Inside

All Time Top 50 News

न्यू योर्कमा ३० औं 'मगर दिवस' सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Manbahadur Rana Magar   
Monday, 27 February 2012 06:34

Special: 2 photos: न्यू योर्क- मगर संघ अमेरिकाद्वारा ३० औं 'मगर दिवस' मनाईएको छ।


 

The 30th Magar Diwas celebrated in New York on February 26, 2012. Photos: eEyeCam.com

आइतबार मुस्तांग थकाली किचेन ज्याक्सन हाइटमा मनाईएको कार्यक्रममा संस्थाको भुतपुर्ब महासचिब लब के बुढामगरले संस्था संचालनमा आफ्नो अनुभब सुनाउदै सबै मगरहरुले जहाँबाट जस्तो तवरबाट सकिन्छ संस्थालाई सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे।

संस्थाको सल्लाहकार प्रदिप थापा मगरले मगरहरुले हरेक बर्ष बिश्व भरि मगर दिवस मनाउनुको इतिहाशिक कारणहरु जानकारी गराए । नेपालमा मगर समुदायको साझा संस्था नेपाल मगर संघको प्रथम महाधिबेशन सम्पन्न भएको दिन अर्थात बिसं २०३९ साल फागुन १४, १५ र १६ गतेलाई स्मरण गर्न शुरु गरिएको 'मगर दिवस' वास्तवमा मगर संघको स्थापना दिवसको रुपमा मनाउने परम्परा हो।

उता संस्थाकी संस्थापक सदस्य बरमाया बुढामगरले संस्थाकोलागि सक्रियरुपमालागि पर्नु पर्ने सबैको कर्तब्य भएको बताइन्।

कार्यक्रममा सचिब मानबहादुर रानामगरले संस्थाद्वारा बार्षिकरुपमा नियमित आयोजना गर्दै आएको कार्यक्रमहरु- माघे संक्रान्ति-माघ १ गते, नेपालको प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस- फाल्गुन २ गते, मगर दिवस -फाल्गुन १५ गते र बार्षिक सास्कृतिक कार्यक्रम- मे महिनाको अन्तिम हप्तातिर आयोजना गरिने कुरा जानकारी गराए ।

साथै संस्थाद्वारा नेपाल मगर बिधार्थी संघलाई कम्प्युटरलगाएत कार्यालय सामाग्री खरिद गर्न र नेपाल मगर संघ तथा नेपाल मगर बिधार्थी संघको राष्ट्रिय महाधिबेशनकोलागि आर्थिक सहयोग गरेको जानकारी गराउदै अहिले अमेरिकाको क्यालिफोर्नियामा लामो समयदेखि क्यान्सर रोगबाट पिडित बिरबहादुर पुनमगरको स्वास्थ्य उपचार र नेपालबाट भर्खरै आएका उनको ५ बर्षको छोरा र श्रीमतीकोलागि आर्थिक सहयोग संकलन गर्ने प्रकियामा रहेको जानकारी गराए ।

Artist Anil Roka Magar gifted a t-shirt bearing Nepal's first martyr Lakhan Thapa Magar's image painted on it by him to Manbahadur Rana Magar, secretary of Magar Association USA Inc. Photos: eEyeCam.com

कार्यक्रममा कलाकार अनिल रोका मगर र कृति थापा रोका मगरले संस्थाका उपाध्यक्ष तथा गायक राजेश थापा मगरलाई 'यो मन त नेपाली हो' लेखिएको टि-सर्ट र सचिब मानबहादुर राना मगरलाई प्रथम शहीद लखन थापा मगरको आक्रिती प्रिन्ट गरिएको टि-सर्ट उपहार स्वरुप प्रदान गरेका थिए।

-Manbahadur Rana Magar in New York

Read exclusive reporting on Magars in USA:

--न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-६ पटक उत्कृष्ट युबा गायक पुरस्कार जितेका जगदिश समाल मगर न्यू योर्कमा के गर्दै छन्?

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-न्यू योर्कमा आइ पुगे "पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम" का चर्चित गायक सुमन बुढा मगर

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

--न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न

-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व चयन, विश्व म्याराथन धावक टंकबहादुर मगर र 'युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप थापा मगर सम्मानित

--न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न

-न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु

-न्यू योर्कमा लोकप्रिय दुई लोकप्रिय कलाकारहरु शिला र क्रान्ति आले मगरको जन्म दिवस

-लोकप्रिय दुई नेपाली कलाकारहरु दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर अमेरिकि भ्रमणमा

Visit for more info: http://usnepalonline.com/magar/

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.