Inside

All Time Top 50 News

अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Manbahadur Rana Magar   
Thursday, 31 May 2012 18:02
Article Index
अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न
More photos of 7th Annual Dohori Nite 2012 USA
All Pages

लोकप्रिय युवा गायक जगदिश समाल मगर प्रेसिडेन्सियल अवार्डद्वारा सम्मानित
Special: 2 videos, 27 photos:
बाल्टिमोर- अमेरिकामा रहेका मगर समुदायको साझा संस्था "मगर संघ अमेरिका" ले ७ औं दोहोरी साँझ-२०१२ भब्यतापूर्वक सम्पन्न गरेको छ।


Popular Nepalese singer Jagdish Samal Magar being honored by Magar Association USA Inc.'s Presidential Award at 7th Annual Dohori Nite in Baltimore, USA on May 27, 2012. Photos: eEyeCam.com

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा मइ २७ तारिख आईतवार आयोजित उक्त साँस्कृतिक कार्यक्रममा सांगीतिक क्षेत्रमा बिशेष योगदानको पुर्याएकोमा नेपालका लोकप्रिय युवा गायक जगदिश समाल मगरलाई Magar Association USA Inc. द्वारा पहिलो पटक यसै बर्ष स्थापित 'प्रेसिडेन्सियल अवार्ड' द्वारा सम्मानित गरियो ।

Honorees and organizers at the Dohori Nite. Photos: eEyeCam.com

त्यसैगरी, कार्यक्रममा डा. गंगा पुर्जा पुन मगर (PHD) र डा. देउकुमार पुन मगर (DMD, MS) लाई उनिहरुद्वारा हासिल शैक्षिक सफलताकोलागि प्रसंसापत्रद्वारा सम्मान गरियो । साथै कलाकार बिन्दु थापा मगरलाई सन् २००५ देखि हरेक बर्ष नृत्यद्वारा संस्थालाई योगदान पुर्याएकोमा कदरपत्रद्वारा सम्मान गरियो ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Opening of 7th annual Dohori Night by Magar Association USA, May 27, 2012



साँस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त युवा गायक जगदीश समाल मगर र लोक दोहोरी युवा गायक सुमन बुढा मगरको बिशेष प्रस्तुति रहेको थियो ।

उता न्यू योर्कका चर्चित लोक गायक तथा संस्थाका उपाध्यक्ष राजेश थापा मगर, दोहोरी गायिका शान्ति भण्डारी, मन्जु पुन मगर, प्रिथिमाया पुन मगर र डम्बर कार्कीले दोहोरी गायक सुमन बुढा मगरसंग मिलेर दोहोरीको भाका घन्काएका थिए।

Popular Dohori singer Suman Budha Magar with singers Shanti Bhandari, Manju Pun Magar, Prithimaya Pun Magar and Dambar Karki. Photos: eEyeCam.com

औपचारिक कार्यक्रम समाजकि जेष्ठ नागरिक ७३ बर्षकी धनसरी थापा मगर र प्रमुख अतिथि नेपालका अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतद्वारा संयुक्तरुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो ।

The Chief Guest Consul General Premraja Mahat lighting the candle and flanked by Magar community elder 73-year-old Dhansari Thapa Magar and Magar Association USA Inc.'s president Lt. (Rtd.) Mahendra Thapa Magar. Photos: eEyeCam.com

कार्यक्रममा महाबाणिज्यदुत महत, 'बाना' का महासचिब प्रभुराम थापा र EDWON (बोस्टन) की संस्थापक बिष्णुमाया परियारले सम्बोधन गर्दै दोहोरी साँझले आफूहरुलाई आफू जन्मेको गाउँ र मगर लोक संस्क्रिती चुट्का (कौरा) को याद दिलाएको उल्लेख गरेका थिए।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुमा म्याग्दी समाजको अध्यक्ष पारस श्रेष्ठ, तमु समाजको अध्यक्ष कुलप्रसाद गुरुङ, तामाङ समाजको अध्यक्ष श्रीलाल मोक्तान, 'नाशा' को अध्यक्ष धरम विश्वकर्मा र महिला समाज बाल्टिमोरकी अध्यक्ष ज्ञानु रोका मगर थिए।

संस्थाको अध्यक्ष लेफ्टिनेन्ट (Rtd.) महेन्द्रकुमार थापा मगरको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रममा मरिलैंड राज्य प्रतिनिधि पदम पुन मगरले स्वागत मन्तब्य राखेका भने दोहोरी साँझको अन्त्यमा कार्यक्रम संयोजक तथा संस्थाको उपाध्यक्ष क्याप्टेन (Rtd.) दलबहादुर रोका मगरले धन्यबाद ज्ञापन गरेका थिए।

पहिलो औपचारिक कार्यक्रमको संचालन संस्थाको सचिब मानबहादुर राना मगरले गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

The 7th annual Dohori Night by Magar Association USA, May 27, 2012 Part-II




दोस्रो चरणको साँस्कृतिक कार्यक्रम सामुहिक रास्ट्रगान र राष्ट्रिय गित "जाग लम्क चम्क हे नव जवान हो" जगदीश समाल मगर, सुमन बुढामगर र राजेश थापा मगरको सामुहिक प्रस्तुतिबाट शुरु भएको थियो।

Nepalese folk dance performed at Dohori Nite. Photos: eEyeCam.com

साँस्कृतिक कार्यक्रमको संचालन संस्थाको दोस्रो उपाध्यक्ष राजेश थापा मगर र महासचिब टिका पुन मगरले गरेका थिए।

कार्यक्रममा सालैजो नाँच, कौडा नाँचलगायत बिभिन्न लोक तथा फिल्मी नृत्य, लोक दोहोरी गित तथा आधुनिक गितहरु प्रस्तुत गरिएको थियो ।

Artist Bindu Thapa Magar performing Nepalese folk dance. Photos: eEyeCam.com

बाध्य बादनतिर हार्मोनियममा टिका पुन मगर, मादलमा सचिन तिलिजा पुनमगर, तबलामा राजेन्द्र कर्ण, गिटारमा अरुण रोका मगर र बिस्नु पुन मगर हुनु हुन्थ्यो  | राजकुमार पुन मगरले निर्देशन गरेका थिए । राजकुमार पुन मगर, बिन्दु थापा मगर, अलिशा पुन मगर, दिप्ती घिमिरे, रेजिना भण्डारी, युनिका थापा मगर, शन्दिप रोका मगर, जबिर थापा मगर, इन्द्र राम्जाली पुन मगर, प्रेम केसी, आकृति रोका मगर, सुजना पुन मगर, दीपिका पुन मगर, सजनी रोका मगर, माया गुरुङ पुन मगर, सिता गुरुङ पुन मगर, अनिता पुन मगर, सुस्मा मोक्तान, रेश्मा थापा मगर, अनिषा घर्तिमगरआदिले आकर्षक प्रस्तुति गरेका थिए।

-Manbahadur Rana Magar in Baltimore

Read exclusive reporting on Magars in USA:

--न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

 

-न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु

More about Magar Association USA Inc.'s activities: http://usnepalonline.com/magar/

 

Choreographer Rajkumar Pun Magar with his wife Alisha Pun Magar. Photos: eEyeCam.com

 

Singer Jagdish Samal Magar. Photos: eEyeCam.com


 


Magar Association USA Inc.'s president Lt. (Rtd.) Mahendra Thapa Magar. Photos: eEyeCam.com


Chief Guest Consul General Premraja Mahat



BANA General Secretary Prabhuram Thapa. Photos: eEyeCam.com



Empower Dalit Women of Nepal (EDWON) founder Bishnumaya Pariyar.


Padam Pun Magar. Photos: eEyeCam.com


Photos: eEyeCam.com

अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न
More photos of 7th Annual Dohori Nite 2012 USA
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.