Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 06 May 2012 10:11

बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती
Special: 2 videos, 13 photos:
न्यू योर्क- "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला भर्जिनिया निवासी साहित्यकार बसन्त श्रेष्ठको एकल प्रस्तुतीसहित सम्पन्न भएको छ।

 

Nepalese poets & authors at the 29th episode of Srijanka Yatraharu in New York on May 5, 2012. Photos: eEyeCam.com

मे ५ तारिख न्यू योर्कको कुइन्सस्थित हिमालय धर्म सेन्टरमा आयोजित उक्त कार्यक्रममा कवि श्रेष्ठले साहित्यनुरागी श्रोताहरुलाई आफ्ना मर्मस्पर्शी कविताहरु सुनाएर मन्त्र मुग्ध पार्न सफल भए।

उनी अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व केन्द्रिय अध्यक्ष (१९९८-२०००) तथा बर्तमान नेपाली साहित्य एकेडेमी उत्तर अमेरिकाका अध्यक्ष हुन्।

कवि श्रेष्ठका ३ वटा कविता संग्रहहरु: बसन्त श्रेष्ठका कविता (२००८), भावनाका लहरहरु (२०६६ बिसं.) र  उज्यालो खोज्ने आवाजहरु (२०११) प्रकासित कृतिहरु हुन्।


Poet Basanta Shrestha at the 29th episode of Srijanka Yatraharu in New York. Photos: eEyeCam.com

१८ बर्ष अघी अमेरिकाको यात्रा

जीवनको उज्यालो खोज्ने क्रममा १८ बर्ष अघी अर्थात सन् १९९४ को अप्रिलमा अमेरिकाको कोलोराडो आइ पुगेका कवि श्रेष्ठ त्यसको एक महिनापछि नै न्यू योर्क शहरमा बसोबास गर्न यता सरेका थिए। उनले न्यू योर्क शहरकोबारे उतिबेला लेखेको तर अहिले पनि उत्तिकै घतलाग्दो कविता पढे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

A solo poetry recitation by Basanta Shrestha at 29th Srijanaka Yatraharu, New York, May 5, 2012



न्यू ह्याम्सायर विश्व बिद्यालयबाट अर्थशास्त्र बिकासमा मार्टर्स डिग्री (१९९८) गरेका श्रेष्ठले केही समय बोस्टनमा बसाई गरेका थिए भने अन्तत: भर्जिनियाको स्प्रिङ्गफिल्डमा सन् २००० देखी स्थाई बसोबास गर्न थाले।

उनी जहाँ जहाँ गए आफ्नो कवितामा त्यहाँको सुन्दरताको रसिलो चित्रण र बिसंगतीको कारुणिक क्रन्दन कोर्न उनी कहिल्यै पछि परेनन्।

उनले आफ्नो गाउँलाई बिर्सन नसकेर, आफ्नो अनन्य मित्रलाई भुल्न नसकेर अनि प्रकृतिको सुन्दरताबाट लठ्ठ बनेर गुनिला कविताहरु श्रीजना गरेको उनको चुनिएका कविताहरु सुन्दा मनन गर्न सकिन्छ। अझ उनले जुन मिठाससंग आफूलाई न्यू योर्कमा प्रस्तुत गरे त्योभन्दा पनि पर उनको साहित्यको बिकासकोलागि सधैं मरिमेट्ने उनको समर्पण अझ प्रसंशा योग्य छ।

Story writer Sunder Joshi (L) handing over appreciation letter to Basanta Shrestha (C) flanked by Binod Roka (L) & Mani Bangdel. Photos: eEyeCam.com

साहित्यको बिकासमा समर्पित कवि

जतिखेर अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी नेपालमा अल्मलिएका थिए त्यतिखेर यिनै कवि श्रेष्ठले काँध थापेर संस्थाको रथ हाँकेका थिए।

यिनै कवि श्रेष्ठ हुन् जसले ग्रेटर बोस्टन नेपाली सोसाइटी (GBNC) को सन् १९९७ मा पहिलो 'बैशाखी साँझ' नामक साँस्कृतिक कार्यक्रमको जन्म दिए जुन आज पर्यन्त हरेक बर्ष आयोजना गरिन्छ।

उनकै सकृयतामा एएनए अन्तरगतको सन् १९९६ देखि शुरु भएको अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब अहिले झन मौलाउँदो छ। अहिले विश्व भरबाट प्रथम हुने कविले १ हजार डलर नगद पुरस्कार जित्ने ब्यबस्था छ।

एएनए (ANA) को पहिलो मुखपत्र 'इन टच' यिनैले सन् १९९८ मा सम्पादन गरेका थिए भने नेपाल अमेरिका सोसाइटी' (एएनएस) को मुखपत्र 'आवाज' को पहिलो र दोश्रो अङ्कको सम्पादक यिनै हुन्।

उता नेपालीज अमेरिका काउन्सिल (NAC) को महासचिब हुँदाताका सन् १९९६ -९७ को घटना सम्झिदा उनी झसङ्ग हुन्छन्। शायद यो घटना नै उनको नेपाली साहित्यप्रतिको टर्निङ पोइन्ट हुन सक्छ। उनले युएस नेपाल अनलाइनसंग त्यो बेला उनले डाकेको कन्फेरेन्स कलमा महासचिबको हैसियतले नेपालीमा बोल्दै जाँदा एक जना बिज्ञले Could you speak in English? (अंग्रेजिमा बोल्न सक्नुहुन्छ कि?) भनेर सोधेको कुराले आफूलाई नेपाली भाषा साहित्यकोबारेमा केही गरेरै छोड्ने अठोट पलाएको बताए।

उनका एउटा ठूला मित्र रहेछन् जो जहिले पनि उनले नेपालीमा बोलेको कुराको जवाफ ति मित्रले अङ्रेजी मै दिने गर्दा रहेछन्। तर ति मित्रले भर्खरै नेपालीमा परर बोलेको युट्युब भिडियो देखेपछि भने उनी दङ्ग र अचम्म परे रे।

कवि श्रेष्ठ बिसं २०१२ साल फागुन ४ गते तेह्रथुम जिल्लाको म्याङ्लुङ बजारमा जन्मिएका हुन्। उनी श्रीमती बिद्या श्रेष्ठ र दुई छोराहरु बबिन र ब्रायनसंग भर्जिनियामा बसोबास गर्दछन्।

उनका बुवा स्व. नारायणमान श्रेष्ठ पूर्वाञ्चलका अगुवा शिक्षाकर्मी हुन्। आमा शुभद्रा श्रेष्ठको सन् २०११ मा अमेरिका मै निधन भयो। कवि श्रेष्ठ ४ दाजुभाईमा जेठा हुन्। उनका ६ बहिनी छन्। उनका माईला भाई हेमन्त श्रेष्ठ (भर्जिनिया) 'अमेरिका नेपाल टेलिभिजन' (ANTV) का प्रेसिडेन्ट हुन् भने काईला भाई शिसिर श्रेष्ठ (न्यू योर्क) संगीतकार हुन्।

यसपालीको साहित्य गोस्ठीमा फ्लोरिडा निवासी कथाकार सुन्दर जोशी बिशेष अतिथीकोरुपमा उपस्थित थिए। उनले सहभागि कविहरुका कविता र कवि श्रेष्ठका कविताबारे आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए।

INLS Gen. Sect. poet Gita Khatri, Sunder Joshi and Basanta Shrestha. Photos: eEyeCam.com

अघिल्लो श्रृङ्खलाकि एकल कविता बाचक साहित्यकार गीता खत्रीले श्रृङ्खलाको चलनअनुसार कवि श्रेष्ठलाई परम्परागत खादा ओढाएर स्वागत गरेकी थिइन्। उनले कथाकार जोशीलाई पनि खादाद्वारा स्वागत गरिन्।

कविता बाचन गर्ने अन्य कविहरुमा शिव लामिछाने, अजय छोँजु, बिकास बिष्ट, कुन्ती थापा, बिद्या बिमल बराल, कमला प्रसाई र नगेन्द्र इङ्नाम थिए।

बिनोद रोकाले कवि श्रेष्ठकोबारेमा जानकारी प्रस्तुत गरेका थिए भने मणी बाङ्देलले कार्यक्रमको सन्चालन गरेका थिए।

सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" हरेक महिनाको पहिलो आईतवार प्रस्तुत गरिन्छ। यसपटक भने अर्को नेपाली कार्यक्रमसंग जुधेको कारण एक दिन अघी सारिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

 


Binod Roka. Photos: eEyeCam.com

Shiva Lamichhane.


Ajaya Chhoju.Photos: eEyeCam.com



Mani Bangdel.



Bikash Bista. Photos: eEyeCam.com



Kunti Thapa.



Bidhya Bimal Baral. Photos: eEyeCam.com



Kamala Prasai.


Nagendra Ingnam Átharaili'. Photos: eEyeCam.com

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.