NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 26 May 2009 12:59
Updated न्यू योर्क- संयुक्त राष्ट्र संघको न्यू योर्क शहरस्थित मुख्यालयमा गत हप्ता मैइ १८ मा शुरु भएको संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को आठौं वार्षिक बैठकमा भाग लिन नेपालबाट संबिधान सभाका ९ जना सभासदहरु हिजो साँझ न्यू योर्क आइ पुग्नु भएको छ।
The 8 Nepalese CA Members L to R: Sonam Chhejung Lama, Urmila (Parbati) Thapa Magar, Usha Gurung, Pasang Sherpa, Thammaya Thapa Magar, Tashi Syangmo Gurungseni, Shanti Jirel and Lacky Sherpa. Photos: eEyeCam. View enlarged photos of Nepalese delegates
विश्व भरका झन्डै २ हजार आदिबासीहरु सहभागी रहेको उक्त सेसन मैइ २९ तारिखसम्म चल्नेछ।
नयाँ नेपालमा पुराना नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउने संबिधान सभाको कसरतमा अल्मलिदा आदिबासी सम्बन्धी महत्वपूर्ण बैठकको शुरुवाती ६ बैठक छुटाउन वाध्य भएका नेपाली सभासदहरु अब बाँकी ४ दिनको बैठकमा भने सहभागी बन्नु हुनेछ।
Nepalese delegates at the UN Headquarters in New York. View enlarged photos of Nepalese delegates
नेपाली सभासदहरुको टोलिमा पासाङ्ग शेर्पा (मनोनित-UML), लक्की शेर्पा (UML), थममाया थापा मगर (UML), उर्मिला (पार्वती) थापा मगर (NC), उशा गुरुङ (NC), सोनम छेजुङ लामा (UML), टासी स्याङ्बो गुरुङ्सेनी (UML), ल्हार्केल लामा  (UML) र शान्ती जिरेल (UML) हुनुहुन्छ।
सभासद लक्की शेर्पाले २७ मैइमा Asian Indigenous Women's Network र FIMI/IIWF ले सङ्युक्त रुपमा आयोजना गरेको साइड इभेन्ट The Role of Indigenous Women in the Implementation of the UNDRIP: Exploring Local-Global-Local Synergies in the Second Decade of the World's Indigenous Peoples मा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुने छ। सभासद शेर्पा राष्ट्रिय आदिवासी महिला सन्जालकि सङ्योजक हुन्।
At the UNPFII meeting: L to R: Bijaya Subba, Arjun Limbu, Dillibahadur Chaudhary, Lucky Sherpa, Sangini Rana Magar, Thammaya Thapa Magar, Urmila (Parbati) Thapa Magar. Photos: eEyeCam
यस अघी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती, डा. सुमित्रा मानन्धर गुरुङ र पूर्व सभासद बिजय सुब्बाले आ-आफ्नो स्टेट्मेन्ट प्रस्तुत गरिसक्नु भएको छ।
उता नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले बैठकको समाप्ती लगत्तै मैइ ३१ तारिख नेपाली अमेरिकि आदिवासी जनजाती महासंघ (फिप्ना) ले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। सो कार्यक्रम पछि सभासद शेर्पा डिसीमा रहेका नेपालीहरुसँग भेट्घाट गर्न लाग्नुहुनेछ भने अन्य सभासदहरु मैइ ३० तारिख नै नेपाल फर्किने कार्यक्रम छ।
सबै सभासदहरु २९ मैइमा नेपालका लागि सङ्युक्त राष्ट्र संघ नेपाल मिसनका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले डाक्नु भएको गणतन्त्र दिवस रात्रीभोजमा सहभागी बन्नुहुने कार्यक्रम छ। सभासदहरुको अर्को कार्यक्रम छ- पूर्व प्रधानमन्त्री प्रचन्ड कै झै स्वतन्त्रता कि प्रतिमुर्ती Statue of Liberty घुम्ने।
सभासद लक्की शेर्पा बाहेक सबै सभासद न्यू योर्कमा पहिलो चोटि आउनुभएको कारण ४ दिनको बैठकभन्दा न्यू योर्क शहरको घुमाइ बढी भएमा कसैले आश्चर्य नमाने हुन्छ। ७ जना महिला सभासदहरु आ-आफ्नो जनजातिय भेशभुशामा ठाटिएर राष्ट्र संघको बैठकमा भाग लिएको द्रिश्य चाँही अबिस्मरणिय छ। तर नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले सुट पहिरिएको देखेपछि सभासद पार्वती थापाले ठट्टा गरिन्- "अब नेपाल गएपछि उहालाई महासघको अध्यक्षबाट हटाउछौ।"
यस अघी नेपालबाट बैठकमा भाग लिन १२ जना प्रतिनिधिहरु आइ सक्नु भएको छ। जस मध्ये ५ सदस्यिय सरकारी टोलिको नेत्रित्व गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती आउनु भएको थियो, उहा २५ तारिख नेपाल फर्की सक्नु भएको छ। उहाको टोलिमा स्थानिय बिकास मन्त्रालयका सचिब पुन्यप्रशाद न्यौपाने, सहसचिब कृष्णप्रशाद देबकोटा, उपसचिब बाबुराम गौतम र फाउन्डेसनका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बु सामेल हुनुहुन्छ।
नेपालबाट गैरसरकारी क्षेत्रबाट यो सेसनमा भाग लिन आउनु हुनेहरुमा पूर्व सभासद तथा नेसनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष बिजय सुब्बा, जस्ले नेपाल सरकार समक्ष्य आइएलओ १६९ पारित गर्ने अन्तरिम सदनमा सङ्कल्प प्रस्ताब पेश गर्ने मुख्य भूमिका खेलेका थिए, नेसनल कोलिएसन अगेस्ट रेसियल डिस्क्रिमिनेसनकि अध्यक्षा डा. सुमित्रा मानन्धर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका बिदेश सचिब निमा लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकि कार्यकारी निर्देसक सङ्गिनी राना मगर, पत्रकार जयन्ती राइ र Backward Society Education (BASE) का प्रेसिडेन्ट डिल्लीबहादुर चौधरी छन्।
Nepalese delegates at the UN Headquarters in New York. View enlarged photos of Nepalese delegates
अमेरिकाबाट अब्जर्भरको रुपमा भाग लिने नेपालीहरुमा युनिभर्सिटी अफ मासाचुसेटका मिङ्मा नोर्बु शेर्पा, वासिङ्गटन स्टेट युनिभर्सिटीकि पासाङ्ग याङजि शेर्पा र कोर्नेल युनिभर्सिटीका डम्बर चेम्जोङ हुनुहुन्छ।
यसरी आदिवासी भेलामा आदिवासी नेता र प्रतिनिधिहरुको ओइरो लाग्नु त स्वाभाबिक हो तर यो बैठक कतै कुम्भ मेलामा परिणत हुने त होइन?
उसो त बैठकमा छलफल थोरै र रेडिमेड रिजोलुशन धेरै हुने गरेको गुनासो गुन्जिन थालेको छ। पोहर साल झन्डै तीन हजार आदिवासिहरु भेला भएका थिए। उक्त भेलामा कार्बोन इमिसन सम्बन्धी ल्याटिन अमेरिकि आदिवसिहरुको भनाइ सुन्नु पर्‍यो भनेर बैठ्कमा खैलाबैला मच्चाउनेहरुलाई यसपाली "मर्यादा पालन नगरेको" भन्दै छानी छानी बैठकमा उपस्थित हुनबाट निशेध गरिएको तथ्यले पनि बैठक आदिवासीहरुको छलफल गर्ने थलोभन्दा पनि रिजोलुशन पास गर्ने औपचारिक सभा बन्दै गएको महसुस गरिन थालेको छ।
यसपाली आदिबासिहरुले "आदिबासीहरु र औद्यौगिक कर्पोरेसन बिचको सम्बन्ध, ति अद्यौगिक सस्थाहरुको सामाजिक दायित्व, बातावणिय बदलाब (climate change), आदिबासी महिला अनि आर्टिक क्षेत्र र आदिबासिको भुमी सम्बन्धी अधिकार सम्बन्धमा छलफल गर्ने छन्। उनिहरुले दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००६-२०१५ को ५ लक्ष्यहरुको बिषयमा प्रस्तुत गरिने रिपोर्टका बिषयमा पनि छलफल गर्नेछन्।
संयुक्त राष्ट्र संघद्वारा सन् २००७ मा पारित विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्रको सदस्य राष्ट्रमा लागु गर्ने बिषयमा पनि यसपाली छलफल हुनेछ।
विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो।
सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ।
संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो।
-Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मेरो रिपोर्टिङकासाथ युएस नेपाल अनलाइनका Contributors पासाङ्ग याङजि शेर्पा र पत्रकार जयन्ती राइले पनि रिपोर्टिङ गर्नु हुनेछ।

Nepalese delegates at the UN Nepal Mission office in New York. Photos: eEyeCam. View enlarged photos of Nepalese delegates

Read related news:

-न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट

-View more photos of UNPFII 8th Session

-Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII

To read more indigenous peoples related news Click here

 

Comments

avatar Ram tamang
+3
 
 
sabhasad jyuharu, ghumne maatra ho ki kaam pani garne ho?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar soalteemagar
+1
 
 
estai ho mantri ,sabhasad je bhaye pani kkaaam dhandaa choodi ,ghumne ,jantalai rinko bhaari thoparne ani affule mojgarne ta ho nepalmaa ,hoinara
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar dipak titung tamang
+1
 
 
darama of nepalese janajati leader....all are bodly owmens except bijaya subba.....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar lucky n pasanga
+1
 
 
bahunko jhola bukuwa kukur janajati haru.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar pemba sherpa
0
 
 
Why you guy are so rude for that. You guys are always scolding own people. Is like a spiting over your face. If you have guts. You can be a leader not a loader for your whole life.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar USNepalOnline
+1
 
 
Please express your comment politely and constructive way. Otherwise, we will moderate or reveal you IP address in order to give your real identity.

Editorial Team,
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Indigenous cry
0
 
 
Hello whats' wrong, are you censoring my comment??
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sherpa
0
 
 
हिनतबोद र दसात्व मन त्यग्नु नै उत्तम हुन्छ आँफै पनि माथि हुने कोशीस गरु बुद्दि देस खान्छ रिस आँफै खान्छ। आँफै पनि नेता हुने कोशीस गर पेता होइन । आकाशमा थुक्दा आफ्नै मुख्मा पर्छ बन्ने बुजौ । मरिच अफनो रागमा चौरिन्छ । बहुना बिदेश व्रमन गर्दा अरु नहुने बन्ने कही लेखेको छ । Donot supress yourself. Try to respect to others. If you respect others you will be respected.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Indigenous cry
0
 
 
What Mr or Ms Sherpa writes is all true, but are you saying that people should not feel the way they feel. Of course, it is a matter of pride for the indigenous community to see a mass representation of their people for a purpose, but the issue is something else. I do not think we are feeling badly of what you are able to do, but how important things are you doing? Are you sure that going to America to the UN building was so important to let out the cry of indigenous people? How is it worth the money and time you spent there, which I am sure comes to you either at the cost of national coffer or in the name of indigenous people. We expect you to change the things it has been in the past. What is really bad is to see when our own people following the footsteps of Bahuns who exploit valuable resources for unnecessary trips like this. And I am saying this because we have seen some of the delegates are representing again and again , and when they come back, it means nothing to the people here. This makes us suspect whether it is the Indigenous convention in the UN that is truly driving you or it is because it is being held in the US for which you find a way to obtain visas. I know even Mr. Pasang Sherpa -the president of NEFIN , had severe trouble to obtain a visa, and now I wonder how is this going to be meaningful and supportive towards the movement of Indigenous people back in Nepal.
If you can prove, we will of course praise in the later days.
Anyhow, enjoy the US as you are already there, but please bear these issues in mind for your future action. Doing what is not absolutely necessary is wasteful.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?