Inside

All Time Top 50 News

न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 06 December 2010 11:26
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न
Photos of speakers
Photos of artists-performers
Group photos of guests
Photos of Appreciation Letter presentation
All Pages

तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया परियार सम्मानित

डेढ दर्जनबेशी कलाकारहरुको रमाइलो साँस्कृतिक प्रस्तुतीमा पाहुनाहरु खुब नाँचे
Updated on December 8: Exclusive: 2 live videos, 3 exclusively prepared videos, 1 audio & 82 photos:
न्यू योर्क- विश्वको राजधानी मानिने न्यू योर्क शहरबाट प्रकासित अमेरिकि नेपाली अनलाइन न्यूज पोर्टल www.usnepalonline.com ले आफ्नो तेश्रो वार्षिकोत्सब आइतबार बेलुकी भब्यतापूर्वक सम्पन्न गरेको छ।



The guests, artists and organizers at the 3rd Anniversary of USNepalOnline.com in New York on December 5, 2010. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

डिसेम्बर ५ तारिख बेलुकी ३ देखी पौने आठ बजेसम्म न्यू योर्कको कुइन्स, ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा मनाइएको उक्त कार्यक्रममा १३६ जना पाहुनाहरु (हाजिरी पुस्तिकामा सङ्कलित नामअनुसार) उपस्थित हुनुभएको थियो। युएस नेपाल अनलाइनको होम पेजमा लाइभ प्रसारण गरिएको थियो।


The guest at the celebration event. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

हेर्नुहोस् उक्त समारोहको प्रतक्ष प्रसारणको पहिलो भाग:



Guests of Honour वाट तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया परियार सम्मानित

उक्त अबसरमा तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक आन्दोलनकि अगुवा नेत्री बिष्णु माया परियारलाई सम्मान गरियो।


Our Guests of Honour: Social entrepreneur Bishnu Maya Pariyar, Actress Subarna Chhetri & Actress Gauri Malla with US Nepal Media Center President Dawa Sherpa Hyolmo and host of the event Lakshin Lama. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Guest of Honoree: Guest of Honoree Actress Gauri Malla. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

सम्मानित नारी हस्ताक्षरहरुकाबारेमा प्रसंशा पत्रमा भनिएकोछ:
Guest of Honor IS PRESENTED TO: Gauri Malla, The Famous Nepalese Actress
In recognition of your contribution to the promotion & preservation of Nepali art through cinema & cultural performances.

Guest of Honor IS PRESENTED TO: Subarna Chhetri, The Esteemed Nepalese Actress
In recognition of your contribution to the promotion & preservation of Nepali art through more than a decade of cultural activities in USA.

Guest of Honor IS PRESENTED TO: Bishnu Maya Pariyar, Founder & President, Empower Dalit Women of Nepal (EDWON), USA
In recognition of your contribution to the social change in Nepal through social entrepreneurship, awareness & education.

युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न उक्त साँझमा "Guests of Honour" द्वारा सम्मानित तीन नेपाली नारी ब्यक्तित्वहरुले आ-आफ्नोतर्फबाट मन्तब्य ब्यक्त गर्दै सम्मानकालागि युएस नेपाल अनलाइन परिवारलाई आभार ब्यक्त गर्नु भएको थियो।

Guest of Honoree: Subarna Chhetri. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Guest of Honoree: Bishnu Maya Pariyar. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com


हेर्नुहोस् उक्त समारोहको प्रतक्ष प्रसारणको दोश्रो भाग:



दुई लेखिकाहरुको दुई पुस्तकको बिमोचन

त्यसैगरी, युएस नेपाल अनलाइनकि आजीवन सदस्य शान्ता घिमिरेद्वारा लिखित "समुन्द्र पारीको माया" नामक कविता, गीत र गजल संग्रहको अन्तरराश्ट्रिय नेपाली साहित्य समाजकि केन्द्रिय महासचिब तथा युएस नेपाल अनलाइनकि आजीवन सदस्य गीता खत्रीद्वारा बिमोचन गर्नु भयो भने आजीवन सदस्य तथा साहित्यकार मणी बाङ्देलले कबितात्मक टिप्पणी गर्नु भएको थियो।

International Nepali Literature Society (INLS) Central Committee General Secretary Gita Khatri releasing Santa Ghimire's poetry book "Samudra Pariko Maya". Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Poet Mani Bangdel commenting on Santa's poetry. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

सोही अबसरमा Empower Dalit Women of Nepal (EDWON) कि संस्थापक प्रेसिडेन्ट तथा Guest of Honour बिष्णु माया परियारद्वारा लिखित पुस्तक "Caste Discrimination & Social Struggle in Nepal" को युएस नेपाल मिडिया सेन्टर (USNMC) का प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोले अनावरण गर्नु भएको थियो।


USNMC President Dawa Sherpa Hyolmo releasing Bishnu Maya Pariyar's book "Caste Discrimination & Social Struggle in Nepal". Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

एक लाख रुपैयाँको श्रीमति टिका विश्वकर्मा अक्षय कोशको घोषणा

यसैबिच, जर्जियाबाट बिशेष अतिथीको रुपमा आउनु हुने Nepalese Association of Northeast America (NASeA) का अध्यक्ष राजा घलेद्वारा रोल्पाकी चौल्याहा बच्चा जन्माउने अति बिपन्न परिवारकी श्रीमति टिका विश्वकर्मालगायत बिपन्नहरुको नाममा स्थापना गरिने एक लाख रुपैयाँको अक्षय कोशको घोषणा गरी सङ्कलित रकम ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनालीलाई हस्तान्तरण गर्नु भयो। दु:खको कुरा ४ बच्चा मध्ये अहिले एउटा मात्र जीवित छ ।


NASeA President Raja Ghale presenting check (Rs. 1,00,000) to Arjun Mainali, President, Blood Donors of America. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

अध्यक्ष घलेद्वारा मन्तब्यको क्रममा एनआरएन अमेरिकाको गत महिना सम्पन्न निर्वाचन आफ्नो जीवनको सबैभन्दा अप्रजातान्त्रिक, असंबैधानिक र अपारदर्शी भएको ठोकुवा गर्दै संस्थाका साथीहरुलाई गल्ती गरेकोमा रेड कार्ड दिएको छु भन्दै गल्ती सच्याउन आग्रह गर्नु भयो।


NASeA President Raja Ghale speaking at the 3rd Anniversary celebration of USNepalOnline.com in New York on December 5, 2010. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com


नयाँ र गत बर्षका आजीवन सदस्यहरुको स्वागत र सम्मान

उक्त अबसरमा यो बर्ष आजीवन सदस्य बन्नु भएका ११ जना आजीवन सदस्यहरुको परम्परागत खादा ओढाइ स्वागत र सम्मान गरिएको थियो भने गत बर्षका आजीवन सदस्यहरुलाई पुन: परिचय गराइएको थियो।

Actress Gauri Malla handing over Life Membership to new Life Member Sapana KC. Sita Pariyar-Thapa (center) looks on. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

New Life Members: Bharati Silawal-Giri, Janesh Gurung, Lab K. Budhamagar, Lt. (Rdt.) Mahendra K. Thapa Magar, Santu Maya Adhikari Ghimire


New Life Members: Rudrabahadur Ale Thapa Magar, Manbahadur Rana Magar, Rupbahadur Pariyar, Sapana K.C., Shalina Shrestha


Our previous Life Members: Mamlal Bhusal, Chandrakumari Gurung, Gita Khatri, Mani Tulachan, Mani Bangdel, Margaret Carne, Pasang Dorchi Sherpa, Banshalal Tamang & Dawa Sherpa Hyolmo. Photos: eEyeCam.com & members facebook profiles.

समारोहमा कार्यक्रम प्रायोजक, बिज्ञापन दाताहरु, अन्य सहयोगिहरु र कलाकारहरुलाई प्रसंशा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

Young entrepreneur Jamuna Gurung at the celebration event. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

कार्यक्रममा युरोपमा सफल युबा ब्याबसायी र नेपालमा लगानीकर्ता जमुना गुरुङले आफ्नो सफलता र अनुभबबारे बिशेष मन्तब्य राख्नु भएको थियो।

त्यसैगरी, न्यू योर्कका संघ संस्थाहरुकातर्फबाट केही अगुवाद्वारा पनि मन्तब्य राख्नु भएको थियो।

नेपाली काँग्रेसकि नर्थ अमेरिका प्रतिनिधि म्रिदुला कोइराला, अधिकार संस्थाकि सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री, युनाइटेड डेमोक्रेटिक युथ फोरम (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङ र न्यू योर्कबाट प्रकासित हुने नेपाली पत्रिका 'विश्व सन्देश' का प्रधान सम्पादक बिजय पौडेलले आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


Nepali Congress leader Mridula Koirala. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

वार्षिकोत्सबको पहिलो सत्रको कार्यक्रममा युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मो, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा मगर र साहित्य सम्पादक नगेन्द्र इङ्नाम "आठअराइली" पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो। मन्तब्यमा उहाँहरुले नयाँ आजीवन र पुराना सदस्यहरुको स्वागत गर्दै सहयोगी सम्पूर्ण महानुभाव, संघसंस्था र बिज्ञापनदाताहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।

उद्घाटन सत्रको सन्चालन कलाकार शैलेश श्रेष्ठले गर्नु भएको थियो।

बिशेष साँगितिक कोशेली

कार्यक्रमको दोश्रो र अन्तिम भागकोरुपमा न्यू योर्कका प्रतिभाशाली नयाँ कलाकारहरु र नेपालका चर्चित कलाकारहरुद्वारा बिबिध गीत, संगित र न्रित्य प्रस्तुत गरिएको थियो।


Dance Director Vijayman Nakarmi & Sunita Gurung. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

संगीतकार शिसिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र नरबहादुर दाहालको हिमालदेखी तराइसम्मको बिशेष लाइभ संगित प्रस्तुत गरिएको थियो भने गायनतर्फ नायिका गौरी मल्ल, सपना श्री, जगदिश समाल मगर, सन्जोक लामा, रोशन गुरुङ, नरबहादुर दाहाल, राजेश थापा मगर, लामु शेर्पा, सोनिया शेर्पा, इलेन शेर्पा र एन्जेला लामा शेर्पाले आ-आफ्ना सुमधुर गीत प्रस्तुत गर्नु भएको थियो।


The guests are joining with dancer Shalina Shrestha. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

गायिका सपना श्रीको गीतमा अन्तर राष्ट्रिय नेपाली साहित्य समाजकि केन्द्रिय महासचिब तथा युएस नेपाल अनलाइनकि आजीवन सदस्य गीता खत्रीको न्रित्यलाई दर्शक दीर्घामा रहेका पाहुना र उनका साथीहरुले खुब ताली ठोकेर स्वागत गरे भने गायक द्वय सन्जोक लामाको लोक गीत र राजेश थापा मगरको मगर लोक गीत 'कौरा' मा अभिनन्दित नारी हस्ताक्षरहरु र अन्य पाहुनाहरु नाँचेको द्रिश्य निक्कै अबिमरणीय रह्यो।

अझ 'गेस्ट अफ अनरी' नायिका गौरी मल्लले आफ्नो रचना र संगितमा तयार दुई वटा गीत गाएर सबैलाई छक्क पार्नुभयो। कार्यक्रम पछिको भलाकुसारीमा अर्का 'गेस्ट अफ अनरी' बिष्णु माया परियारले नायिका मल्ललाई भन्नु भएको कुरो घत लाग्दो थियो-" तपाईं त कम्प्लिट प्याकेज हुनुहुँदो रहेछ।"


Gita Khatri & singer Sapana Shree. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

उता नेपालका चर्चित न्रित्य निर्देशक बिजय नकर्मीको कोरियोग्राफीमा प्रतिभाशाली युबा कलाकारहरु सलीना श्रेष्ठ, सुनिता गुरुङ, अनुपामा सापकोटा र प्रज्ञा सापकोटाले सुनौला न्रित्य गरिएको थियो। प्रतिभाशाली गायिका तथा न्रित्यङ्गना यशोदा खालिङ राइले पनि न्रित्य प्रस्तुत गर्नु भएको थियो।


Artist Shalina Shrestha at the celebration event. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

उक्त कार्यक्रमको साँस्कृतिक साँझबारे युएस नेपाल अनलाइनले तयार बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:



साँगितिक कार्यक्रमको सन्चालन प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान आलुङ राइले गर्नु भएको थियो।

कार्यक्रम होस्टमा लक्षिन लामा, पदमा थापा, प्रियाङ्का थापा मगर, माला राना मगर र शफिरा सुबेदी हुनुहुन्थ्यो।

कार्यक्रमको लाइभ ब्रोड्कास्ट सहयोगिकोरुपमा खाम डिजिटलका श्याम बुढा मगर र भिडियोग्राफीमा मोक्तान डिजिटलका शम्भु मोक्तानले सहयोग पुर्‍याउनु भएको थियो भने फोटोग्राफीमा फोटोहेर डट् कमका आङ कामी शेर्पाले सहयोग गर्नु भएको थियो।

उक्त तेश्रो वार्षिकोत्सबबारे मोक्तान डिजिटलका शम्भु मोक्तानले तयार पार्नुभएको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:

USNepalOnline.com's 3rd Anniversary celebration Highlights, part-I



USNepalOnline.com's 3rd Anniversary celebration Highlights, part-II


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

हाम्रो अघिल्ला बर्षहरुमा सम्पन्न वार्षिकोत्सबहरुबारे पढ्नुहोस्:
-2nd Anniversary celebration 2009
-1st Anniversary celebration 2008

न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न Photos of speakers Photos of artists-performers Group photos of guests Photos of Appreciation Letter presentation All Pages



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.