Inside

All Time Top 50 News

न्यू योर्कमा १०३ औं महाकवि देवकोटा जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Friday, 09 November 2012 14:42
Article Index
न्यू योर्कमा १०३ औं महाकवि देवकोटा जयन्ती सम्पन्न
More photos of 103rd Devkota Jayanti, New York, 2012
All Pages

Special: 33 photos: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) न्यू योर्क च्याप्टरको आयोजनामा १०३ औं देवकोटा जयन्ती सम्पन्न सम्पन्न भएकोछ।

The Chief Guest Acting Permanent Representative of Nepal Mission to the UN Sewa Lamsal Adhikari lighting the traditional deepika at 103rd Mahakabi Devkota Jayanti in New York on November 3, 2012. Photos: eEyeCam.com

न्यू योर्कको ज्यक्सनहाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार नोबेम्बर ३ तारिख सम्पन्न उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारी प्रमुख अतिथीकोरुपमा उपस्थित थिइन्।

प्रमुख अतिथी लम्सालले महाकवि देबकोटाको तस्बिरमा माल्याणपण र दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरेकी थिइन्।

सो कार्यक्रमका अन्य अतिथीहरुमा वरिस्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङ लिम्बू, प्रा. डा. गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्साल रहेका थिए।



उक्त कार्यक्रममा नेपालको राष्ट्र गानकासाथ शुरु गर्दै भर्खरै न्यू योर्क तथा छिमेकी राज्यहरुमा भीषणरुपमा नोक्सानी पुर्‍याउँदै गएको हरिक्यान स्याण्डीका कारण ज्यान गुमाएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।   
वयस्क र बाल कविता प्रतियोगिता गरेर दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा बाल कविता वाचन प्रतियोगिता अन्तर्गत सुबिन सुबेदी, प्रज्ञा सापकोटा, सिमी निरौला, इमी निरौला र बिक्रान्त बिष्टले कविता वाचन गरेका थिए भने वयस्क कविता वाचन प्रतियोगितामा देवेन्द्र लिम्बू सम्बाहम्फे, बीरेन्द्रहाङ लाबुङ लिम्बू र अनुपमा सापकोटाले कविता वाचन गरे ।

Children poetry competition winners: L to R: Pragya Sapkota (4th from L), Bikrant Bista and Simi Niraula. Photos: eEyeCam.com

प्रतियोगितामा बाल प्रतियोगीहरुकातर्फबाट बिक्रान्त बिष्ट प्रथम, सिम्नी निरौला दोश्रो र प्रज्ञा सापकोटा तेश्रो भएका थिए भने बयस्क प्रतियोगीहरुकातर्फबाट बिरेन्द्रहाङ लाबुङ लिम्बु प्रथम, देबेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए ।

सो कार्यक्रममा अप्रतियोगि कविकोरुपमा ज्योती पौडेल, परीता राजभण्डारी, गोविन्द कोइराला, मनु लोहोरुङ, चुंडा बसन्त लम्साल, गीता पन्थ, राजेन्द्र श्रेष्ठ, नगेन्द्र ईङ्नाम "आठराईली", पूनम काफ्ले, मूना बेल्बासे, कमला प्रसाइ र बिनोद रोकाले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए भने म्रिदुला कोइराला र बिकास बिष्टले महाकावि देबकोटाद्वारा लेखिएको बहुचर्चित खन्डकाब्य 'मुनामदन' बाट गीत प्रस्तुत गरेका थिए ।

Adult poetry competition winners: L to R: Debendra Sambahamphe, Anupama Sapkota and Birendra Labumng Limbu. Photos: eEyeCam.com

महाकवि लक्ष्मीप्रसाद देबकोटाकोबारेमा अमर नेम्बाङ लिम्बू र गोविन्द कोइरालाले प्रकाश पारेका थिए भने धनीराम सापकोटाले आफ्नो छोटो मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको संरक्षण र सम्बर्दनको निम्ति समाजले गरेको कार्यको प्रसंशा गरिन् ।

कार्यक्रममा संस्थाका सचिव बिकास बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहिनी सैंजूले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । समाजकी भूतपूर्व अध्यक्ष ज्योति पौडेलले चाँहीं समाजको स्थापना र वर्तमान स्थिति सम्बन्धी प्रकाश पारेकी थिइन् ।

यसै अवसरमा संस्थालाई अमुल्य योगदान दिएबापत पुर्व अध्यक्ष ज्योति पौडेललाई सम्मानित गरिएको थियो । पुर्व अध्यक्ष पौडेललाई कार्यवाहक महामहिम लम्सालले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेका थिए ।

Immediate past president of INLS NY Chapter Jyoti Poudel receiving honor from the Chief Guest Acting Permanent Representative of Nepal Mission to the UN Sewa Lamsal Adhikari in New York on November 3, 2012. Photos: eEyeCam.com

कार्यक्रममा भुपेन्द्र वाग्ले, वकिल द्वय केशब सेढाई र खगेन्द्र जिसीलाई समाजलाई सहयोग गरेबापत कदर पत्रद्वारा सम्मान गरिएको थियो।

यसै कार्यक्रमको अवसरमा संस्थाका मिडिया को-अर्डिनेटर तथा साहित्यकार नगेन्द्र ईङ्नाम "आठराईली" को सम्पादकत्व र न्यू योर्कवासी साहित्यनुरागीहरुको पहलमा www.nayarachana.com (नयाँरचना डटकम) नामक साहित्यिक वेबसाईटकोसमेत उद्घाटन गरियो । उक्त साहित्यिक वेबसाईटलाई बरिष्ठ साहित्यकार एवं समालोचक अमर नेम्बाङ लिम्बूबाट उद्घाटन गरिएको थियो ।

www.NayaRachana.com is launched during the 103rd Mahakabi Devkota Jayanti in New York on November 3, 2012. Photos: eEyeCam.com

सचिव बिकास बिष्टद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सीता खरेलले स्वागत गरेकी थिईन् भने अध्यक्ष पूनम काफ्लेले उपस्थित साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन गरेकी थिईन् । कार्यक्रमको अन्त्यमा देउसी-भैलीका गीत गाउँदै सहभागीहरूले सामूहिक नाँचगान गरेका थिए ।

-Nagendra Ingnam "Atharaili" in New York

Bikash Bista with the poetry competition judges. Photos: eEyeCam.com

Poonam Kafle. Photos: eEyeCam.com

Sewa Lamsal Adhikari. Photos: eEyeCam.com


Literary critic Amar Nembang. Photos: eEyeCam.com


Dr. Tara Niraula. Photos: eEyeCam.com



Sita Kharel. Photos: eEyeCam.com

Bhupendra Wagle receiving honor. Photos: eEyeCam.com



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.