सापकोटा, बिजया राइ श्रेष्ठ र परिता राजभन्डारी हुनुहुन्थ्यो।

यि समुहहरुले निक्कै घतलाग्दा महिलाहरुका संघर्स र उत्पिडनका अनुभबको प्रस्तुती र चाख लाग्दा सुझाबहरु पेश गरेको थियो।

Note: समुहहरुद्वारा ब्यक्त बिचारहरुका लागि युएस नेपाल अनालाइनले गरेको प्रतक्ष प्रसारण (live broadcast) को भिडियो अभिलेख यो लेखको पुच्छारमा हेर्नुहोस्।


Actress Basundhara Bhusal. Photos: eEyeCam.com. View enlarged photos


Singers Sapana Shree and Tilak Shrestha

गोस्ठिको दोश्रो सत्रको अन्ततिर गायीका सपना श्री र गायक तिलक श्रेष्ठले "कोही त गर्छन् बिए र एम ए पास, कोही त गर्छन् रात दिन दाउरा घाँस हाम्रो नेपाल" बोलको गीत गाएर कार्यक्रमलाई भाबुक बनाउनु भएको थियो।


Community Action Center & National NGOs Network Group Against AIDS- Nepal (NANGAN) President Tulsa Lata Amatya. Photos: eEyeCam.com


Beyond Beijing Committee (BBC) General Secretary & Civic Concern Nepal (CCN) Chair Person Sujita Shakya. Photos: eEyeCam.com. View enlarged photos

कार्यक्रमको तेश्रो सत्रमा नेपालबाट आएका महिला नेत्रिहरुले सम्बोधन गर्नु भएको थियो। जसमध्ये नेपालकि बरिस्ठ चलचित्र अभिनेत्री बसुन्धारा भुसाल, Beyond Beijing Committee (BBC) कि महासचिब सुजिता शाक्य, BBC कि कोशाध्यक्ष तथा अखिल नेपाल महिला संघकि पूर्व महासचिब सुशीला श्रेष्ठ, कम्युनिटी एक्सन सेन्टर तथा National NGOs Network Group Against AIDS- Nepal (NANGAN) कि अध्यक्ष तुलसालता अमात्य र श्रीजना पोख्रेल हुन्हुन्थ्यो।


Beyond Beijing Committee (BBC) Treasurer & former General Secretary, All Nepal Women Association Sushila Shrestha. Photos: eEyeCam.com. View enlarged photos

उता कार्यक्रममा सहभागीहरुमा नेपालबाट आउनुभएका Beyond Beijing Committee (BBC) तथा HimRights (Himalayan Human Rights Monitors) कि अध्यक्ष अन्जना शाक्य, उधमी तथा पूर्व उपप्रधानमन्त्री तथा एमाले बरिस्ठ उपाध्यक्ष बामदेब गौतमकि धर्मपत्नी तुल्सी थापा मगर, Gender Studies Tribhuvan University कि सह-प्राध्यापक पुष्पा घिमिरे निरौला, इन्हुरेड इन्टर्नेशनलका गोपालकृष्ण शिवाकोटी, BBC का कार्यकारी सदस्यहरु शान्तालक्ष्मी श्रेष्ठ, बिष्णुमाया ओझा, Women Development Self-Empowerment Training Center कि उपाध्यक्ष बिष्णुमाया परियारलगायतका हुन्हुन्थ्यो।

गोस्ठीको अन्तमा देबु लामाले सहभागीहरु र सहयोदाताहरुलाई आभार ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको संचालन प्रभा अधिकारीले गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

-न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट: ३० जना नेपाली महिला प्रतिनिधिहरु

Watch Live video archive: 99th International Women's Day Celebration in New York by Nepalese women: Part-I, II & III:



Photos: eEyeCam.com. View enlarged photos



Debu Lama


Photos: eEyeCam.com. View enlarged photos





Photos: eEyeCam.com. View enlarged photos


Prava Adhikari, Adhikaar Volunteer. Photos: eEyeCam.com. View enlarged photos



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?