NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा लिम्बुहरुले ५०७१ औं बलिहाङ तङ्नाम यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Monday, 31 October 2011 00:26

Special: 2 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा न्यू योर्कको सन्निसाईडस्थित नेपाल जापान रेस्टुरेन्टमा शनिवार साँझ सातौं बलिहाङ तङ्नाम (तिहार) पर्ब भब्य रुपमा सम्पन्न भएको छ ।


 

The 5071st Balihang Tangnam celebration in New York on October 29, 2011. Photos: Nagendra

बलिहाङ तङ्नाम किराती समुदायले परापुर्ब कालदेखी मनाउंदै आएको परम्परागत र ऐतिहासीक पर्ब हो । किराती सम्बतअनुसार यो ५०७१ औं बलिहाङ तङ्नाम पर्ब हो ।

चुम्लुङ अमेरिकाले सन् २००५ देखि लगातार यो पर्बलाई वार्षिक पर्बको रुपमा मनाउंदै आएको छ । यसपालिको बलिहाङ तङ्नामको रौनक भने सधैंकोभन्दा फरक थियो किनकी सदा झैं पुरुषहरुको "झिलिमिली झिलिमिली देउसिरे" लाई पछि सारेर महिला सहभागीहरुबाट "भैलिनि आईन आगन चुम्लुङको दक्षिणा मागन" भन्दै पहिलो चरणमा भैलो खेलिएको थियो । त्यतिमात्र नभएर कार्यक्रमको अर्को रौनक लिम्बुलिम्बुनीहरुको जोडिले यसपालि कार्यक्रम स्टेजमै धान नाचेर पहिलो पल्ट धान नाच्ने लिम्बुहरुको संस्कृति न्यू योर्कमा प्रदर्शन गरिएको थियो । यसै अवसरमा न्यू योर्कमा भर्खरै आई पुगेका र बसोबास गर्दै गरेका नयाँ लिम्बू परिवारहरुलाई पनि संस्थागतरुपमा खदा पहिर्‍याएर स्वागत गरिएको थियो ।

The 5071st Balihang Tangnam celebration in New York on October 29, 2011. Photos: Nagendra

राम चोङबाङको नेत्रित्वमा लिम्बू भाषामा भाकिने "लारिङगेत नाम्लिङगेत" देउसिको भाकामा देउसी खेलिएको थियो भने दिपेश सुब्बाले नेपाली भाषामा देउसिको भाका भट्ट्याएका र महीलाहरुको नेत्रित्व गर्दै मनू लोहोरुङले भैलो खेलाएका थिईन् । बलिहाङ तङ्नामकोबारेमा कविता वाच्ने देवेन्द्र लिम्बुले हाक्पारे भाकाको लयमा राम चोङ्बाङलाई साथ दिएका थिए भने पालामको लयमा प्रेम मेन्याङबो लिम्बुले राम चोङ्बाङलाई साथ दिएका थिए । सो कार्यक्रममा युगेस लिङ्देन, जिमी लिम्बू, सिमा लिम्बू र सुभेक्षा लिम्बूले लिम्बु भाषाको न्रित्य र हेलेन सुब्बाले नेपाली भाषाको न्रित्यको प्रस्तुति पस्केकी थिईन् । के.बि. लिम्बू, राम चोङ्बाङ र देश लिम्बुलगायतले नाचेको च्याब्रुङ नाच पनि कार्यक्रमको अर्को आकर्षण थियो ।



संस्थाका सचिव बुद्ध चेम्जोङको सञ्चालनमा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष ईन्दीरा चेम्जोङ तुम्बाहम्फेले स्वागत मन्तब्य, महासचिव  दिपेस सुब्बाले संस्थाकोबारेमा जानकारी र बलिहाङ तङ्नामकोबारेमा प्रेम मेन्याङबो लिम्बुले प्रकाश परेका थिए । चेतन सुब्बा चोङ्बाङ, कोषाध्यक्ष बिरेन्द्र लाबुङ र सञ्जय लिम्बू मादेनको संयोजकत्वमा भएको उक्त कार्यक्रमको अध्यक्षता गरेका अध्यक्ष पूर्ण लिम्बुले सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै अर्को साल अझै रमाईलोसंग तङ्नाम मनाउने प्रण गर्दै कार्यक्रमको मैझारो गरेका थिए ।

-Nagendra Inganm 'Atharaili' in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar D Limbu
0
 
 
it was a great moment for us
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?