Inside

All Time Top 50 News

अमेरिकाको वाशिङ्गटन डिसीमा १९८ औं भानुजयन्ती कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by International Nepali Literary Society (INLS)   
Tuesday, 26 July 2011 03:50

साहित्यकार राजेश्वर देवकोटा अभिनन्दित
Special: 4 photos:
वाशिङ्गटन डि.सी.- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको आयोजनामा गत आइतबार स्थानीय उडब्रिजस्थित लेस्सिलभेनिया पार्कमा १९८ औं भानुजयन्ती तथा अनेसासको २० औं वार्षिकोत्सव सम्पन्न भयो । सो अवसरमा वरिष्ठ तथा बयोवृद्ध साहित्यकार राजेश्वर देवकोटाको अभिनन्दन गरियो ।

The guests at the 198th Bhanau Jayanti celebration in Washington D.C. Photos courtesy: Manoj Khanal


सोही सभामा कवि डिल्लीरमण शर्मा अर्याल, समालोचक शिवप्रसाद सन्त्याल पीठ, साहित्यिक पत्रकार तथा समालोचक गोपीकृण्ण खनाल, प्राध्यापक तथा सम्पादक सोमनाथ घिमिरे, प्रगतिशील लेखक रणेन्द्र बरायलीलाई उहांहरुले नेपाली साहित्यलाई पुर्‍याउनु भएको योगदानकोलागि सम्मान गरिएको थियो ।

अभिनन्दनले आफ्नो कांधमा साहित्य सम्वद्र्धनको अझ ठूलो भारी थपिएको बताउदै अभिनन्दित व्यक्तित्व राजेश्वर देवकोटाले साहित्य एक ठूलो पराक्रम र अतिरिक्त क्रियाकलाप भएकोले यसबाट सर्जकहरुलाई ठूलो आनन्द मिल्ने बताउनु भयो । आफूले सानैदेखि राजनीतिकभन्दा पनि साहित्यिक व्यक्तित्वलाई नै रोजेको र संसारका ७० भन्दा बढी स्थानमा संजाल विछ्याइ सकेको अनेसासबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको विचार देवकोटाको थियो ।

देवकोटाले आफ्ना कृतिहरु विशेषतः उपन्यास तथा कविताहरुको लागि यसअघि नै राष्ट्र प्रमुखबाट त्रिशक्तिपट्ट (प्रथम), नेपालको नोभेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार, भाषा सेवीहरुलाई दिइने सर्वोकृष्ट अलंकार भानुभक्त पुरस्कार, साझा पुरस्कार एवं बालचन्द्र पुरस्कार आदि इत्यादि पदक, पुरस्कार, सम्मान एवं विभुषणहरु प्राप्त गरिसक्नु भएको छ ।

Nepalese author Rajeshwar Devkota at the event. Photos courtesy: Manoj Khanal

सो अवसरमा साहित्यकार तथा अनेसासका संस्थापक होमनाथ सुवेदीले अनेसासले थुप्रै पुस्तकहरु प्रकाशित गरिसकेको, डेढ दर्जन जति पुरस्कार स्थापना गरेर संसार भरिका धेरै साहित्यकारहरुलाई अलंकृत गरिसकोको र डायस्पोरिक साहित्यको क्षेत्रमा एक ज्वारभाटा नै ल्याउन सफल भएको दावी गर्नु भयो । उहांले संमानित व्यक्तित्व देवकोटालाई दिइएको अभिनन्दन पत्र र अन्य साहित्यकारहरुलाई दिइएको संमानपत्र बढेर सुनाउनु भएको थियो भने अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालले हस्तान्तरण गर्नु भएको थियो । सुवेदी र इश्वर देवकोटाले राजेश्वर देवकोटाको परिचय गराउंदै उहांका योगदानबारे चर्चा गर्नु भएको थियो । नेपाली राजदुतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले राजदूत डा. शंकरप्रसाद शर्माको शुभकामना सन्देश सुनाउनु भएको थियो ।

The guests and organizers at the 198th Bhanau Jayanti celebration in Washington D.C. Photos courtesy: Manoj Khanal

संमानित व्यक्तित्वहरुले पनि आफ्ना विचार राख्नु भएको सो सभामा बोल्दै छन्दबद्ध कविताका पारखी कवि डिल्ली रमण अर्यालले आफूले जीवनमा २५ भन्दा बढी पुरस्कार र सम्मानहरु पाएको भएता पनि ती सवैलाई यस सम्मानले छांयामा पारेको विचार व्यक्त गर्नु भयो । अनेसास डि.सी. मेट्रोका महासचिव विजय थापाले संचालन र सचिव गुणराज लुईटेलले स्वागत मन्तव्य दिनु भएको थियो ।

सो समारोहमा साहित्यकार देवकोटाले कवयत्री तथा साहित्यकार विमला निरौलाद्धारा लिखित बाल साहित्य 'बाल बगैचा'को विमोचन पनि गरिएको थियो । समीक्षक गोविन्दगिरी प्रेरणा र लेखिका निरौलाले यो पुस्तक प्रवासमा बसोवास गर्ने बालबालिको लागि ज्ञानवद्र्धक रहेको जानकारी गराउनु भयो ।

यसैगरी, दोस्रो चरणमा बाल तथा बयस्क कविता प्रतियोगिता, खुल्ला बनभोज तथा भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । बाल कविता प्रतियोगितामा सपना सत्याल, सुकृति अधिकारी, कविता सुबेदी, प्रिया सुबेदी, बिबेचना निरौला, आकाश सुबेदी र आलोक सुबेदी ले अआफ्ना कविता वाचन गरेकोमा विवेचना निरौला प्रथम भइन् भने सामुहिक कविता दोस्रो र आकाश सुवेदी तेस्रो भएका थिए ।

Photos courtesy: Manoj Khanal

उता वयस्क कविता प्रतियोगितामा कविहरु मोहन निरौला, सुदिप भद्र खनाल, बासु श्रेष्ठ, गोपाल रेग्मी, सुदिपभद्र खनाल, श्रीस्ठी हुमागाई, सावित्री पुडासैनी, बिमला निरौला, रामशरण हुमागाई, रजनी श्रेष्ठ, खिमानन्द आचार्य, मंजु निरौला, आनन्दप्रसाद शर्मा, कमला खरेल, नारायण अधिकारी, रनेंद्र बराली, रामप्रसाद खनाल, माया शर्मा, दुर्गा रिजाल, ललिता दोषी, दिल्ली रमण शर्मा आदिले प्रतियोगी तथा अप्रतियोगीको रुपमा सहभागी जनाउनु भएको थियो भने प्रथम स्थान सुदिपभद्र खनाल, दोश्रो स्थान शरद निरौला र तेश्रो स्थान सखिमानन्द आचार्यले प्राप्त गर्नु भएको थियो ।

प्रमुख अतिथि राजेश्वर देबकोटा र नेपाली राजदूताबासका प्रथम सचिव तथा कवि आनन्दप्रसाद शर्माले यस वर्षको अनेसास हरिलाल उपाध्याय कविता पुरस्कार प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई सयुक्त रुपमा वितरण गर्नु भयो । अनेसासका ट्रष्टी होमनाथ सुवेदीले स्पोन्सोर गर्नु भएको उक्त पुरस्कारमा बयस्कतर्फ प्रथम हुनेलाई १००, द्धितीय हुनेलाई ६० र तृतीयलाई ४० डलर र प्रमाणपत्र तथा बालबालिका कविता प्रतियोगितामा प्रथम, दोस्रा र तेस्रा हुनेहरुलाई क्रमशः २५, १५ र १० डलर तथा प्रमाणपत्र हस्तान्तरण गरिएको यियो ।

बाल कविताका निर्णायकहरु रामप्रसाद खनाल, रणेन्द्र बराली, दिल्ली रमण अर्याल र ललिता दोषी हुनु हुन्थ्यो भने वयस्क कविताका निर्णायकहरुमा शिवप्रसाद सत्याल, राजेश्वर देवकोटा र सोमनाथ घिमिरे हुनुहुन्थ्यो ।

यसैगरी, दोश्रो चरणमा १९८ औं आदिकबी भानुभक्त भलिबल प्रतियोगिता आयोजना भयो । अन्तरास्ट्रिय नेपाली साहित्य समाजका पुर्बस् हेडक्वार्टर ऊपसभापती तथा अमेरिका नेपाल सोशाईटी (वाशिंगटन डि०सी०) का निबर्तमान अध्यक्ष खेम भट्टचनको संयोजकत्वोमा आयोजित उक्त भलिबल खेलमा ३ वटा टिम बीच भएको प्रतिस्पर्धामा नर्दन भर्जिनिया नेपाली स्पोर्टस् क्लवका अध्यक्ष कमल भुषाल टिम क्याप्टेन रहेको क्लब बिजयी भयो भने अनेसासका बोर्ड अफ ट्रस्टी भिम रेग्मी टिम क्याप्टेन रहेको  अन्तरास्ट्रिय नेपाली साहित्य समाज दोश्रो भयो ।

खेलपश्चात आयोजित खेलकुद संयोजक खेम भट्टचनद्वारा संचालित पुरुस्कार वितरण समारोहमा प्रमुख अतिथी राजेस्वोर देवकोटाले बिजयी टिमका खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रथम भएको टिमका खेलाडीहरूमा कमल भुषाल टिम क्याप्टेन, पुरु सुबेदी, सुरेश खनाल, बासु सत्याल, मोहन निरौला, सुखदेव न्यौपाने  हुनुहुन्थ्यो भने देस्रो स्थान प्राप्त गर्ने टीममा भीम रेग्मी टिम क्याप्टेन, सुरेश पौडेल, प्रकाश सुबेदी, ब्रजेश पोखरेल, देबी न्यौपाने बिष्णु शर्मा हुनुहुन्थ्यो । साथै मोहन निरौला सवोत्कृष्ट खेलाडी र राजु श्रेष्ठ निष्पक्ष खेलाडिमा छनौट हुनु भएको थियो । कमल भट्टराई र मनोज विश्वकर्माले रेफ्रिको भूमिका निर्वाह गर्नु भएको थियो ।

पोटोम्याक सामुद्रिक किनारको मनोरम वातावरणमा विविध खाना परिकारहरुको साथमा उपस्थित सवैले वनभोज कार्यक्रमबाट मनोरंजन लिएका थिए ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
International Nepali Literary Society (INLS)
डिसी मेट्रो च्याप्टर

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.