Inside

All Time Top 50 News

न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 04 March 2012 07:13

Special: 2 videos, 15 photos: न्यू योर्क- नेपाली जन संपर्क समिति अमेरिका न्यू योर्क च्याप्टरद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस "नेपाली महिलाहरुको बर्तमान अवस्था: समस्या र समाधान" नामक एक बिशेष अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरी मनाईएको छ।

The panelists at the interaction of the 101st International Women's Day program in New York which was organized by Nepali Jana Samparka Samiti America, New York Chapter on March 3,2012. Photos: eEyeCam.com

शनिबार मार्च ३ तारिख न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्ट हलमा आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रममा नेपाली र अमेरिकि ४ नारी बक्ताहरुले नेपाल र अमेरिकामा रहेका नेपाली महिलाहरुको बिबिध पक्षबारे प्रकाश पारेका थिए।

कार्यक्रममा न्यू योर्कस्थित अधिकार संस्थाकि संस्थापक तथा कार्यकारी निर्देशक लुना रन्जितले "न्यू योर्कमा नेपाली महिलाको अवस्था", बोस्टनस्थित इम्पावर दलित वुमन अफ नेपाल (एड्वन) कि संस्थापक बिष्णुमाया परियारले "नेपालमा महिला शशक्तिकरण र दलित", नेपाल आदिवासी महिला जनजाति महिला महासंघ अमेरिका (फिउना) कि अध्यक्ष संगिनी राना मगरले "नेपाली आदिवासी जनजाति महिलाको अवस्था" र रामापो विश्व बिद्यालयकि एशोसियट प्रोफेसर डा. सुसान हाङ्गेनले "आप्रवासी नेपाली महिला" बिषयमा सम्बोधन गरेका थिए।



हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट: Part-I

101st International Women's Day Panel Discussion in New York by NJSS America, March 3, 2012, Part-I




अधिकारकि लुना रन्जितले न्यू योर्कमा नेपाली दिदी बहिनीहरुको अवस्थाको चित्रण गर्दै अधिकारले उनीहरुको हक अधिकार सुनिश्चित गर्न र शसक्तिकरणकालागि चलाएका कार्यक्रमहरुकोबारेमा उल्लेख गरिन्।

Adhikaar's co-founder & Executive Director Luna Ranjit at the interaction. Photos: eEyeCam.com

उता एड्वानकि बिष्णुमाया परियारले भाषणले मात्र नेपाली महिलाहरुको उत्थान र मुक्ती नहुने ठोकुवा गर्दै महिलाहरुको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिईन्।

आफूले सबै महिलाहरुलाई एउटै आँखाले हेरेको बताउँदै परियारले नेपाली महिलाहरुको एकता सबैभन्दा महत्वपूर्ण रहेको बताइन्। उनले एक प्रश्नको जवाफमा प्रतिप्रश्न गरिन्- "कस्ले बनायो दलित? दलितलाई दलित मान्छेहरुले बनाए । ति मान्छे को हुन? ति मान्छे जो ठूलाठालू, जो पावोर फूल पोजिसनमा थिए तिनले बनाए दलित्। तिनीहरुले नै दलितहरुमा बिभाजन ल्याए जसले गर्दा दलितहरुमा एकता हुँदैन र उनीहरुले हाम्रो बिरुद्धमा लड्न सक्दैनन् भनेर। तर अब दलितहरु ति सहेर बस्नेवाला छैनन्।"

Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar at the program. Photos: eEyeCam.com

अर्का बक्ता डा. सुसान हाङ्गेनले नेपाली भाषामा बोल्दै "तपाईहरु सोच्दै हुनुहुन्छ होला यो कुइरेहरु नेपालीको कार्यक्रममा किन आएको होला" भनेर उपस्थित नेपालीहरुलाई गलल्ल मात्र हँसाइनन् बल्की नेपाली महिलाहरुको अवस्थाकोबारेमा आफ्नो अनुभब सुनाउँदै नेपाली महिलाहरुले बुहारीकोरुपमा बेहोर्नु पर्ने खटन र सासू भएपछि सास फेर्ने अवस्थामा पुग्ने कुरो सुनाउँदा सबैलाई सोच्न वाध्य बनाइन्।

Dr. Susan Hangen at the program. Photos: eEyeCam.com

सन् १९८७ मा नेपाल गएर ५ बर्ष उतै बसेर नेपाली राजनीतिमा बिद्यावारीधी गरेकी डा. सुसान अमेरिकन नागरिक हुन् तर उनको श्रीमान चाँही नेपाली हुन्। श्रीमान टिका गुरुङ न्यू योर्क शहरको सिभिल इन्जिनियर हुन्।

फिउनाकि संगिनी राना मगरले नेपाली महिलाहरुले मन्चमा गएर माइक समाएर बोल्न सक्नु पनि एक्सन हो भन्दै नेपाली आदिबासी जनजाति महिलाहरुको अवस्थाको चित्रण गरिन्।

Federation of Nepalese Indigenous Women of Nepal in America (FIWNA) president Sangini Rana Magar at the program. Photos: eEyeCam.com

रानाले आफूले जनजाति महिलाको आँखाले हेर्दा नेपाली महिलाहरु मध्ये टाठाबाठा, उच्च जात र राजनीतिक पहुँच भएका महिलाहरुले फाईदा उठाउने गरेको पाएको बताइन्। साथै जनजाति महिलाहरुलाई बिशेष आरक्षण हुनु पर्ने माग गरिन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट: Part-II

101st International Women's Day Panel Discussion in New York by NJSS America, March 3, 2012, Part-II



अतिथी बकताकोरुपमा नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाले सम्बोधन गर्दै छुवाछुत सम्बन्धी रोचक प्रसंग उल्लेख गरिन्।

उनले आफ्ना मामा शिक्षाप्रेमी दीर्घराज कोइरालाले तत्कालिन राणा कालिन प्रशासनमा शिक्षा अधिक्रित भएर स्कूल सुपरिबेक्ष्यण गर्न धरान जाँदा एउटा दलित बालक कक्षा कोठाको दैलो बाहिर बसेर पढि रहेको देखेको उल्लेख गर्दै मामाले उक्त बालकलाई कक्षा कोठा भित्र राखेर पढ्न आदेश दिएको र त्यही आरोपमा मामा कोइरालाको जागिर चट भएको बताइन्।

उनले गर्बको सास फेर्दै भनिन्- "त्यो बालक पछि नेपालको शिक्षा मन्त्री बन्यो, उनी थिए- हिरालाल विश्वकर्मा।"

Nepali Congress North America Representative Mridula Koirala at the program. Photos: eEyeCam.com

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब दिपेश लिम्बु, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (युएन्डिएफ) न्यू योर्क च्याप्टरकि अध्यक्ष सीता खरेलले सम्बोधन गरेका थिए।

लेखक बिष्णु बैजु, ब्रिन्दा राई, बनिता कतिला, सिद्धार्थ गुरुङ, भारती राईले प्यानेलिस्टहरुलाई बिभिन्न प्रश्नहरु तेर्श्याएका थिए।

Nepali Jana Samparka Samiti America, New York Chapter coordinato Nabin Sherchan at the program. Photos: eEyeCam.com

कार्यक्रमको सभापतित्व जनसंपर्क समिति न्यू योर्क च्याप्टरका संयोजक नबिन शेरचनले गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य शारदा छेत्रीले गरेकी थिईन्। कार्यक्रमको सन्चालन जनेश गुरुङले गरेकी थिईन्।


उक्त कार्यक्रम सम्पन्न गर्न जनेश गुरुङ, शारदा छेत्री, मुनिन्द्र नेम्बाङ, विजय थुलुङ, यम अधिकारी, रोशन ढुंगाना, छिरिङ्ग तोप्के लामा, महेश मल्ल, पम्फा गुरुङ, नानी भण्डारी, पुनम राना मगर मल्लले भूमिका निभाएका थिए।


कार्यक्रममा नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको वार्षिकीको उपलक्षमा १ मिनट मौनधारण गरी श्रदान्जली अर्पण गरिएको थियो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Emcee Janesh Gurung. Photos: eEyeCam.com



Sharada Kshetry. Photos: eEyeCam.com


Brinda Rai. Photos: eEyeCam.com




UNDF NY Chapter president Sita Kharel. Photos: eEyeCam.com


Banita Katila. Photos: eEyeCam.com



Bharati Rai. Photos: eEyeCam.com


Siddharth Gurung. Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.