Inside

All Time Top 50 News

न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 11 March 2012 16:39
Article Index
न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न
More photos of 2139th Gyalsumdo Lhosar in New York
All Pages

Special: 2 videos; 27 photos: न्यू योर्क- ग्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा २१३९ औं ल्होसार पर्ब भब्यतापूर्बक मनाइएको छ।


 

The 2139th Gyalsumdo Lhosar celebrated by Gyalsumdo Sewa Sanstha USA in New York on march 10,2012. Photos: eEyeCam.com.

संस्थाद्वारा शनिबार मार्च १० मा आयोजना गरेको ल्होसार साँस्कृतिक कार्यक्रम निक्कै उत्कृष्ट रहेको कुरा कार्यक्रममा सहभागीहरुले बताए।

कार्यक्रमको शुभारम्भ मनाङ जिल्लाको स्याब्रु सामुहिक न्रित्य र स्वागत गीतबाट गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Gyalsumdo Lhosar 2039 in New York, March 10, 2012, Part-I




कार्यक्रमको सभापतित्व संस्थाका प्रेसिडेन्ट डा. धाग्याल्पो पुनेलले गरेका थिए भने प्रमुख अतिथी ब्लड डोनर्स अफ अमेरिकाका प्रेसिडेन्ट अर्जुन मैनाली थिए।


President Dr. Dhagyalpo Punel (right) with outgoing president Tashi Norbu Lama. Photos: eEyeCam.com.

कार्यक्रममा प्रमुख अतिथी मैनाली, लङ आइल्यान्ड भेट्नेरी सेन्टरका डा. मारिनो र न्यू योर्क लाइफ इन्सोरेन्सका रोहन होन्डाले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

स्वागत मन्तब्य संस्थाका सहसचिब शेख हिराचन र उद्घाटन कार्यक्रमको सन्चालन महासचिब छिरिङ्ग लामाले गरेका थिए।

तल्लो मनाङका धारापानी (ताल डाँडा), थोँचे-तिल्चे, बगरछाप-ताहचे र चामे गाबिसका बासिन्दाका नेपालीहरुलाई समेट्ने गरी ग्याल्सुम्दो सेवा संस्था युएसए सन् २००४ मा स्थापित भएको हो।

Shyabru dance performed by Gyalsumdo artists. Photos: eEyeCam.com.

रमाइलो ल्होसार कार्यक्रम

निक्कै मिहिनेत गरेर कोरियोग्राफ गरिएको ल्होसार कार्यक्रममा नेपालको हिमाली संस्क्रिती र आधुनिक सांगितिक प्रस्तुतीलाई रोचकपाराले प्रस्तुत गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Gyalsumdo Lhosar 2039 in New York, March 10, 2012, Part-II




ग्याल्सुम्दो समुदायको लोकप्रिय स्याब्रु न्रित्य र संगितमा रमाउनेहरु पश्चिम नेपालको लोक गीतमा मक्ख मात्र परेनन् बल्की लोक गायक बिमल डाँगी र राजेश थापा मगरको गीतमा धितमरुन्जेल नाँचेका थिए।

गायक डाँगी र थापाका अलावा गायिका अन्जना गुरुङ, तिलक श्रेष्ठ, पाल्देन वासेर र तिब्बती गायिका याशी खन्डुको गायन रहेको थियो।

Nepalese folk dance performed by the artists. Photos: eEyeCam.com.

झन्कार डान्स सेन्टरका धरमबीर लामाको न्रित्य निर्देशनमा तयार पश्चिम नेपालको सालैजो लोक न्रित्यको मनमोहक न्रित्य प्रस्तुतीमा लठ्ठ भएका दर्शकहरु "जिन्दगी बगेको पानी जस्तै हो आउँदैन फर्केर फेरी फेरी हो" बोलको लाइफ गीत र न्रित्यमा मन्त्रमुग्ध बन्न पुगेका थिए।

Emcee and singer Rajesh Thapa Magar and Chimi Gurung. Photos: eEyeCam.com.

नायिका मीरा गुरुङको गुरुङ लोक न्रित्य, शिला गुरुङ, निमा लामा, चुन्नी लामा, हिंसी वाङ्मो, डोल्मा लामालगायतका कलाकारहरुको न्रित्य रहेको थियो भने जुम्ल्याहा भाई राम र लक्ष्मण लामाले रोचक प्रहसन प्रस्तुत गरेका थिए।

ल्होसार साँस्कृतिक कार्यक्रमको सन्चाल्न गायक राजेश थापा मगर र छिमी गुरुङले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्था युएसएमा पुन: डा. ध्यागाल्पो (दावा) पुनेल निर्बाचित

-न्यू योर्कमा ग्याल्सुम्दो समाजको २१३८ औं ल्होसार सम्पन्न

-न्यू योर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए

Chief Guest Arjun Minali, president of Blood Donors of America with Dr. Punel. Photos: eEyeCam.com.








The guests at the Lhosar. Photos: eEyeCam.com.



Singer Tilak Shrestha. Photos: eEyeCam.com.




Photos: eEyeCam.com.

न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न
More photos of 2139th Gyalsumdo Lhosar in New York
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.