Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 16 August 2012 10:50

बसन्त चौधरीको एकल कविता प्रस्तुती
Updated: Special: 1 video; 17 photos: न्यू योर्क- "श्रीजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला कवि तथा गीतकार बसन्त चौधरीको एकल कविता वाचनकासाथ सम्पन्न भएको छ।


 

Poet & lyricist Basant Chaudhary at the 32nd Episode of Srijanaka Yatraharu in New York on August 12, 2012. Photos: eEyeCam.com

अगस्ट १२ तारिख आईतवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल बाट "मेघा" इ-बुक कृतिको पुन: रिलिज गर्न न्यू योर्क आइ पुगेका (पढ्नुहोस्) कवि तथा गीतकार बसन्त चौधरीले आफ्ना गुनिला प्रेम रसका कविताहरु बाचन गरेर साहित्यानुरागीहरुलाई मुग्ध पारे। नेपालको प्रतिस्ठित ब्यापारिक घराना चौधरी ग्रुपका सदस्य कवि बसन्तको कविता पनि गीत जस्ता सरस र श्रुतीमधुर छन्। उनको बाचन कला पनि उत्तिकै रसिलो र मधुर छ।

"तिमीले शायद प्रेमको परिभाशै बुझेनौ
पवित्र बन्धनको अस्तित्व नै बुझेनौ
चाहनाको आलिङ्गनलाई अगाल्न सकेनौ
सोचाईको उचाईमा पुग्नै सकेनौ
तिमीले शायद प्रेमको परिभाशै बुझेनौ"


कार्यक्रममा डा. गोबिन्द कोइराला र चुडा बसन्त लम्सालले आ-आफ्नो कविता बाचनकासाथै कवि चौधरीको काब्य रचनाबारे चर्चा गरेका थिए।

साहित्यकार चौधरीका गिती एल्बमहरुमा  "माया बल्झेछ" (१९९९), "तिम्रो नाममा" (२००६), "रिफ्लेक्सन अफ लभ" (२००९) र "वन्ली लभ" (२०११) प्रकासित भइसकेको छ। उनको "वन्ली लभ" एल्बम सन् २०११ को कान्तिपुर एफएमको बेस्ट एल्बम, सोही बर्ष कै कालिका एफएम र इमेज अवार्डको बेस्ट एल्बम हुन सफल भएको थियो भने सन् २००९ मा इमेज अवार्डको बेस्ट गीत र एल्बम पुरस्कार प्राप्त गर्न सफल भएको थियो।

उता उनको साहित्यिक कृतिहरुमा "सम्बाद", "राष्ट्रियता नदुखोस्", "मेरो डायरीका पानाहरु" (कविता संग्रह, २०१२) र "मेघा" (इ-बूक, २०१२) प्रकासित भइसकेको छ। "मेघा" इ-बूक संग्रह उनी र उनकी श्रीमतीकि एक मात्र सन्तान छोरी मेघाको नाममा जुराइएको हो।

सन् १९५७ मा काठमाडौंमा जन्मेका साहित्यकार चौधरी नेपालको प्रतिस्ठित र अग्रणी ब्यापारिक समूह चौधरी ग्रुप अफ कम्पनिजका १९ वटा कम्पनीका अध्यक्ष अर्थात एक सफल ब्याबसायी पनि हुन्।

समाजसेवामा सकृय र अग्रणी भूमिका निभाएको कारण उनी बिसं २०५५ को बिशिस्ट सेवा पदक, २०५८ को बीरेन्द्र एश्वर्या सेवा पदक र सन् २००३ मा सुप्रबल गोर्खा दक्षिण बाहूद्वारा सम्मानित भएकाछन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Srijana ka Yatraharu 32nd Episode poetry recitation by Basant Chaudhary, New York, August 12, 2012




कार्यक्रममा गगन बिरही, नर्बदा छेत्री, पबिता परियार र अरुण छेत्री 'अनुरागी' ले गीत प्रस्तुत गरेका थिए भने हरिबहादुर थापा, सिता पाण्डे, चन्द्र खटिवडाले कविता, माधव पराजुली, सम्यक शेरतोक लामाले गजल र बुद्ध चेमजोङले कथा बाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन सहदेव पौडेल र सीता खरेलले गरेका थिए ।

The participants at the 32nd Episode of Srijanaka Yatraharu in New York. Photos: eEyeCam.com

सन् २०११ को अगस्ट महिनाबाट एकल कविता वाचन शुरु गरिएको हो। कवि बिनोद रोका पहिलो एकल कविता वाचक थिए । त्यसपछिका कविहरुमा क्रमश: डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी, लक्ष्मी माली र अरुण छेत्री 'अनुरागी' ले एकल कविता बाचन गरी सकेकाछन् ।

सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। यसपटक कवि बसन्त चौधरीको समयलाई मेसो मिलाउन अगस्ट महिनाको दोश्रो आईतवार आयोजना गरिएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला



Basant Chaudhary receiving a commendation letter of Srijanaka Yatraharu from Chuda Basant Lamsal.





Sita Kharel.

Dr. Govind Koirala.

Gagan Birahi.

Haribahadur Thapa.

 

Chuda Basant Lamsal.

Madhab Parajuli.

Narbada Chhetri.

 

Singer Pabita Pariyar.

Buddha Chemjong.

Sita Pandey.

Arun Chhetri 'Anuragi'

Samyak Shertok Lama.

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.