नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ सम्मानित Exclusive: 1 video, 39 photos: न्यू योर्क- विगत २ बर्षदेखि न्यू योर्कबाट सन्चालित नेपाली अनलाईन न्युज पोर्टल www.presschautari.com ले मे ६ तारिख आफ्नो स्थापनाको दोश्रो वार्षिककोत्सब बिबिध साँस्कृतिक कार्यक्रमसहित भब्यतापुर्बक मनाएको छ। उक्त अबसरमा नेपालका दुई ब्यक्तित्व नेपाल सितोरियो कराँते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राई र बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई बिशेष सम्मान गरेको छ भने सोही अबसरमा र "नेपाल चौतारी" मासिक पत्रिकाको शुभारम्भ गरेको छ।
The artists, guests and the organizers at the 2nd anniversary celebration of PressChautari.com in New York on May 6, 2011. Photos: eEyeCam.com
उक्त समारोहका प्रमुख अतिथी मिनिस्टर कम्सुलर अमृत लाईले सम्मानित दुई नेपाली ब्यक्तित्वहरु थानेश्वर राई र वसन्त श्रेष्ठलाई परम्परागत खादा र प्रेस चौतारी सम्मान पत्रद्वारा अभिनन्दन गर्नुभएको थियो।
Honorees and the chief guest: Senior Dance Director Basant Shrestha and Karate legend of Nepal Thaneshwar Rai flanked by Minister Consular Amrit Rai at the 2nd anniversary celebration of PressChautari.com in New York on May 6, 2011. Photos: eEyeCam.com
सोही अबसरमा प्रमुख अतिथीलाई र सम्मानित ब्यक्तित्व द्वयद्वारा संयुक्तरुपमा "नेपाल चौतारी" मासिक पत्रिकाको बिमोचन गरिएको थियो।
Prashan Alung Rai, Chief Editor and Managing Director, PressChautari.com with Nepal Chautari magazine.Photos: eEyeCam.com
उक्त समारोहमा न्यू योर्कमा बरिस्ठ न्रित्य निर्देशक बसन्त श्रेष्ठको नाममा उहाँका नेपालमा चलचित्र सहायक निर्देशक रहेका बिजयमान नकर्मीले आफ्नो गुरुको सम्मानमा श्रेष्ठद्वारा नेपाली चलचित्रमा निर्देशन गरेका चर्चित गीतहरुमा आधारित बिशेष अभिनन्दन न्रित्यको बिशेष प्रस्तुती गरी सम्मान गर्दा बरिस्ठ निर्देशकको आँसुमा मात्र खुशीका आँशु झरेनन् बल्की उपस्थित अन्य पाहुनाहरु पनि नकर्मीद्वारा आफ्नो गुरुलाई सम्मान गर्ने नौलो काइदा देखेर हर्शले बिभोर हुँदै आँसु पुछेको देखियो।
Student artists and Dance Director and Choreographer Vijayman Nakarmi from Basanta Dance Center performing tributary dance sequnce to Senior dance Director Basanta Shrestha.Photos: eEyeCam.com
स्मरण रहोस्; गत सेप्टेम्बरदेखी न्रित्य निर्देशक तथा कोरियोग्राफर बिजयमान नकर्मीले न्यू योर्क कुइन्स ज्याक्सन हाइट्सस्थित 40-08, 76 Street (646-833-6456) मा बसन्त डान्स सेन्टर सन्चालन गर्दै आउनुभएको छ। नायिका गौरी मल्ल, नायक बिक्रान्त बस्नेतजस्ता न्यू योर्कमा रहेका कलाकारहरुलाई न्यू योर्कमा हुने कार्यक्रमहरुमा प्रस्तुत गरिने न्रित्यहरुकालागि प्रशिक्षणबाट शुरु गरिएको सेन्टरमा हाल न्यू योर्कका नेपाली किशोर-किशोरी, युबा-युबतीका अलावा उनीहरुका अबिभावकहरु पनि न्रित्य सिक्न ओइरिएकाछन्। (पढ्नुहोस् युएस नेपाल अनलाइनकोबिशेष रिपोर्ट)
Vijayman Nakarmi, Dance Director, Basanta Dance Center, receiving appreciation letter from the chief guest Minister Consular Amrit Rai. Photos: eEyeCam.com
हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त समारोहको बिशेष भिडियो रिपोर्ट: PressChautari.com's 2nd Anniversary celebration in NY, May 6, 2011
उक्त समारोहमा नायिका गौरी मल्लद्वारा मन्जुश्री नृत्य अन्य कलाकारहरुद्वारा मौलिक नेपाली नृत्यहरु सेलो, झ्याउरेलगायतका अन्य आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो। वसन्त डान्स सेन्टरका प्रशिक्षार्थीहरुद्वारा प्रस्तुत न्रित्यहरुले पाहुनाहरुको भरपुर मनोरन्जन दिलाएको थियो भने गायक गायिकाहरु सपना श्री, यम बराल, सुमन बुढा मगर, जगदिश समाल मगर, रोशन गरुङ, राजेन्द्र राइ, अभय ढुङ्गेल, गीता बुर्लाकोटी, तिलक श्रेष्ठ, बिपन राइको प्रस्तुती रहेको थियो।
Singer Suman Budha Magar entertaining the guests. Photos: eEyeCam.com
Singers Yam Baral and Sapana Shree performing thier new folk song. Photos: eEyeCam.com
समारोहमा प्रधान सम्पादक तथा डाइरेक्टर राई र प्रमुख अतिथी राईद्वारा सम्बोधन गरिएको थियो। इन्दिरा चोङ्बाङको स्वागत र मिलनकुमार शाहीको धन्यवाद रहेको थियो।
The guests atthe 2nd anniversary celebration of PressChautari.com in New York on May 6, 2011. Photos: eEyeCam.com
उक्त समारोहको शुरुवात मणी बाङ्देलको प्रस्तुती र कलाकार शैलेश श्रेष्ठको रोचक उद्घोषणबाट अघी बढाइएको थियो।
PressChautari.com का प्रधान सम्पादक तथा म्यानेजिङ डाइरेक्टर प्रशान एलुङ राइ हुन्। उनी गीतकार पनि हुन्।
भिजन नेपाल इङ्कद्वारा प्रकासित PressChautari.com का अन्य संचालकहरुमा 'हेलो न्यू योर्क' प्रोग्राम प्रोडुसर मणी बाङ्देल, साहित्य सम्पादक प्रभा आचार्य र मार्केटिङ एक्जिक्युटिभ गणेश श्रेष्ठ छन्।
"नेपाल चौतारी" मासिक पत्रिकाका प्रधान सम्पादक प्रशान एलुङ राइ, सम्पादन संयोजक तिलक श्रेष्ठ, प्रबन्धक मिलनकुमार शाही, संयोजक इन्दिरा चेम्जोङ्, बजार ब्याबस्थापक कामी शेर्पा र लेखा सुजन गुरुङको रहेको छ।