NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा देउसीभैलो खेलेर आपत्कालीन राहत कोषकोलागि ७ हजार २२० डलर संकलन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Monday, 31 October 2011 00:22

न्यू योर्क- न्यु योर्कस्थित वूडसाईडको सगरमाथा रेष्टुरेन्टमा न्यू योर्कबासी नेपालीइहरुले आपतकालिन राहत कोषको स्थापनार्थ २०६८ सालको दिपावली मनाउंदै देउसीभैलो कार्यक्रमको आयोजना गरेकाछन् ।



गत अक्टोबर २१, २०११ का दिन सम्पूर्ण न्यू योर्कबासी नेपालीलाई समेट्ने उदेस्यले न्यू योर्कबासी 'हामी नेपाली' को नाममा कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त आपत्कालिन राहत कोषको सहयोगार्थ विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायत न्यू योर्कवासी नेपालीहरूलाई स्वेछाले चन्दा प्रदान गरिदिन अनुरोध गर्दै देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । न्यू योर्कवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा हाल न्यू योर्कमा रहेका कलाकारहरूले साँस्कृतिक कार्यक्रममा सहभागी भएर उपस्थितिलाई भरपुर मनोरञ्जन दिलाएका थिए । गायनतर्फ तिलक श्रेष्ठ, अभय दुंगेल, राजेन्द्र राइ, अङ्गेलु शेर्पा तथा न्रित्यतर्फ राजकपुर र बसन्त डान्स सेन्टरका बिजय नकर्मीले बिशेष सहयोग गरेका थिए ।

कलाकार तिलक श्रेष्ठबाट सञ्चालित कार्यक्रममा मुनीन्द्र नेम्बाङ्ले कार्यक्रमको उदेस्यबारे प्रकाश पारेका थिए भने कार्यक्रमको अन्त्यमा  जनेश गुरुङले सोहि दिन कोषकोलागि जम्मा भएको रकमबाट खर्च कटाएर सात हजार दुई सय बीस (७,२२०) डलर बचेको जानकारी उपस्थितिलाई दिएकी थिईन् ।



कार्यक्रममा उपस्थित न्यू योर्कवासीहरूले प्रदान गरेको रकमलाई रोशन ढुंगाना, महेश मल्ल र छिरिङ्ग तोप्के लामाले पढेर सुनाएका थिए भने कार्यक्रम सफल बनाउनकोलागि शारदा छेत्री, पुनम राना मगर मल्ल, लक्सीन लामा, शन्तु माया घिमिरे, विजय थुलुङ्, कामी शेर्पा, टिकाराम गुरुङ, पम्फा गुरुङ, मनोजकुमार शर्मा, दुर्गेश कार्की, गम्बु शेर्पा, याम अधिकारी, मोनार्क चापागाइ, नानी भण्डारी, प्रमोद थुलुङ्, रुद्र राउत, ब्रिन्दा राइलगायतले स्वयंसेवककोरुपमा खटेका थिए ।

आयोजका अगुवा नविन सेरचन र अन्य सहयोगीहरुको जानकारीअनुसार उक्त आपत्कालिन राहत कोषमा हालसम्म जम्मा अठार हजार दुई सय बीस (१८,२२०) डलर जम्मा भइसकेको र सो रकम डिसेम्बरमा न्यू योर्कबासी नेपालीहरु र बिभिन्न संघसस्थाको प्रतिनिधीहरु बोलाएर निर्णय गरेर एउटा अलग्गै सञ्चालक समितिको गठन गरी हस्तान्तरण गरिने भनिएको छ ।

आफ्ना नेपाली मित्रहरुमा आपतबिपत र असामयीक हुने मृत्‍युहरुमा उपयोग होस भन्ने हेतुले आफ्नो परिश्रमले कमाएर चन्दादाताहरुले प्रदान गरेको यो रकम सही अर्थमा सदुपयोग हुनु पर्ने जरुरी देखिन्छ।

-Nagendra Inganm 'Atharaili' in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?