NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 28 December 2009 03:26

Live: न्यू योर्क- अमेरिकि नेपाली गुरुङहरुको न्यू योर्कस्थित संस्था "गुरुङ (तमु) सोसाइटी" को आयोजनामा ११ औं तमु ल्होछार आगामी नयाँ बर्ष अर्थात जनवरी १ तारिख बेलुकी पहिलो पटक रोधी घर कै निर्माण गरी धुमधामसंग मनाउन लागेको संस्थाका आयोजकहरुले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएकोछ। उता युएस नेपाल अनलाइनले झन्डै २ महिनादेखी न्रित्य निर्देशक धरमबीर लामाको निर्देसनमा तयार पारिएको आदिबासी गुरुङ र नेपालको कला संस्क्रिती झल्कने उक्त ल्होछारको आफ्नो होम पेजमा प्रत्यक्ष प्रसारण (live broadcast) गर्ने चाँजो मिलाएकोछ।



यसपालीको तमु ल्होछार न्यू योर्कको म्यान्हटन शहरस्थित आर्मेनियन चर्चको अडिटोरियम (630 2nd Ave, Between 34th & 35th St. NY) मा हुनेछ। बेलुकी ७ बजे शुरु हुने उक्त ल्होछार साँझको रमझम मध्यरात पछि पनि बिहान २ बजेसम्म जारी रहनेछ। Watch live streaming broadcast here, or in home page or at: http://www.usnepalonline.com/live/


झन्डै २ दर्जन गुरुङ र अन्य कलाकारहरुको बिबिध साँस्कृतिक प्रस्तुती रहने उक्त ल्होछार साँझमा गुरुङ समुदायको परम्परागत साँस्कृतिक घरको रुपमा बिख्यात "रोधी घर" को निर्माण गरिन लागेको कुरा पोहर सालको ल्होछारका संयोजक टेक गुरुङले युएस नेपाल अनलाइनलाई सुटुक्क बताउनु भएको छ।

Gurung and other artists, organizers after the finale rehearsal. Photo courtesy: Tek Gurung

यसपालीको ल्होछार कार्यक्रमको संयोजक सुजान गुरुङ र सह-संयोजक गम गुरुङका अनुसार यही डिसेम्बर २५ तारिख सम्पूर्ण साँस्कृतिक प्रस्तुतीको अन्तिम रिहर्सल सम्पन्न गरिएको छ। उहाँहरुका अनुसार यसरी अग्रिम तयारी गर्दा परम्परागत साँस्कृतिक प्रस्तुतीलाई जिबन्त रुपमा प्रस्तुत गर्न सकिने र जसले गर्दा संस्क्रितीको संरक्षणमा टेवा पुग्दछ।

L to R: Tika Gurung, President, Tamu (Gurung) Society Inc. (Photo: eEyecam.com), Sujan Gurung, Co-ordinator, 11th Lhochhar celebration, Deputy coordinator Gam P. Gurung and Dance Director Dharambir Lama. Photos courtesy: Tek Gurung

उता न्रित्य निर्देशक धरमबीर लामाले सबै कलाकारहरुले आ-आफ्नो प्रस्तुतीको लागि अत्यन्त मिहिनत गर्नुका साथै सफल प्रशिक्षण लिएकोमा आफुलाई सन्तोष लागेको बताउनु भयो। निर्देशक लामाले ल्होछार साँझको एक हप्ता अगावै साँकृतिक प्रस्तुतीको पूर्ण तयारी सम्पन्न गर्दा बाँकी कमी कम्जोरी रहेमा सच्याउन मिल्ने भएकोले आफुले समय मै प्रशिक्षण सम्पन्न गरेको बताउनु भयो।



उता, चर्चको भान्छा घर मै खसीको भुटन, सेल रोटी, अचार लगायत ताजा र स्वादिला खाना र परिकारहरु बनाइ खुवाइने पनि आयोजकहरुले बताएकाछन्। त्यसका लागि केही गुरुङ दाजुभाइहरु र दिदी बहिनीहरुको एक टोली नै खटीइ सकेको जनाइएकोछ।

Gurung artists from last year's Lhochhar celebration. These artists will perform this year also. Photo: eEyecam.com

यसै बिच, सोसाइटीका अध्यक्ष टिका गुरुङले न्रित्य निर्देसक लामा, सम्पूर्ण कलाकारहरु र ल्होछार आयोजक टोलीलाई कार्यक्रमको पूर्ण तयारी गरेकोमा संस्थाकोतर्फबाट धन्यवाद ब्यक्त गर्नु भएकोछ। साथै, यो बर्षको बिशेष तयारीसहितको ल्होछारमा सहभागी हुन र साँस्कृतिक साँझको मनोरन्जन लिन सम्पूर्ण गुरुङ समुदायका सदस्यहरु र अन्य नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्नु भएकोछ।

Comments

The Gurung (Tamu) Society, Inc न्यूयोर्क परिवार तथा सम्पूर्ण गुरुङ वन्धुहरुलाई ल्होसार (बाघ वर्ष) को हार्दिक शुभकामना छ । साथै यही आउँदो शुक्रवार, जनवरी १ मा न्यूयोर्कमा हुन गइरहेको 11th Annual Lhochhar Celebration कार्यक्रमको भब्य सफलताको कामना पनि गर्दछौ ।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?