Inside

All Time Top 50 News

अमेरिकाको बोष्टनमा नेपाली महिलाहरु द्वारा पहिलोपटक १०२ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Sunday, 10 March 2013 23:47

Special: 12 photos; बोष्टन- अन्तरराश्ट्रिय नारी दिवसको ऊपलक्ष्यमा नेपाली महिला आवाज युएसए र नेपाली ओमनस् ग्लोबल नेटवर्क (NWGN) को संयुक्त आयोजनामा १०२ औं अन्तरराश्ट्रिय नारी दिवस मनाइएकोछ।

Nepali Mahila Awaz, USA & Nepali Women's Global Network (NWGN) had jointly organized 102nd International Women's Day program in Boston, MA, USA on March 9, 2013. Photos courtesy: Sajha.com & BostonNepal.com

मार्च ९ तारिख शनिवार ग्रेटर बोष्टनको क्याम्ब्रीजस्थित नेपाली चर्चको सभा हलमा आयोजित उक्त नारी दिवस सामुहिक नेपाली राष्ट्रीय गीतबाट शुरु गरिएको थियो।

उक्त कार्यक्रममा बक्ताहरुले महिलामाथिको हिँसा, शोषण, अन्याय, अत्याचार, असमानता, डोमेष्टिक भ्वाईलेन्स, अन्तराष्ट्रीय महिला आन्दोलन र महिला मुक्तिको बिगतलाई केलाऊने काम गरे । साथै भावी दिनमा महिला एकता र चुनौती साथै नेपाली महिलाहरु कसरी अगाडी बढने भन्ने बिषयमा महिला अधिकारकर्मीले आ-आफ्नो बिचार प्रस्तुत गरे ।

Nepalese women representatives at the 102nd International Women's Day program in Boston, MA, USA on March 9, 2013. Photos courtesy: Sajha.com & BostonNepal.com

कार्यक्रममा नेपाली महिला आवाज युएसए समूहका सँस्थापकहरु मिलन थापा मगर पौडेल, देवी थापा मगर ओली, बिष्णुमाया परियार, भारती गौतम, रुक्मणी कार्की, डा. ऊषा शर्मा, डा. मिना सिँ खडकाको परिचय प्रस्तुत गरिएको थियो।

एनडब्लुजिएनकि ऊपाध्यक्ष भारती गौतमले स्वागत मन्तब्य तथा नारी दिवसबारे चर्चा गरिन्।

हार्वर्ड बिश्बबिद्दालयमा अध्यापनरत शिक्षाबिद डा. मिना सिँ खडकाले कि नोट स्पिकरकोरुपमा स्टेजबाट बोल्दै महिला दिवसको नारा "केयरिङ एण्ड शेयरिङ" लाई नेपाली महिलाहरुले पानी पधेरामा एकआपसमा दु:ख बिसाऊने ठाऊ जस्तोरुपमा लिनुपर्ने बताऊदै १९९५ को बेईजिङ बिश्व महिला  सम्मेलनमा हिलारी क्लिन्टनले उद्घोश गरेको “वमन राईट्स इज ह्युमन राईटस्”अर्थात महिलाको अधिकार नै मानव अधिकार भन्ने कुरा त्यतिकै घोषणापत्रमा नआएको स्मरण गर्दै महिला एकता र समानताकोबारेमा प्रष्ट्याऊने काम गरिन्। साथै उनले नेपाली महिलाहरु क्षमतावान हुनुपर्ने ऊपर जोड दिदै हाम्रा विबशताहरु नै अन्ततोगत्वा बिशेषता हुने गरेको बास्तबिकता दर्शाऊदै दु:खको काम, दु:खमा परेका चेलिबेटी र बालबालिकाकोलागी काम गर्दै जादा अनुराधा कोइराला र पुष्पा बस्नेतले सिएन्एन हिरो एवार्ड पाएको यथार्थता नेपालीले भुल्न नहुने ऊपर जोड दिईन्।

Keynote speaker Dr. Mina Singh Khadka speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

इम्पावोर वोमेन अफ नेपाल (EDWON) कि संस्थापक एबं डोमेस्टिक भायोलेन्स एड्भोकेट बिष्णुमाया परियारले महिला समस्या तथा डोमेष्टिक भ्वाईलेन्सबारे मन्तब्य राखिन्। उनले अमेरिकामा अस्थाईरुपमासंगै बसोबास गर्ने पति पत्नी या अबिबाहित जोडीहरुमा प्रसस्त घरेलु हिंसा पाईएको जानकारी गराईन्।

Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar Keynote speaker Dr. Mina Singh Khadka speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

समरभिल ओमन कमिसनकी डाईरेक्टर सेन्जा देराईले नारी दिवसबारेमा मन्तब्य राखिन्।

कार्यक्रममा नेपाली महिला आवाजका सँस्थापकहरुले बिशेषगरी बोष्टनमा सो सँस्था किन स्थापना गर्नु परयो ? भन्ने बारेमा चर्चा परिचर्चा गरे भने नेपाली महिला बिश्व सँजाल (एनडब्लुजिएन) की अध्यक्ष रुक्मणी कार्कीले भाषणले मात्र महिला समस्या समाधान नहुने भएकोले महिलाको बास्तबिक समस्या पहिचान गरी सबै मिली समाधान गर्नुपर्नेमा जोड दिईन्।

कार्यक्रममा दुई जना पुरुष हार्डबर्ड बिश्वबिद्दालयका प्रोफेशर डा. शिव गौतम र बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्यले शुभकामना दिदै नेपाली महिलाको पक्षमा सदा सहयोग गर्नु पर्ने ऊपर जोड दिए ।

कलाकार ललिता शर्माको ऊत्कृष्ट नृत्य, कलाकार हरिमाया खतिवडा तथा सागर खतिवडाबाट नेपाली राष्ट्रिय गित, सँगितको रौनक, कबियत्री दिपा राई पुन मगर र गितकार अनु शाहका महिला सम्बन्धि कबिता र रमाईला मुक्तक, तथा तारा कार्कीको कबिताले महिला दिवसलाइ सुनमाथि सुगन्ध थपेको थियो ।

Artists performing at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

उक्त कार्यक्रममा ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (जिबिएनसी) का अध्यक्ष मिलन गुरुङ, नेपाली क्रिष्चियन सोसाईटीका पाष्टर दान बिके, ओमन फर ह्युमन राईट्समा काम गरिसकेकी रिता राना मगर, महिला समाजसेवी बिमला थापा, आजाद प्रधान, हजुरी सिँ,  जिबिएनसीका सल्लाहकार अच्युत अधिकारी, सुर्य थापा, समाजसेबी प्रेम पौड्याललगायतको उपस्थिती रहेको थियो।

-यम पौडेल \ वाइएमकेनेपाल डट कम

फोटो साभार: अर्जुन के. सी. (साझा डट कम) तथा मिलन गुरुङ (बोष्टन नेपाल डट कम)

-Yem Poudel in Boston


Bharati Gautam. Keynote speaker Dr. Mina Singh Khadka speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com



Dr. Shiva Gautam speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

Bishnumani Acharya speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

Anu Shah reciting poetry t the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

Milan Thapa Magar Poudel speaking at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

The participants at the 102nd International Women's Day program in Boston, MA, USA. Photos courtesy: Sajha.com & BostonNepal.com

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.