Inside

All Time Top 50 News

न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Monday, 08 December 2008 18:40
Article Index
न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे
Photos of Guest speakers
1st Anniversary program schedule
All Pages

कबिता मै भनियो-"समय पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!"
"स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ"

Exclusive: 46 photos: न्यू योर्क- हिजो आईतवार साँझ न्यू योर्क शहरको क्विन्समा आयोजित यस सामुदायिक न्युज पोर्टलको प्रथम वार्षिकोत्सब समारोहमा पहिलो पटक न्यू योर्कमा कृयाशिल २७ वटा नेपाली संघसंस्‍थाहरुका अगुवाहरु एउटै मन्चमा उभिएर प्रबासमा नेपाली हुनुको गर्ब र एकताको उदाहरण प्रस्तुत गर्दै USNepalOnline लाई सफलताको शुभ-कामना प्रदान गरे।


US Nepal Media Center board members and guests at the 1st anniversary celebration in New York. Photos: Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com


उक्त समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' (Read Message), संबिधान सभाका अध्यक्ष सुभाश चन्द्र नेम्बाङ (Read Message), परराष्ट्र मन्त्री तथा मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव (Read Message) द्वारा जारी शुभ-कामना पढेर सुनाइएको थियो।



नेपालबाट शुभकामना ब्यक्त गर्नु हुने अन्य ब्यक्तित्व र सस्थाहरु निम्नानुसार हुनुहुन्थ्यो:
President of the Federal Democratic National Forum, DK Buddhist (Read Message), President of Rashtriya Janamukti Party, MS Thapa Magar (Read Message), President of Gorkha Ex-Servicemen Organization (GESO), Padambahadur Gurung (Read Message), Chairman of Press Council Nepal (PCN) Narayan Prasad Sharma (Read Message), President of Federation of Nepali Journalists (FNJ), Dharmendra Jha (Read Message), President of Association of Nepalese Indigenous Journalists (ANIJ), Khim Ghale (Read Message),  President of Association Of Tamu (Gurung) Journalists, Nepal, Ganeshman Gurung (Read Message), President of Sherpa Media Group Nepal, Pasang Sherpa (Read Message), President of Magar Media Person’s Society, Nepal, Naresh Khapangi Magar (Read Message).

Note: all messages links are pdf pages.

 

युएस नेपाल अनलाइनले आफ्नो अनलाइन प्रकाशनको बर्ष दिन पुरा गरेको अबसरमा गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचन्ड' ले यस अनलाइनले बर्ष दिनको अबधीमा हाँसिल गरेको उपलब्धी प्रति खुशी ब्यक्त गर्दै समस्त नेपालीबीच राष्ट्रियता र राष्ट्रिय हित प्रबर्धन गर्ने अभियानका लागि उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको छ। (Read full Message)

गत बर्ष डिसेम्बर ३ तारिखबाट प्रकाशन शुरु गरिएको USNepalOnline.Com यसबिच ७१ लाख, ५२ हजार, ०८३ पटक हेरिएका छन्‌ भने यसका ७ लाख, ७२ हजार, ७८५ समाचार पृष्‍ठहरु ब्राउज गरिएका छन्‌।

नोबेम्बर महिनामा USNepalOnline.Com १२ लाखभन्दा बेशी पटक हेरियो। पोहर डिसेम्बर महिनामा प्रकाशन शुरु गर्दा शिर्फ १ लाख १४ हजार १६२ पटक हेरिएको थियो । अहिले USNepalOnline.Com पाठकहरु ११० भन्दा देश बढी देशबाट यसका खबर पढ्छन्। हाम्रा पाठकहरु मध्ये अमेरिकाबाट ४३.३ प्रतिसत, नेपालबाट ५ प्रतिसत, बेलायत (युके) बाट ३.६ प्रतिसत, क्‍यानाडाबाट १.८ प्रतिसत, भारतबाट १.४ प्रतिसत, जापानबाट १.३ प्रतिसत, हङकङबाट ०.८ प्रतिसत छन्‌।

संयुक्त राष्ट्र संघको सन् २००६ को तथ्याङ्कअनुसार नेपालमा प्रति १०० जनामा ०.९ प्रतिसतले मात्र इन्टर्नेट हेर्छन्। जब कि अमेरिकामा ६९.१ प्रतिसतले इन्टर्नेट हेर्छन्। यो हिसाबले हाम्रा ५ प्रतिसत नेपालका नेपाली पाठक अमेरिकाको तुलनामा ज्यादा मान्नु पर्छ। हुन पनि मकवानपुरदेखी पोखरासम्म, कैलालीदेखी ईलामसम्मका पाठकहरुबाट प्राप्त प्रतिकृयाहरुले त्यही कुरालाई पुष्‍टी गर्दछ। तर हामी अझ नयाँ पाठकहरुबिच पुग्नु बाँकी नै छ।


वार्षिकोत्सब समारोहमा अझ रोचक पक्ष चाँही अमेरिका नेपाल मैत्री संघ कि अध्यक्ष मुना बेलाबासे (Read full Message)  र प्रोग्रेशिव नेपालीज फोरम इन अमेरिकाजका उपाध्क्ष्य सन्तोष थपलिया (Read full Message) ले आ-आफ्ना शुभ-कामना मन्तब्यका अलाबा युएस नेपाल अनलाइनप्रति समर्पित स्नेह्पुर्बक लेखिएका कबिताको मिठो प्रस्तुती गरेर उपस्थित झन्डै डेढ सय नेपाली र अमेरिकि पाहुनाहरुलाई छक्कै र आयोजकहरुलाई मख्खै पारे।

सन्तोष थपलियाको कबिताको बान्‍की:
"छेकून् जति नै अबरोधहरुले
युद्ध छेड्दै जाउ कलमले
तिमी उठाउँदै जाउ, सुसुप्त लुकेका चेतनाहरुलाई
समय पनि टक्क अडेर
गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!

तिमी अग्रगामी परिवर्तन लेख्दै जाऊ
हामी सिक्दै जान्‍छौं तिमीसँग
खबरदार! यदाकदा पनि बिचार त्याग्नु हुन्न अग्रगमनको
किनकी मैले मीत लगाइ सकें युएस नेपालसँग!!
कपुर जस्तो उड्ने 'क' हैन, कसैसँग नडराउने 'क' लेख्न थाल
खरायो जस्तो 'ख' हैन, खबरदारीको 'ख' लेख
गाइगोडे 'ग' को अर्थ भेटिन्छ र?
यथास्थितीबादी गर्ल्याम गुर्लुम लडाउने 'ग' लेख
घर जस्तो 'घ' हैन, घर नभएकाहरुलाई घर को 'घ' लेख
लेख्दै जाउ जन आवाजहरु
खिच्दै जाउ अधिकारका लडाईंहरु
आठ मिलियनले हैन, अठ्ठाईस मिलियनले गाउन सकून्
USNepalOnline को गुणगानहरु!!"

-Santosh Thapaliya
Vice President
Progressive Nepalese Forum in Americas

मुना बेलाबासेको कबिताको बान्‍की:
"ठूलो सानो समूहमा, सधैं देखिन्छ
अनुपस्थितिमा आँखाले, खोजी रहन्छ
शुक्ष्म यन्त्र लिइ वृहत्, दृष्य ओगट्छ
त्यसै कलाले सबको, घर-घर समेट्छ
शब्द विनै सबको, हृदय बुझि दिन्छ
हर्ष विस्मात भाव सबै, प्रत्यक्ष पोखी दिन्छ
स्पर्श विनै सबको, मुटु छुन सक्छ
युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ
थोरै अबधी मै असीम, लोकप्रिय जो हुन्छ
सबै एकै स्वरमा आज, आभार ब्यक्त गर्छ
सफलता बनोस् तिम्रो, आकाश भन्दा अग्लो
कार्य क्षेत्र रहोस् तिम्रो, सागर भन्दा गहिरो
गरीमामय परिचय बन, नेपालको राम्रो
दिर्घायू बनी फल फूल, यही शुभकामना हाम्रो ।"
-Muna Belbase
President
America-Nepal Friendship Society, New York


Ambassador Madhuraman Acharya, Permanent Representative, Permanent Mission of Nepal to the UN. (Read Message)Photos are taken by Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com

उता बिशिष्‍ठ अतिथी संयुक्त राष्ट्र संघका लागि नेपाली राजदूत मधुरमण आचार्यले USNepalOnline.Com ले कसरी उनको मन जितेको छ भन्ने कुराको उदाहरण नै दिएर प्रधान सम्पादक थापालाई एकाएक दङ्‍ग पार्नु भयो। उहाँका अनुसार USNepalOnline.Com का बिषय बस्तु, शिर्षकको छनौट र प्रस्तुती रोचक छन्‌। (Read full Message)

नेपाल कि पूर्व उपसभामुख चित्र लेखा यादव केही ढिलो गरी आइ पुगे पनि शुभकामना मन्तब्य दिदै समाजमा संचार माध्यमको ठुलो भूमिका रहेको बताउदै media either can make or break भन्नु भयो। पूर्व उपसभामुख यादवको सुझाब पनि छ- उपसभामुखले भन्नु भो-"News delayed is News denied."


Chitra Lekha Yadav, former Deputy Speaker, Parliament of Nepal. (Read Message) And moderator Shailesh Shrestha.

विश्व प्रसिध्द कलाकार आर. लुरी, जसको कानभास अहिले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शित छ, र सन्‌ २०१० को मे २९ मा सगरमाथाको चुचुरोमा प्रदर्सन गर्न गैरहेका छन्‌, ले शुभकामना ब्यक्त गर्दै भने-

USNepalOnLine, which I found to be a massive highway bridge between Nepal and the entire world. No country can afford being an Island nowadays, and without adjusting to the big world around us, no society can survive.

USNepalOnLine is doing a tremendous service to its glorious country by presenting it to the world, and serves the globe greatly by affording it vital knowledge about Nepal. Tourists, students, business operators, journalists and politicians benefit from the priceless information that is exposed through this very important window to Nepal, and not less important, from Nepal. All of us should do our best to widen this important two-way window of vital information, delivering the fresh air of needed knowledge!"

न्यू योर्कका नेपाली कार्यक्रमाहरु एक / दुई घण्टा सम्म ढिलो गरी नेपाल कै पारामा चल्न थालेदेखि वाक्क भएका आयोजकहरुले निर्धारित समयभन्दा जम्मा ७ मिनट मात्र ढिलो गरी शुरु (त्यो पनि बिशिस्ठ अतिथीहरुलाई कुर्दा र नआइपुग्दै शुरु गरेको) कार्यक्रम न्यू योर्कमा चिरपरिचित कलाकार शैलेश श्रेष्ठले सन्चालन गर्नु भएको थियो भने प्रियान्का थापाले नेपालबाट प्राप्त १२ वटा र अमेरिकाबाट प्राप्त २ वटा शुभकामना पत्रहरु पढ्न श्रेष्ठलाई साथ दिएकी थिइन्‌। स्लेश्मा पराजुली र स्वेच्छा पन्त चाँही उपस्थित पाहुनाहरुको हाजिरी लगाउन सहयोग गरेका थिए।

अतिथीहरुलाई स्वागत प्रधान सम्पादक प्रदिप थापाले गर्नु भएको थियो भने धन्यवाद ग्यापन साहित्य सम्पादक नगेन्द्र इङ्नामले गर्नु भएको थियो। US Nepal Media Center का अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न उक्त प्रथम वार्षिक कार्यक्रममा न्यू योर्कमा कृयाशिल २७ संघ सस्थाहरुका अगुवा र प्रतिनिधिहरु र अन्य अतिथी गरी ३० जनाले आ-आफ्ना शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

यि शुभकामनाहरु बिशेषाङ्क पत्रिकामा प्रकासित गरिने भएकोले अधिकांश बक्ताहरुले आयोजकहरुको अनुरोध शिरोपर गर्दै
आ-आफ्ना लिखित मन्तब्य बाचन गरेका थिए।

अन्य बक्ताहरुको शुभकामना सन्देश पढ्न तलतिर सम्बन्धित बक्ताको फोटो सँगैको लिङ्क क्लिक्क गर्नुहोस्।

-Pratha Magar in New York. Comments? This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it 917-570-1098

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.