NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा अनेसासद्वारा १०२ औं देवकोटा जयन्ति सम्पन्न, च्याप्टरका अध्यक्षमा पुनम काफ्ले PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Wednesday, 26 October 2011 00:48

न्यू योर्क- अन्तरराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको संयोजकत्वमा ज्याक्सनहाईट्सस्थित चौतारी रेष्टुरेन्टमा गत अक्टोबर २२ तारिख १०२ औं देवकोटा जयन्ति सम्पन्न भएको छ ।



नेपालको राष्ट्रीय गानको धुनसँगै आदिकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरेर शुरु भएको कार्यक्रममा विशेष अतिथि साहित्यकार अमर नेम्बाङ लिम्बु र बालकृष्ण भट्टराई तथा साहित्य क्षेत्रमा बिशेष योगदान पुर्‍याउने केशबराज सेढाई, धनिराम सापकोटा र सिर्जनाका यात्राहरु कार्यक्रम समुहलाई सम्मान गरिएको थियो । सम्मानित विशेष अतिथि साहित्यकारहरु मध्ये अमर नेम्बाङ लिम्बु डाएस्पोरिक नेपाली साहित्य लेखनबारे खोज र अध्यायन गर्दै न्यू योर्कमा छन् भने अर्का सम्मानित साहित्यकार बालकृष्ण भट्टराई अमेरिका भ्रमणमा छन्।

डा. तारा निरौला प्रमुख निर्णायक र भारती गौतम तथा गीता खत्री सहायक निर्णायक रहेको निर्णायक मण्डलीले बाल समुहमा अनुपमा सापकोटा पहिलो, अनिता किराती दोश्रो र प्रज्ञा सापकोटा तेश्रो भएको निर्णय गरेको थियो भने रायन श्रेष्ठ र रोशन शर्मालाई सन्त्वना पुरस्कार प्रदान गरिएको थियो । कृष्ण बेल्बासे र मूना बेल्बासे दम्पतिले बाल कविहरुकोलागि पुरष्कारको प्रायोजन गरेका थिए । त्यस्तै गरेर, बयस्क कवि कवियत्रीहरुमा तिर्थराज बराल पहिलो, अरुण क्षेत्रि "अनुराग" दोश्रो र देबेन्द्र सम्बाहाम्फे लिम्बू तेश्रो भएका थिए । बिजयी कवि कवियत्रीहरुलाई प्रमुख अतिथि संयुक्त राष्ट्र संघकालागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।



प्रतियोगी कविहरुमा बिजयीहरुलगायत रोशन पाल्पाली, बुद्ध चेम्जोङ लिम्बू, बन्दना कोइराला, पुष्पा गौतम, हरि शर्मा र रामप्रसाद बस्याल थिए भने अप्रतियोगी कविता वाचकहरुमा बिनोद रोका, गीता खत्री, ज्योति पौडेल, परिता राजभण्डारी, मणि बाङदेल 'ईलामे', नगेन्द्र ईङ्नाम ‘आठराईली’, बिकास बिष्ट, रामराजा छेत्री, सहदेब पौडेल, बद्री पौडेल, किरण काफ्ले, भारती गौतम, अमर नेम्बाङ लिम्बु, बालकृष्ण भट्टराई, कमला प्रसाईं र शन्ता घिमिरे थिए ।

उक्त अवसरमा समाजबाट प्रकाशित पहिलो पुस्तक 'प्रतिध्वनी" को पनि बिमोचन भयो । न्यूयोर्क लगायत विश्वभरकै साहित्यकारहरुको लेखहरु समाबेश भएको सो पुस्तक स्तरीय रहेको मुल्याङ्कन गर्दै समाजको यो कार्यलाई उपस्थित सहभागिहरुले निकै प्रशंसा गरेका थिए ।

कार्यक्रममा नयाँ कार्यसमिती निर्माणकोलागि गठित निर्वाचन आयोगले नयाँ कार्यसमितीको घोषणा गरेर निबर्तमान च्याप्टरका अध्यक्ष ज्योती पौडेलबाट नबनिर्बाचित च्याप्टरका अध्यक्ष पुनम काफ्लेलगायतका नयाँ कार्य समितिलाई प्रमाण-पत्र प्रदान गर्दै पदभार हस्तान्तरण गर्नु भयो ।

च्याप्टरको नयाँ कार्य समितिको नामावली निम्न अनुसार छ: पुनम काफले  अध्यक्ष, सिता खरेल उपाध्यक्ष, बिकास बिष्ट महासचिब, मोहिनी सैंजु कोषाध्यक्ष, सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, समा वाग्ले तथा मणी बाङ्देल छन्।

ज्योति पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम दुई चरणमा बिभाजित गरिएको थियो । पहिलो चरणको कार्यक्रम शैलेस श्रेष्ठले सञ्चालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम परिता राजभण्डारी र बिकास बिष्टले सञ्चालन गरेका थिए । सो अवसरमा बिशेष अतिथि बालकृष्ण भट्टराई, अमर नेम्बाङ लिम्बू र मुल्याङ्कनकर्ता डा. तारा निरौलाले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।


-Nagendra Ingnam "Atharaili" in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?