Inside

All Time Top 50 News

न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 20 March 2011 10:56
Article Index
न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न
More photos of Sherpa Lhosar celebration in New York 2011
All Pages

Exclusive: 2 videos; 43 photos: न्यू योर्क- शेर्पा किदुग अमेरिका (Unitd Sherpa Association, USA) को आयोजनामा २१३८ औं ल्होसार पर्ब शनिबार न्यू योर्क शहरको म्यान्हट्टनस्थित आर्मेनियन चर्चमा सम्पन्न भएको छ।

 

2138th Sherpa Lhosar celebration in New York on March 19, 2011. Photos: eEyeCam.com

उक्त ल्होसार पर्ब कार्यक्रममा शेर्पा सामुहिक शेर्पा स्याब्रुङ न्रित्यको रौनकसंगै नयाँ कार्य समितीको चयन गरिएको घोषणा गरिनुकासाथै पुरानो कार्य समिती सदस्यहरुलाई हार्दिक बिदाइ गरियो।


नयाँ कार्य समितीमा निबर्तमान अध्यक्ष छोङ्बा शेर्पा र महासचिब ल्हाक्पा गेलु शेर्पा पुन: निर्बाचित हुनुभएको छ। कार्य समितिले पोर्ट्फोलियोपछि तय गर्नेछ।


Sherpa Shyabru dance being performed at the 2138th Sherpa Lhosar celebration in New York on March 19, 2011. Photos: eEyeCam.com

कार्यक्रममा विश्वको सर्बोच्च शिखर सबैभन्दा कम उमेरमा आरोहण गर्ने नेपाली नारी निम डोमा शेर्पा र अमेरिकि विश्व बिद्यालयहरुबाट ब्याच्लर्स र मास्टर्स डिग्री गर्ने शेर्पा बिद्यार्थीहरुलाई सम्मान गरियो। उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथी संरासंकालागि नेपाली स्थाई नियोग प्रमुख तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यद्वारा प्रदान गरिएको थियो।


Youngest Nepali female Nim Doma Sherpa who climbed Mt. Everest, was being honored at the event. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त ल्होसार पर्बबारे तयार पारेको बिशेष भिडियो:
Sherpa 2138 Lhosar celebration in New York, March 19, 2011




शेर्पाले सन् २००८ को मइ २२ मा १० नेपाली महिलाहरुको टोलीसंग सगरमाथाको चुचुरोमा पुगेर नेपालकि सबैभन्दा कम उमेरमा विश्वको सर्बोच्च शिखर आरोहण गर्न किर्तिमान कायम गर्नुभएको थियो।

उहाँको उक्त समूहमा सुस्मिता मास्के संयोजक, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, माया गुरुङ, नवाङ फुटी शेर्पा, पेमाडिकी शेर्पा, पूजन आचार्य, शैली बस्नेत र उशा बिष्ट थिए। (पढ्नुहोस् युएस नेपाल अनलाइनको बिशेष रिपोर्टिङ)

यो समूहको १० मध्ये ९ जना महिलाको टोलीले विश्वका ७ महादेशका ७ सर्बोच्च शिखरहरु चढ्ने अभियान अन्तरगत हालसम्म ३ शिखरहरुको सफल आरोहण सम्पन्न गरिसकेको छ।

आरोहण गरिसकेका ३ शिखरहरुमा एशियाबाट नेपालको सगरमाथा (मै २२, २००८), अस्ट्रेलियाको माउन्ट कोजियास्को (जुन २०१०), युरोपबाट रसियाको माउन्ट एलब्रस (अगस्ट २०१०) छन्।

बाँकी ४ शिखरहरुमा नर्थ अमेरिकाबाट अमेरिकाको अलस्काको माउन्ट डेनेली, अफ्रिकाबाट माउन्ट कालिमान्जिरो, साउथ अमेरिकाबाट माउन्ट आकाङ कागुवा र अन्टार्टिकाबाट भिन्सेन्ट म्यासिफमा आरोहण गर्ने योजना रहेको कुरा निमाले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।

प्रायोजनको ब्यबस्था भएमा आगामी मेमा महिनामा माउन्ट डेनाली या कालिमन्जिरोको आरोहण गर्ने योजना रहेको पनि निमाले जानकारी गराउनु भयो।


Newly elected Executive Committee of United Sherpa Association, USA. Photos: eEyeCam.com

त्यसैगरी, किदुगको न्यू योर्कमा बनाउँदै गरिएको गुम्बाकोलागि २० हजार ४०१ अमेरिकि डलर चन्दा दिनुभएका अमेरिकि राज्य टेक्सासका समाजसेवी लाक्पा शेर्पा र उहाँकि श्रीमती किमा लामा शेर्पालाई उक्त अनुदानकोलागि सम्मान पत्र प्रदान गरियो।

किदुगले हालसम्म १२ लाख अमेरिकि डलर गुम्बा निर्माणकोलागि चन्दा सङ्कलन गरिसकेको छ। उक्त कुरा निबर्तमान कोशाध्यक्ष आङ डावा शेर्पाले जानकारी गराउनुभएको हो।


Lakpa Sherpa and his wife Kima Lama Sherpa who donated USD $20,401.00 to United Sherpa Association, USA, being honored at the event. Photos: eEyeCam.com

समाजसेवी लाक्पा शेर्पा, उहाँको परिवार र अन्य अमेरिकि तथा नेपाली मित्रहरु वान्डा, सुजन, टोम म्याट्काफ, ल्हाक्पा लामा, छिरिङ्ग लामालागायतको सहयोगमा टेक्सास राज्यको डाल्लस पोर्ट्वेमा ३२ एकड जमिन गुम्बा निर्माणकोलागि खरिद गरिसकिएको जानकारी समाजसेवी शेर्पाले युएस नेपाल अनलाइनलाई दिनुभएको छ। उक्त जमिन प्रति एकड ५ हजार डलरमा खरिद गरिएको र उक्त जमिन खरिदलागि पनि समाजसेवी शेर्पाले २० हजार १ डलर चन्दा दिनुभएको छ।

यसैगरी, यस बर्षको ल्होसार पर्ब उत्सब कार्यक्रममा न्यू योर्कका १ हजारबेशी शेर्पा जनहरुलाई टिकट बेचेर ४९ हजार डलर र प्रायोजनसहित ५९ हजार ८०५ डलर सङ्कलन भएकोमा उत्सब ब्यबस्थापनामा ५० हजार ८०४ खर्च भई बाँकी रहेको ९ हजार १ डलर ल्होसार आयोजक समितीद्वारा नयाँ कार्य समितीलाई हस्तान्तरण गरियो।


Sherpa students who graduated bachelor's & master's degree this year from US universities, were also honored at the event. Photos: eEyeCam.com

यसैगरी, कार्यक्रममा न्रित्य निर्देशक बिजय नकर्मी र मोक्तान डिजिटलका भिडियोग्राफअर शम्भु मोक्तानलाई सम्मान गरिएको थियो।

उद्घाट्न कार्यक्रममा निबर्तमान अध्यक्ष छोङ्बा शेर्पाले धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन निबर्तमान महासचिब ल्हाक्पा गेलु शेर्पाले गर्नुभएको थियो।

Chhongba Sherpa, outgoing President of United Sherpa Association, USA. Photos: eEyeCam.com

उता साँकृतिक कार्यक्रमको सन्चालन साङ्गे डोमा शेर्पा र साङ्ग सिन्जी शेर्पाले गर्नु भएको थियो ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त ल्होसार पर्बमा ८ बर्शिया दुई बाल-बालिका कारसन र पेमा शेर्पाले प्रस्तुत गरेको युगल न्रित्यको बिशेष भिडियो:
Two Sherpa kids performing amazing dance in NY, March 19, 2011


Dancers Carson & Pema Sherpa, both 8-year-old, are cousins. Photos: eEyeCam.com

कारसन र पेमा आमाहरु क्रमश: बिमला र किम्जी दुई दिदि-बहिनी हुन्।

कार्यक्रममा कलाकारहरुद्वारा बिजय नकर्मी र राज कपुरद्वारा निर्देशित न्रित्यहरुकासाथै शेर्पाहरुको अत्यन्त लोकप्रिय न्रित्य स्वाब्रु सम्बन्धी बिबिध न्रित्यहरु प्रस्तुत गरिएको थियो।



Artists performing Nepali folk dance. Photos: eEyeCam.com

उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का बर्तमान तथा निबर्तमान अध्यक्षहरु क्रमश: शिवकुमार राइ र कर्मा ग्याल्जेन शेर्पा, प्रथम उपाध्यक्ष बिनोद पोमो, वकिल दुर्गा भुर्तेललगायत अतिथीहरु उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा पनि टुप्लुक्क आइ पुग्नुभएको थियो। उहाँ पासपोर्ट नबिकरण गर्न दक्षिण अमेरिकि मुलुकहरुको भ्रमण छोट्याएर न्यू योर्क आउनुभएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Sherpa Shyabru dance being performed at the 2138th Sherpa Lhosar celebration in New York on March 19, 2011. Photos: eEyeCam.com







Photos: eEyeCam.com


Shambhu Moktan, Moktan Digital.com



Artist Dendi Sherpa. Photos: eEyeCam.com



 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.