| न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 16 August 2009 03:56 | |||
|
41 photos: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास / INLS) केन्द्रिय समिती र न्यू योर्क च्याप्टरद्वारा आयोजना गरिएको प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा शनिबार सम्पन्न भएको छ।
Nepalese writers at the 1st International Nepali Literary Conference in New York. Photos eEyeCam for usnepalonline.com
सम्मेलनको सुभारम्भ बिहान १० बजे श्री १०८ स्वामी आत्मानन्द गिरिजी (देबघाट्धाम, नेपाल) द्वारा मंगलाचरण र प्रमुख अतिथी डा. गोबिन्दराज भट्टराईद्वारा पानसमा दीप प्रज्वलित गरी शुरु गरिएको थियो।
पाँच भागमा बाँडिएको उक्त सम्मेलनको पहिलो सत्र अर्थात उद्घाटन समारोह पुरस्कार बितरण र पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत (जापान) ले गर्नु भएको थियो भने स्वागत मन्तब्य अनेसास न्यू योर्क च्याप्टर कि अध्यक्ष गीता खत्रीले गर्नु भयो।
Coorodinator Bharati Gautam. Photos eEyeCam for usnepalonline.com
अनेसास केन्द्रिय उपाध्यक्ष तथा सम्मेलन संयोजक भारती गौतमले सम्मेलनबारे प्रकाश गर्नु भयो भने होमनाथ सुबेदीले प्रेसित शुभकामना मन्तब्यहरु पढेर सुनाउनु भयो।
दोश्रो सत्र: ४ पुरस्कारहरु बितरण
यसपालिको 'खेमलाल हरिकला लामिछाने पुरस्कार' डा. गोबिन्दराज भट्टराईलाई नेपाली डायस्पोराका नेपाली भाषाका साहित्यकार र कृतिमा गरिएको अनुसन्धानका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि ५०० डलर र प्रसंशा पत्र रहेको छ।
त्यसैगरी, एनआरएन (NRN) को 'न्रिपध्वज कार्की नेपाली साहित्य पुरस्कार' मस्कोका नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई नेपाली डायस्पोरामा गरेको साहित्य श्रीजनाको सर्बोत्तम योगदानका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि ५०० डलर र प्रसंशा पत्र रहेको छ।
अमेरिकाका नेपाली साहित्यकार होमनाथ सुबेदीलाई अस्विक्रित साहित्य बिचार गुठीको 'अस्विक्रित साहित्य बिचार सम्मान पत्र' प्रदान गरियो।
समारोहमा अनेसास गण्डकी अञ्चल उत्क्रिस्ठ पुस्तक पुरस्कार अमेरिकाका नेपाली साहित्यकार नगेन्द्र न्यौपानेलाई 'अन्तिम घुट्को' कथा संग्रहका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि २०० डलर र प्रसंशा पत्र रहेको छ।
यो सत्रमा शेखर ढुङ्गेलका 'सय कबिता' को बिमोचन प्रमुख अतिथी डा. भट्टराईले गर्नु भएको थियो।
समारोहको अन्तमा केन्द्रिय कोशध्यक्ष कमला प्रसाइले कार्यक्रमको धन्यवाद ग्यापन गर्नु भयो भने शिव प्रकाशले समारोहको सन्चालन गर्नु भएको थियो।
तेश्रो सत्र: डायस्पोरामा नेपाली भाषा र साहित्य
यो सत्र डा. गोबिन्दराज भट्टराईको सभापत्वबाट शुरु भयो भने सन्चालन सुमनराज तिमसिनाले गर्नु भयो।
कार्यपत्र प्रस्तोताहरुमा बसन्त श्रेष्ठ (अमेरिका) ले "नेपाल बाहिर नेपाली भाषाको महत्व, आवश्यकता र यसका सम्भाब्य पूर्वधार हरु", प्रा. जयनारायण लुइटेल (भारत) ले "असमको नेपाली जनजीवन निर्माणमा समाज, साहित्य र राजनीतिको भूमिका", कृष्णप्रकाश श्रेष्ठ (मस्को) ले " युरोपिय डायस्पोरामा नेपाली भाषा र साहित्य" र प्रा. घनश्याम कंडेल (नेपाल) ले "नेपाली समालोचनाको बिकास परम्परा" प्रस्तुत गर्नु भयो।
यि प्रस्तुतीहरु उपर डा. गोबिन्दराज भट्टराई (नेपाल) ले समग्र समालोचना र अन्तमा तेश्रो सत्रको समापन गर्नु भयो।
चौथो सत्र: बिशेष काब्य गोस्ठी: गीत, गजल तथा कबिता
Poet and MC Nilam Karki 'Niharika'
डा. शिव गौतमको सभापतित्वमा निलम कार्की 'निहारि'काद्वारा सन्चालन गरिएको यो सत्रको मुख्य अतिथी हुनुहुन्थ्यो- नेपालबाट यसै साहित्य सम्मेलनका लागि आउनु भएका चर्चित साहित्यकार, कबि गोबर्धन पूजा।
Poet Gobardhan Puja. Photos eEyeCam for usnepalonline.com
कथा, निबन्ध लगायत अन्य बिधालाई स्थान नदिइएको यो गोस्ठीमा कबिता, गजल पाठ गर्ने कबिहरुको लस्कर चाँही निक्कै लामो थियो। जस मध्ये हुनुहुन्थ्यो-
Akhil Thapa, Kalpana Satyal, Gobinda Koirala, Binod Roka, Parita Rajabhandari, Bikash Bista, Anant Risal, Punam Paudel, Krishnamurari Dhungel, Rajani Shrestha, Dipak Khadka, Hariprasad Kafle, Dr. Jyoti Acharya, Rabindra Shrestha, Kriti Gyawali, Kalpana Subedi, Kunti Thapa, Sushil Tamrakar, Rajendra Shrestha, Pushpa Sharma, Sarad Niraula, Santosh Thapalia, Sagadev Paudel, Sita Kharel, Prathaa Magar, Mani Bangdel, Uttambabu Shrestha र Gobardhan Puja ।
The talented young Poet Kriti Gyawali reading her poetry written in English. Photos eEyeCam for usnepalonline.com
नेपालबाट आउनु भएकी साहित्यकार इल्या भट्टराईलाई उनको कथा पढ्न नदिएपछि उनले मन्त्बय दिनु परेको धेरै लाई मन परेन।
उता कतिपय कबिहरुले कबिता पढ्न भनेर ल्याएको कबिता पढ्न नपाएपछि निक्कै ठुस्सिएका थिए। त्यसो त सन्चालिका निलम आँफैले पनि कबिता पढिनन्।
कबिता र अन्य बिधाका रचना पढ्न नपाउनेहरु झोकिएको थाहा पाएपछि उनले आफ्नो छोरो, बाल कबि हिमांशु कुवरलाई कबिता पढ्न नदिएपछि ठुस्सिएर अर्को कोठामा गएर बसेको कहानी सुनाउँदा भने सबैलाई घत परेको भान हुन्थ्यो।
पाँचौं सत्र: अनेसास च्याप्टर गतिबिधी, छलफल र सम्मेलन समापन
यो समारोहसम्म आइपुग्दासम्म बेलुकाको साढे पाँच बजी सकेको थियो। अमेरिकाको कोलोराडो निवासी साहित्यकार ज्ञानेन्द्र गदालको सभापतित्वमा सम्पन्न यो सत्रको सन्चालन पुरु सुबेदीले गर्नु भएको थियो।
INLS New York Chapter President Geeta Khatri. Photos eEyeCam for usnepalonline.com
न्यू योर्क, फोलोरिडा, बोस्टोन, न्यू जर्सी, भर्जिनिया लगायतका शाखाहरुका अध्यक्षहरुले पेश गरेको प्रगती विवरणहरु जानकारी मुलक भएपनि समारोहमा सहभागिहरु चाँही एक आपसमा फोन र ईमेल साटासाट गर्न ब्यस्त देखिन्थे।
अन्तमा अनेसास कि केन्द्रिय उपाध्यक्ष तथा सम्मेलन संयोजक भारती गौतमले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको बिधिबत समापन गर्नुभएको थियो।
सम्मेलनको अँध्यारो र उज्यालो पक्ष
करिब ८० जना साहित्यकारहरुको जमघट भएको उक्त सम्मेलनमा न्यू योर्कबासी साहित्यानुरागीहरु कै उल्लेख्य उपस्थिती हुन सकेन।
सहभागीहरु मध्ये कोहीले 'एक दिने सम्मेलनमा कार्यपत्रहरुको ओइरो लगाउनु हुन्थेन' भने । कोहिले टिप्पणी गरे- 'कबिता मात्र किन पढ्न दिइयो ? के अरु साहित्य बिधा साहित्य होइनन् त? यस्ता सम्मेलनले नसमेटे कस्ले, कहिले समेट्ने?'
एक सहभागिले नाम उल्लेख नगर्ने शर्तमा दुइटा गैर अनेसास पुरस्कार बिना प्रसंग यो समारोहमा पुन: दिइएकोमा दुखेसो गर्दै भने-" मैले पाएको एउटा पुरस्कार पनि यहाँ फेरी मन्चन गर्न ल्याएको भए हुने रहेछ।"
कामको चाँजोपाँजो र फत्ते गर्ने जिम्मा पाएको न्यू योर्क च्याप्टर र बोस्टोनबाट आउनु भएकी सम्मेलन संयोजक बिच तारताम्य नहुँदा संयोजक गौतमले हचुवाको भरमा सहयोगी "सबैलाई" भन्दै धन्यवाद ज्ञापन गरेको सुनियो।
उता र्यापोर्टरको रुपमा कार्यतालिका पत्रमा नाम उल्लेख भएपनि समय मै सुचित नगरेका कारण उत्तमबाबु श्रेष्ठ, प्रदिप थापा, सन्तोष थपलिया, मणी बाङ्देल र सरोज अर्यालले जिमेवारी निभाउने मेसो गरेको देखिएन।
उता प्रबेश शुल्क २५ अमेरिकि डलर अचाक्ली भा' को भन्दै झन्डै डेढ दर्जन मान्छेहरु भित्रै नपसी फर्केको पनि देखियो। एक सहभागिले भने -'अनिबार्य गर्नु भन्दा इच्क्षा माफिकको प्रबेश शुल्क राखेका भए राम्रो हुन्थ्यो।'
Nepalese writers at the 1st International Nepali Literary Conference in New York. Photos eEyeCam for usnepalonline.com
"एक जुगमा एक पटक आउने" यस्तो कार्यक्रममा आयोजकहरुले राम्रो समन्बय गर्न सकेका भए सम्मेलन अझ प्रभाबकारी हुन सक्थ्यो।
एक थरी साहित्यकारहरु जानाजान सम्मेलनमा सहभागि नभएको कुरो आयोजकहरुलाई सतप्रतिसत थाहा छ। छातीमा हात राखेर आत्मालोचना गर्न सके आगामी सम्मेलन असन्तुस्ट साहित्यकारहरुको पनि आवाज घन्किने थलो बन्न सक्थ्यो। कठै, होला के?
तर बिभिन्न कमी कम्जोरीका बाबजूद सम्मेलन सुचारु हुनु एक साकारात्मक कदमको रुपमा लिनै पर्ने हुन्छ। बर्गत अनुसारको सम्मेलनको आयोजना गर्न सफल भएकोमा अनेसास बधाईको पात्रो चाँही जरुर भएको छ। जय होस्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Poet Parita Rajbhandari. Poet and MC Shiva Prakash. Photos eEyeCam for usnepalonline.com
For more news York Nepalese community news go to:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments