Inside

All Time Top 50 News

न्यू योर्कमा ७ नेपाली खेलाडीहरुको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 30 July 2012 07:28

Special: 10 photos: न्यू योर्क- युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलेप्मेन्ट इङ्कको आयोजनामा अमेरिका र नेपालमा बिशिस्ट खेल प्रदर्शन गरी पदक जित्न सफल नेपाली खेलाडीहरुलाई सम्मान गरिएको छ।


Sports personalities: L to R: Sunil Tuladhar, Prakshdhar Tuladhar, Prem Tamang, Samar B. Gole and Tashi Sherpa at the reception in New York on July 29, 2012. Photos; Ang Kami Sherpa (PhotoHera.com)

जुलाई २९ तारिख आईतवार न्यू योर्क शहरको कुइन्स उडसाइडस्थित सगरमाथा रेस्टुरेन्ट हलमामा आयोजित उक्त खेलाडी सम्मान समारोहमा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले ७ नेपाली खेलाडीहरुलाई कदर पत्र र खादाद्वारा सम्मान गरेका थिए।

यसरी सम्मानित खेलाडी प्रतिभाहरुमध्ये समरबहादुर गोले (NY) ले गत जुलाई १२-१५ बिच फ्लोरिडा राज्यको फोर्ट लाउराडेलमा आयोजित युएसए नेसनल कराते च्याम्पियन्शिपमा स्वर्ण (Gold) पदक जित्न सफल भएका थिए।

उनी सन् १९९८ मा बैंककमा सम्पन्न १३ औं एसियन खेलमा काश्य (Bronze) पदक बिजेता सितोरियो कराते खेलाडी हुन्।

गोलेसंगै युएसए नेसनल कराते च्याम्पियन्शिपमा स्वर्ण पदक जित्न सफल अर्का सितोरियो कराते खेलाडी हुन्- प्रेम तामाङ (MA)। सम्मानित खेलाडी मध्ये सन् २०१२ को पान अमेरिकन तेक्वान्डो फेडेरेसन च्यापियन्शिप जितेका खेलाडी हुन्- टाशी शेर्पा ।

साथै, समारोहमा बिगतमा खेलकूदमा बिशिस्ठता हाँसिल गर्नेहरु मध्ये सन् १९८३ मा पहिलो साफ गेममा बक्सिङमा रजत (silver) पदक बिजेता प्रकाशधर तुलाधर, फूटबल खेलाडी सुनिल तुलाधर र कराते खेलाडी रेमिका राईलाई पनि सम्मान गरिएको थियो।

स्पोर्टस इङ्कका प्रेसिडेन्ट थानेश्वर राईको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तब्य इङ्कका उपाध्यक्ष नरबहादुर दहालले दिएका थिए। कार्यक्रमको सन्चालन सचिब छेमाङ दोर्जे लामाले गरेका थिए।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कका नेपालीद्वारा स्व. राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी परिवारजनलाई हस्तान्तरण

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-न्यू योर्कमा युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्कको प्रथम अधिबेशन सम्पन्न

-न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित

-न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न



Samar B. Gole. Photos; Ang Kami Sherpa (PhotoHera.com)


Tashi Sherpa. Photos; Ang Kami Sherpa (PhotoHera.com)



Prem Tamang. Photos; Ang Kami Sherpa (PhotoHera.com)



Sunil Tuladhar.




Ambassador H.E. Gyanchandra Acharya.



Thanseshwar Rai.

Chhemang Dorje Lama.

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.