Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili'   
Thursday, 08 March 2012 21:41

मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती
Special: 2 photos:
न्यू योर्क- न्यू योर्कवासी नेपाली साहित्यकारहरुले मासिक साहित्यिक कार्यक्रमकोरुपमा सञ्चालन गर्दै आएको "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला न्यू योर्कस्थित ज्याक्सन हाइट्समा गत आईतबार कवयत्री मनू लोहोरुङ राईको एकल कविता वाचनकासाथ सम्पन्न भयो ।


Poet Manu Loharung Rai reciting her solo poetry at 27th Srijanaka Yatraharu in New York on March 4, 2012. Photos courtesy: Manu Lohorung

सन् २००८ को डिसेम्बर महिनाबाट "श्रृजनाका यात्राहरु" को कार्यक्रमलगातार सञ्चालन गरिंदै आए पनि गत वर्षको अगष्ठ महिना यताबाट मात्रै थप आकर्षणकोरुपमा एकल कविता वाचन शुरु गरिएको हो। कानूनी पेसामा संलग्न भएर पनि नेपाली साहित्यको श्रीबृद्दिमा लागिपर्ने कवि बिनोद रोका पहिला एकल कविता वाचक थिए, त्यसपछि डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु र कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणाले एकल कविता बाचन गरी सकेकाछन् । यसरी एकल कविता वाचनकासाथ अघि बढाईने सो कार्यक्रममा कवयत्री लोहोरुङ आठौँ एकल वाचक बन्न पुगेकिछिन् ।



सोही अवसरमा वरिष्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङले कवयत्री लोहोरुङद्वारा लिखित यसै वर्षको शुरुमा निकालिएको कविता सङ्ग्रह "लुङमारी मिथक" माथि विवेचना गरेका थिए । कार्यक्रममा सकुन्तला ज्ञवाली, बिनोद रोका, बुद्ध चेम्जोङ, गीता पन्थ, नगेन्द्र इङ्नाम 'आठराइली', देबेन्द्र साम्बाहम्फे लिम्बु, अरुण छेत्री "अनुरागी", तीर्थराज बराल, सहदेब पौडेल र मीना श्रेष्ठले आ-आफ्ना कथा, कविता तथा गजलहरु वाचन गरेका थिए ।

कवि मणि बाङ्देल र अ.ने.सा.स. न्यू योर्क च्याप्टरका सचिव बिकास बिष्टले सञ्चालन गरेको कार्यक्रममा अतिथि डा. तारा निरौलाले एकल कविता वाचक लोहोरुङलाई कार्यक्रमकोतर्फबाट प्रमाण-पत्र हस्तान्तरण गरेर आफ्नो छोटो मन्तब्यकासाथ कार्यक्रमको समापन गरेका थिए ।

-Nagendra Ingnam 'Atharaili' in New York

Read related news:

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.