Inside

All Time Top 50 News

बोष्टनमा प्रथम "नेपाल मेला" को भब्य मन्चन, नेपाली र बिदेशी हुरुक्कै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 25 September 2012 16:54

Special; 6 photos: बोष्टन- ग्रेटर बोष्टनको समरभिलस्थित युनियन स्क्वायरमा पहिलो पटक आयोजित "नेपाल मेला" भब्यतापूर्बक सम्पन्न भएको छ।

The first "Nepal Mela" hosted in Somerville, Boston on September 22, 2012. Photos: Bimal Nepal

सेप्टेम्बर २२ तारिख शनिबार आयोजित उक्त मेला अमेरिकन र नेपालीहरुले खचाखच भरिएको थियो । शनिबारको त्यो दिन अमेरिकि खुला आकाश मुनिको सार्बजनिक स्थल नेपालमय बनेको थियो । मेला नेपाली झण्डा, हस्तकला बास्तुकलाका सामान, नेपाली पोशाक, बिभिन्न नेपाली स्टल, गित सँगित, नृत्य, नेपाली डकुमेन्ट्री, नेपाली सिनेरी पोष्टर र फोटोलेले सजिसजाऊ थियो ।

समरभिल आर्ट काऊन्सिलव्दारा प्रस्तुत "नेपाल मेला" मा ग्रेटर बोष्टन नेपाली कम्युनिटि (जिबिएनसि) को अग्रणी भुमिका खेलेको थियो भने समरभिल सिटी, स्क्याट टेलिभिजन, मासकल्चरल काऊन्सिल, हिमालयन लायन्स क्लब, बोष्टन नेपाल डटकम आदिको सहभागिता रहेको थियो ।



मेलालाई सुसेली समुह बोष्टनका नेपाली कलाकारहरुले कलात्मक पारेका थिए । झण्डै एक घण्टा लामो सुसेलीका कलाकारहरुको साँस्कृतिक प्रस्तुति नेपाली पँचैबाजा, बासुरी, सारँङ्गी, मादलसंगैको आधिनिक तथा लोक गितले मेलालाई तताएको थियो । कहिल्यै नेपाली कार्यक्रममा नदेखिने नेपालीहरु मेला भर्न आएका थिए, छमछमी नाँचेका थिए। नेपालीहरु स्वस्फुर्त: मेलामा नाँचेको दृष्य अचम्म लागेको एक सहभागी अमेरिकनले बताए ।

स्टलतर्फ मेगन ओ ब्राईनले समरभिल आर्ट काऊन्सिलको टेबल, एम पौडेलसमेत जिबिएनसिको टेबल, डा. ऊषा शर्मासमेतले अन्तराष्टीय नेपाली साहित्य समाज बोष्टन च्याप्टर (ILNS) को टेबल, हिमालय आर्ट एण्ड गुड्सलाई हिमालयन लायन्स क्लबले, नेपाल फोटो पम्पलेटलाई शिब मिश्रले, नेपाली धार्मिक महत्वका समान महेश सुबेदीले, नेपाली मम तथा टि-सर्टलाई नेहाले, चटनी रेष्टुरेण्टको छुट्टै स्टल र हिमालयन बिष्ट्रोले छुट्टै स्टल सँचालन गरेका थिए ।  मेलामा सहभागी नेपाली अमेरिकन सबैलाई परम्परागत नेपाली केतलीबाट नि:शुल्क चिया तथा नेपाली जेरी बाडिएको थियो । नेपाली पहिरन तथा सामानहरु अमेरिकनहरुले निकै रुचाएका देखिन्थे भने थुप्रै अमेरिकनले नेपाली सामान, खानेकुरा तथा गिफ्ट किनिरहेका थिए ।

The first "Nepal Mela" hosted in Somerville, Boston on September 22, 2012. Photos: Bimal Nepal


बेलुका चार बजे शुरु मेलामा समरभिल आर्ट काऊन्सिलका पदाधिकारिले फेष्टिबलकोबारेमा बताएपछि मेलाको लागी सुसेलीतर्फका सँयोजक धनकुमार गुरुङव्दारा साँगेतिक ब्याण्डकोबारेमा प्रष्ट्याऊने काम गरियो । न्यु योर्कदेखि आएका लोकप्रिय कलाकार राज कपुरसमेत सँलग्न सुसेली समुहको साँगेतिक झन्कारसगै कलाकार मिन के.सी र राममाया खतिवडाको लोक प्रस्तुतीमा पुग्दासम्म दर्शकहरु ठुलै समुहमा नाच्न पुगेका र अमेरिकनहरु दँग पर्न थालेका थिए । कलाकार महेश्वर पन्त, तथा बासु थापाका गित त्यतिकै शसक्त थिए भने नृत्य कलाकार ललिता शर्मा, ओसिन घिमिरे, सुष्मा अधिकारी, निशा गुरुङ, सरस्वती गुरुङ, पुष्पा गुरुङको फरक फरक नृत्य मनमोहक थियो।

त्यसैगरी, हिप्पो म्युजिकतर्फ सुबास बानिया र सौरव सिँको प्रस्तुतीले दर्शकलाई पेट मिचिमिचि हँसाएको थियो । जिबिएनसीका बर्तमान ऊपाध्यक्ष मिलन गुरुङले सँचालन गरेको स्टेज कार्यक्रममा मेलाकोलागि अग्रणी भुमिका निर्बाह गर्ने जिबिएनसिका सल्लाहकार अच्युत अधिकारिव्दारा नेपाल र नेपालीको पहिचान खुलारुपमा अमेरिकन सामु राख्न पाऊनु र नेपाली समाजलाई अमेरिकी समक्ष पुर्‍याउन पाउँदाको मज्जा आफुले पहिलोपटक महसुस गरेको र यो मज्जा सबै नेपालीले लिनुपर्ने बताऊदै आफ्नो साढे दुई दशकको अमेरिकी लाईफमा खुलेर नेपालीहरु सहभागी भएको भन्दै यथावत नेपाली एकताकालागि आव्हान भयो । खर्च सँयोजनकोलागि पनि नेपाली कार्यक्रमहरुमा जाँदा टिकट लिन पर्ने हुन्थ्यो । यस पटक मेला नि:शुल्क र खुल्ला भयो । चिया र जुलाफी निशुल्क गरियो । सहभागिता रहर लाग्दै भयो ।



"दिन जत्तिको मज्जा लिनमा नहुँदो रैछ, दिदा समाज बढदो रहेछ लिदा घटदो" मेला पश्चातको प्रतिक्रियामा श्री अधिकारीको कथन रह्यो । मेलालाई जिबिएनसिका सल्लाहकार डा. ऊषा शर्मा तथा अध्यक्ष लिला राऊतले सँबोधन गर्दै सहभागी सहयोगी सबैप्रति धन्यबाद एवँ आभार ब्यक्त गरेका थिए। । कार्यक्रमको अन्त्यमा नेपाली पहिचान र अमेरिकाको नेपाली गतिबिधि समेटेर फोटो पत्रकार शिव मिश्र तथा स्क्याट टिभिले तयार गरेको फिल्म डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

The first "Nepal Mela" hosted in Somerville, Boston on September 22, 2012. Photos: Bimal Nepal

बोष्टनमा पहिलो पटक आयोजित "नेपाल मेला" को पक्षमा थुप्रैथुप्रै महानुभाब खटेर लागे । स्क्याट टेलिभिजनको हलमा सात आठ पटक अमेरिकनसगै मिटिङ बस्ने काम भयो । समरभिल आर्ट काऊन्सिलले स्पेस, स्टेज, टेबल, सेक्युरिटी, कम्युनिटी एवार्डनेस र मार्केटिङ आदीको ब्यबस्थापन मिलायो भने मेलाकोलागि बिभिन्न टेक्निकल सर्पोट स्क्याट टिभिले गर्यो । नेपाली मेलामा समरभिल सिटीको सहभागिता देखियो जुन नेपालीकोलागि सारै खुसिको कुरा हो । मेलामा खटेर आफ्नै सौजन्यमा नि:शुल्क नेपाली चियाको ब्यबस्थापन गर्ने समरभिलकी श्रीमति मिना अधिकारीको ऊदारता ऊदाहरणिय रह्यो । एक दिन अगाडी मात्र नेपालबाट नेपाली केतली ल्याऊने गोर्खाका प्रबिन कुवँरलाई कार्यक्रममा धन्यबाद दिईयो । मेला आयोजना गर्न समरभिल आर्ट काऊन्सिलकी मेगन ओब्राईन र मिष्टर ग्रेगलाई मुरीमुरी धन्यबाद दिईयो । मेलाकोलागि बिभिन्न कोणबाट सहयोग पुर्‍याउनेहरु मध्ये स्क्याट टिभिका किरण खडका, बिजय तामाङ, शिव मिश्र, मिलन कार्की, सुसेली समुहका रञ्जन बुढाथोकी, सुन्दर गुरुङ, मिन के.सी, प्रबिन परियार, भिम गुरुङ, निलम खतिवडा, शिसिर पौडेल, बासु थापा, सागर खतिवडा, राममाया खतिवडा, जिबिएनसिका महासचिव राम थापा, पुर्व अध्यक्ष ऊत्सब गुरुङ, पुर्ब अध्यक्ष ध्रुब घिमिरे, अर्जुन केसी, हरि काफ्ले, सान प्रधान, जिबिएनसिका अन्य पदाधिकारि तथा लायन्स क्लबका पदाधिकारि रहेका छन्।



नेपालीलाई नेपाल बिर्साऊने बनेको यो मेला बिदेशीलाई नेपाल दर्शाऊने मौका भयो । "म पनि अर्को बर्ष स्टल राख्छु" समरभिलकी मन्दिरा नेपालले भनिन् । उनी जस्ता थुप्रै नेपाली मेलाबाट ऊत्साहित छन्, अर्को पटक थप स्टल राख्ने चाहना ब्यक्त गरेका छन् । मेलाको कमी कमजोरीलाई लिएर नेपाली र अमेरिकन आयोजकहरुको समिक्षा निचोड जे निस्के पनि यस प्रकारको मेलाले नेपाली सम्बन्ध अमेरिकी जनस्तरसम्म पुग्ने निर्बिवाद छ । बोष्टनको नेपाली घरघरमा मेलाको प्रशँसा र चर्चा निक्कै चलेको छ । अब पर्खिनु छ अर्को बर्ष फेरी नेपाली संस्कृतिको रंगमा रौसिन अनि नेपाली मायाले बनेको मीठो परिकारको स्वाग चाख्न। लौ है, अर्को बर्ष बोस्टन आउन समय मिलाउनु होला।

-Yem Poudel in Boston
www.ymknepal.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.