Inside

All Time Top 50 News

न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Sunday, 10 February 2013 15:10

Special: 2 photos; न्यू योर्क- बिगत पाँच वर्षदेखि न्यू योर्क शहरमा फेब्रुवरी महिनाको भ्यालेन्टैन्स डे को अवसरमा आयोजना हुँदै आएको "प्रेम कविता उत्सव" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न भएको छ ।

The participants at the 38th episode of Srijanaka Yatraharu & Valentine's Day Poetry festival in New York on February 9, 2013. Photos courtesy: Nagendra Ingnam

शनिबार फेब्रुवरी ९ तारिखका दिन न्यू योर्कको ज्याक्सन हाईट्सस्थित कुइन्स लाइब्रेरीमा "श्रीजनाका यात्राहरु" को आयोजना र कुईन्स लाईब्रेरी शाखा ज्यकसनहाईट्सको संलग्नतामा समापन भएको हो ।

न्यू योर्कमा वसोवास गर्ने साहित्यसर्जक र साहित्यानुरागीहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कविता, गीत र गजल गरी दुई दर्जन साहित्यीक सिर्जनाहरु वाचन गरिएका थिए ।

कार्यक्रममा कविहरु मणि बाङ्देल "ईलामे", मनू लोहोरुङ, गीता पन्थ, अरुणा क्षेत्री 'अनुरागी', बिनोद रोका, टोनी पेरेज, रामचन्द्र थापा, बन्दना कोईराला, परीता राजभण्डारी, ज्योती पौडेल, बद्रि पौडेल, सङ्गीता उप्रेती, छिरिङ्ग तोप्के लामा, देवेन्द्र सम्बाहाम्फे, सहदेव पौडेल, अनु शाह र गौरी मल्लले कविता वाचन गरेका थिए ।



यसैगरी, नगेन्द्र ईङ्नाम "आठराईली" र अशोक राईले गजल वाचन गरेका थिए। सुनिल बुढाथोकी, तिलक श्रेष्ठ र बिमल डाँगीले गीत गाएका थिए भने शान्ता घिमिरे, बिकास बिस्ट र बिरेन्द्रहाङ लाबुङ लिम्बुले आफ्ना गिति रचना वाचन गरेका थिए ।

कार्यक्रमको शुरुमा 'हिमाली स्वरहरु' अनलाईन रेडियोका सञ्चालक शहदेव पौडेलले कार्यक्रमको बिषयमा छोटो चर्चा गरेका थिए भने कुईन्स लाईब्रेरी शाखा ज्याक्सन हाईट्सकी कार्यक्रम संयोजक ईलेना कारास्काले पहिलो पल्ट यसरी नेपाली समुदायसंग गरिएको कार्यक्रमको प्रशंसा गर्दै आउँदा दिनहरुमा पनि साथ र सहयोग दिई रहने प्रतिबद्दता ब्याक्त गरेकी थिईन् ।

बिशेष परिस्थितीबाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

-Nagendra Ingnam "Atharaili" in New York

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.