NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाको भर्जिनियामा १०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gita Khatri, INLS   
Saturday, 19 November 2011 11:03

बिभिन्न साहित्यकारहरु सम्मानित
Special: 4 photos:
आर्लिङटन, भर्जिनिया- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) केन्द्रले अनेसास डि.सी. च्याप्टरको सहयोगमा भर्जिनियास्थित आर्लिङटन केन्द्रीय पुस्तकालयको सभा कक्षमा अक्टोबर ३०, २०११ आईतबारका दिन १०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई दुई बर्षमा प्रदान गर्ने उत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।

102nd Devkota Jayanti celebration in Arlington, VA, USA on October 30, 2011. Photos: Ram Khatri

संयुक्त राज्य अमेरिकाकालागि नेपालका राजदुत महामहिम डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालेर समारोहको विधिवत् उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन पश्चात् महामहिम राजदूतलगायत कार्यक्रममा उपस्थित साहित्य स्रष्टाहरु तथा साहित्यप्रेमी सहभागीहरुले स्वर्गीय महाकविको तस्वीरमा माल्यार्पण तथा फूलका गुच्छाहरु अर्पण गर्दैं महाकवि प्रति आआफ्नो  भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो । अनेसास डि.सी च्याप्टरका अध्यक्ष प्रकाश नेपालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे पश्चात दोहरी गीतका प्रसिद्ध कलाकार रामप्रसाद खनालले महाकविको रचना 'कुन मन्दिरमा जान्छौ यात्री...' गीत गाएर श्रोताहरुलाई भावविभोर बनाउनु भयो ।

तत्पश्चात अनेसासका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार बसन्त श्रेष्ठले महाकविको संक्षिप्त जीवनीको विभिन्न रोचक प्रसंगहरु उल्लेख गर्दै महाकविको लेखनकला र बाकचार्तुयको चर्चा गर्नु भयो । त्यसपछि बरिष्ठ साहित्यकार तथा अनेसासको संस्थापक अध्यक्ष तथा बर्तमान बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली भाषा, साहित्य कला र संस्कृतिको विकास र अनेसासले यसमा पुर्याएको योगदानको विस्तृत बिबेचना गर्दै १८ ओटा पुरस्कारको स्थापनाको ऐतिहासिक सिहांबलोकन गर्नु भएको थियो ।


102nd Devkota Jayanti celebration in Arlington, VA, USA on October 30, 2011. Photos: Ram Khatri

त्यसपछि प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले सर्बोत्कृष्ट नारी हस्ताक्षरकालागि डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर ४०० र सम्मानपत्र बोष्टन निवासी भारती गौतमलाई प्रदान गर्नु भयो । त्यस्तै सर्वोत्कृष्ट नेपाली गीती कविताकालागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र नरबहादुर बिसीलाई प्रदान गर्नु भयो भने सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तककालागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र  भुपिन व्याकुललाई प्रदान गर्नु भयो ।

त्यस्तैगरी तृतीय अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार अमेरिकी डलर ५०० र सम्मान–पत्र बेलायत निवासी कृष्ण बजगाई उपस्थित हुन नसक्नु भएकोले उहांको आदेशअनुसार नन्दादेवी सुबेदीलाई प्रदान गरियो ।



पुरस्कार विजेताहरु क्रमश भारती गौतम, नरबहादुर बिसी र भूपिन व्याकुलले पुरस्कार ग्रहण गर्दै आआफ्नो मन्तव्य दिनु भएको थियो ।

अमेरिकी भ्रमणमा रहेका नेपालका साहित्यकार बालकृष्ण भटराईलाई खादा ओढाएर सम्मान गरियो । त्यस्तै अनेसासका बोर्ड अफ ट्रष्टीका सम्पृ्र्ण सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम थियो, तर सबै ट्रष्टीहरु उपस्थित हुन नसक्नु भएकोले उपस्थित ट्रष्टीहरुलाई सम्मान गरियो ।

तत्पश्चात, महामहिम राजदुत डा. शंकरप्रसाद शर्माले होमनाथ सुबेदीले लेख्नु भएको 'प्रेम दिवस' कवितासंग्रह र डा. मोहनप्रसाद जोशीको 'कहां छ ठाउं' कवितासंग्रहको लोर्कापण गर्नु भयो भने साहित्यकार गंगा लिगलले लेख्नु भएको 'पत्र मन्जुसा' चिठीपत्रको संगालो पुस्तकको विमोचन अबैतानिक नेपाली बाणिज्यदुत प्रेमराजा महतले गर्नु भएको थियो । 'कहां छ ठाउं' र 'पत्र मन्जुसा' को समिक्ष्या बरिष्ठ साहित्यकार होमनाथ सुबेदीले गर्नु भएको थियो भने प्रेमदिवसको समिक्ष्या गीतकार नरबहादर बिसीले गर्नु भएको थियो ।



त्यसपछि प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले आफ्नो मन्तव्य राख्दै अनेसासले प्रवासमा बसेर नेपाली भाषा र साहित्यकोलागि गरेका कार्यहरुको प्रशसा गर्नु भएको थियो ।

अनेसासका आजिवन सदस्य तथा १०२ औ देवकोटा जयन्ती समारोह समितिका सदस्य खेम भट्टचनले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समारोहको अध्यक्षता अनेसास केन्द्रीय कार्यसमितिका महासचिव श्रीमती गीता खत्रीले गर्नु भएको थियो । अन्तमा प्रमुख अतिथिलगायत नेपालबाट र बोष्टनबाट पुरस्कार ग्रहण गर्न आउनु भएका साहित्य स्रष्टाहरुलाई बधाई दिदै, पुरस्कार प्रायोजकहरुलाई सिर्जनात्मक कार्यका लागि पुर्याउनु भएको योगदानकोलागि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन अनेसास डि.सी च्याप्टरका महासचिव बिजय थापाले गर्नु भएको थियो ।

समयको अभावले गर्दा दुई बजेदेखि चार बजेसम्म उक्त पुस्तकालयकै विशेष अध्ययन कक्षमा १० जना साहित्यकारहरुले विभिन्न विषयहरुको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रहरुको संकलन गरेर छ महिनाभित्रै एउटा पुस्तक प्रकाशन गरिने लक्ष्य राखिएकोछ ।

त्यसैगरी कविता बाचन पनि औपचारिक कार्यक्रम शुरु हुनुभन्दा अगाडि नै सम्पन्न गराइएको थियो ।

अक्टोबर ३१, २०११

गीता खत्री
प्रमुख संयोजक
१०२औ देवकोटा जयन्ती तथा उत्कृष्ट पुस्तक पुरस्कार समारोह समिति
महासचिव, केन्द्रिय कार्य समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
(International nepali Literary Society)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?