NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 06 February 2012 23:05
Article Index
न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न
More photos from Srijanaka Yatraharu 26th episode
All Pages

कवि, पत्रकार गोबिन्द गिरी प्रेरणाको एकल कविता वाचन
Exclusive: 2 video; 28 photos:
न्यू योर्क- न्यू योर्क शहरमा बसोबास गर्ने नेपाली साहित्यकारहरुद्वारा बिगत तीन बर्षदेखि सन्चालित साहित्यिक कार्यक्रम "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला कवि, पत्रकार गोबिन्द गिरी प्रेरणाको एकल कविता वाचनकासाथ भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सबको आयोजना गरी सम्पन्न गरिएको छ।


 

The participants of the 26th episode of Srijanaka Yatraharu and Valentine's Day poetry festival in New York on February 5, 2012. Photos: eEyeCam.com

उक्त कविता महोत्सब आईतवार कुइन्सस्थित चौतारी रेस्टुरेन्ट हलमा सम्पन्न भएको हो।

यस अघि एकल कविता बाचन बिनोद रोका, डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल र देबेन्द्र साम्बाहम्फे लिम्बुले गरी सकेकाछन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त कार्यक्रमबारे बिशेष भिडियो रिपोर्ट:
Valentine's Day Nepali Poetry Festival by Srijanaka Yatraharu, New York, February 5, 2012



कवि प्रेरणा को हुन्?

भर्जिनिया, मेरिल्यान्डबाट एकल कविता बाचन गर्न न्यू योर्क आएका कवि, पत्रकार गोबिन्द गिरी प्रेरणाले आफ्ना १४ वटा चुनिएका प्रकाशित र नयाँ कविताहरु पाठ गरेर श्रोता बनेका कवि, साहित्यकार, कलाकार र साहित्यानुरागीहरुलाई मन्त्रपुग्ध पार्न सफल भए।

Poet & journalist Govinda Giri Prerana reciting his poetry at the festival. Photos: eEyeCam.com

नेपालमा मकवानपुर जिल्लाको टेक्कर सिस्नेरीमा जन्मेका कवि प्रेरणाले हालका हालसम्म ५ वटा कविता संग्रह, ४ वटा उपन्यास, ३ वटा कथा संग्रह, ३ वटा यात्रा संस्मरण, १ वटा निबन्ध संग्रह, १ वटा हाँस्य संग्रह, १ वटा समालोचना संग्रह र ९ वटा सम्पादन-अनुवाद गरी २७ वटा कृतिहरु प्रकासित भईसकेकाछन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको कवि प्रेरणाको एकल कविता वाचनबारे बिशेष भिडियो रिपोर्ट:
Srijanaka Yatraharu solo poetry recitation by Govinda Giri Prerana, New York, February 5, 2012


वासिङ्टन डिसीबाट पाक्षिक निस्कने 'विश्व परिक्रमा' नेपाली पत्रिकाका प्रधान सम्पादक रहेका प्रेरणा विश्व नेपाली साहित्य महासंघका अन्तरराश्ट्रिय बरिस्ठ उपाध्यक्ष पनि हुन्।


The participants of the 26th episode of Srijanaka Yatraharu and Valentine's Day poetry festival in New York on February 5, 2012. Photos: eEyeCam.com

भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब

झन्डै एक घण्टा कवि प्रेरणाको एकल कविता बाचन-श्रवण पछि फेब्रुवरी १४ तारिख मनाइने भ्यालेन्टाइन डे को अबसरमा डाकिएको प्रेम कविता महोत्सबमा १९ जना कवि, कलाकारहरुले प्रेमका मार्मिक कविता र गीतहरु प्रस्तुत गरेका थिए।

कविहरुमा राजेन्द्र श्रेष्ठ, निर्मल शर्मा, गीता पन्थ, रामचन्द्र थापा, गीता खत्री, मनु लोहरुङ, नगेन्द्र इङ्नाम 'आठअराइली', अरुण छेत्री अनुरागी, बिनोद रोका, शम्भुजित बास्कोटा, बुद्ध चेम्जोङ, बन्दना कोइराला र भूपिन ब्याकुल थिए। उता गीत प्रस्तुत गर्नेहरुमा नायिका युना उप्रेती, मल्लिका कार्की, बिमल डाँगी, शान्ता घिमिरे, अरुण छेत्री अनुरागी, मिरा गुरुङ र राम श्रेष्ठ थिए।


Famous Nepalese musician Shambhujeet Baskota at the festival. Photos: eEyeCam.com

नेपालबाट भर्खरै आएका नेपाली कलाकारहरुको सम्मान

कार्यक्रममा नेपालबाट भर्खरै आएका नेपाली कलाकारहरुको टोलीलाई सम्मान गरिएको थियो।

उक्त टोलिका बरिस्ठ संगितकार शम्भुजित बास्कोटालाई बिशिस्ठ अतिथीकोरुपमा आमन्त्रित गरिएको थियो भने बास्कोटासंगै नेपालबाट अमेरिका आई पुगेका कलाकारहरुलाई परम्परागत खादा ओढाएर स्वागत गरिएको थियो। स्वागत न्यू योर्कका रैथाने कलाकार शैलेश श्रेष्ठले गरेका थिए।

Recently arrived Nepalese artists: L to R: Mallika Karki, Nirmal Sharma, Bimal Dangi and Yuna Upreti. Photos: eEyeCam.com

कार्यक्रमको सन्चालन सहदेब पौडेल र बिकास बिष्टले संयुक्तरुपमा गरेका थिए।

सन् २००८ को डिसेम्बर २८ तारिख पहिलो शुरु गरिएको "श्रृजनाका यात्राहरू" हरेक महिनाको पहिलो आईतवार प्रस्तुत गरिन्छ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Shambhujeet Baskota, Binod Roka and Sahadev Poudel. Photos: eEyeCam.com


Actress Yuna Upreti. Photos: eEyeCam.com

Singer Ram Shrestha. Photos: eEyeCam.com

INLS General Secretary & poet Gita Khatri. Photos: eEyeCam.com

Singer Mallika Karki. Photos: eEyeCam.com

Singer Bimal Dangi. Photos: eEyeCam.com

Actor Nirmal Sharma. Photos: eEyeCam.com

Actress Meera Gurung. Photos: eEyeCam.com

Poet Gita Panth. Photos: eEyeCam.com

Poet Bhupin Byakul. Photos: eEyeCam.com

न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न
More photos from Srijanaka Yatraharu 26th episode
All Pages

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?