Inside

All Time Top 50 News

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा ८ औं दोहोरी साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 23 June 2013 19:30
Article Index
न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा ८ औं दोहोरी साँझ सम्पन्न
More photos of 8th Dohori Saanjh 2013
All Pages

Exclusive: 37 Photos: न्यू योर्क- मगर संघ अमेरिकाद्वारा ८ औं वार्षिक दोहोरी साँझ न्यू योर्कमा चौंथो पटक पुन: भब्य मन्चन गरिएको छ।


The 8th Dohori Saanjh 2013 by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

जुन २२ तारिख शनिबार कुइन्स प्यालेश, उड्साइडमा आयोजित उक्त दोहोरी साँझको शुभारम्भ मीठो र जोशिलो नेपाली राष्ट्रिय गीत "यो नेपाली शीर उचाली संसार मा लम्किन्छ, जूनकिरी झैं अन्धकारमा चम्किन्छ" र लोकप्रिय मगर सांगितिक कौरा भाकाको राष्ट्रिय गीत "कोही हामी पूर्वबाट कोही पश्चिमबाट, एकभै अघि बढ्नु छ आज" बाट गरिएको थियो।

"कोही हामी पूर्वबाट कोही पश्चिमबाट
एक भै अघि बढ्नु छ आज
मगर हामी वीर जाति इमान्दार हो पहिचान
देश कै ला गि दिन्छौं बलिदान"

"बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा" दोहोरी भाखामा दर्शकहरु खुब नाँचे। सो भाखाकि गायिका डोलमाया गुरुङ थापा मगर, अर्की दोहोरी गायिका मन्जु पुन मगर, यशोदा खालिङ राई र न्यू योर्कमा जमेका दोहोरी गायकद्वय सुमन बुढा मगर र राजेश थापा मगरबिचको रसिलो दोहोरी जुवारीले उपस्थित पाहुनाहरुलाई भरपुर मनोरन्जन दिलायो। लाइभ संगित प्रस्तुत गर्ने संगितकारहरुमा बिमल बुढाथोकी, राजेन्द्रलाल कर्ण, राज कपुर, बिष्णु पुन मगर र केबी थापा मगर थिए।

Dohori singers Suman Budha Magar, Rajesh Thapa Magar, Dolmaya Gurung Thapa Magar, Manju Pun Magar and Yashoda Khaling Rai are performing at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

"आकशै भरी नैलाख तारा जून आउँछ रमाइँदै
भेट हुने दिनमा मायासँग हिड्छु सालैजो दाहिने हात समाउँदै"

प्रस्तुत सालैजोले दर्शकहरुलाई आफ्नो गाउँको न्यास्श्रो लगायो र लोकगीतमा चुर्लुम्म डुबायो।

Th guests at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

उता लोकगायक राजेश थापा मगरको उद्घोषण कलामा रमाएका दर्शकहरु "पोइल जान पाम् भन्नेलाई मैले ल्याउन पाम्" गीतबाट चर्चाको शिखरमा पुगेका सुमन बुढा मगरले दोहोरी दौँतरीहरुको साथ लिएर सलैजो र दोहोरी लोकगीतलाई न्यू योर्कमा पुन: लोकप्रिय बनाएर नयाँ जीवन दिए। दोहोरी गायिकाहरुको अभावमा पूर्व रचित गीतहरु अन्य बिधाका गायिकाहरुलाई गाउन लगाउनु पर्ने बाध्यताका कारण न्यू योर्कमा दोहोरीलाई परेको झड्का मगर संघको यो दोहोरी साँझपछि बौरिएको छ भन्दा अतियुक्ती नहोला।

उता आधुनिक गीतका ख्यातिप्राप्त गायक जग्दिश समाल मगरले आफ्नो सुमधुर गीतहरु गाएर मन्त्रमुग्ध पारे। अर्का गायक दवा गुरुङको प्रस्तुती रुचाइयो।

Prominent singer Jagdish Samal Magar singing his songs at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

उक्त दोहोरी साँझमा बार्टिमोरका कोरियोग्राफर राजकुमार पुन मगरको निर्देशनमा प्रस्तुत झ्याउँरे लोकन्रित्य, यता बसन्त डन्स सेन्टर न्यू योर्कका बिजयमान नकर्मीलेद्वारा निर्देशित मगर जातिमा लोकप्रिय सालैजो लोकन्रित्य र झन्कार डान्स सेन्टरका निर्देशक धरमबीर लामाद्वारा प्रस्तुत कौरा लोकन्रित्यले सबैको मन जित्यो।

Artists performing Sailjo Magar folk dance which was choreographed by Rajkumar Pun Magar.

Artists performing Kaura (Chutka) Magar folk dance which was choreographed by Dharambir Lama.

उक्त दोहोरी साँझमा लोक न्रित्य कौरा, भूमे पूजा, झ्याउँरे, सालैजोलगायत नेपालका मगर जातिमा मात्र नभै देश र बिदेशमा लोकप्रिय मगर संस्कृतिका लोकन्रित्यहरु प्रस्तुत गरियो। न्रित्य प्रस्तुत गर्ने कलाकारहरुमा राजकुमार पुन मगर, सन्दिप थापा मगर, फोनिक्स राना मगर, सन्दिप रोका मगर, ईन्द्र राम्जाली मगर, माया गुरुङ पुन मगर, सम्झना गुरुङ, सपना गुरुङ, अनिशा घर्ती मगर, तारा चिडी मगर, रुकु राना मगर, सविना मगर, नन्दु फगामी मगर तामाङ, धनमाया थापा मगर, जेनी राना मगर, सृस्‍टि तामाङ र स्वर्निमा श्रेष्ठ थिए।

Salaijo folk dance performance by Sandeep Thapa Magar and Phoenix Rana Magar which was choreographed by Vijayman Nakarmi.

Magar volunteers at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

उक्त साँझको अर्को आकर्शण मगर जातिको परम्परागत रोधी घरको निर्माण गरी मन्चको ब्याबस्था गरिएको थियो। उक्त रोधी घरका सज्जाकार अनिल रोका मगर हुन्। उनले यस अघी न्यू योर्कमा सम्पन्न सुमन सुमधुर साँझको रोधी घरको निर्माण गरेका थिए भने आगामी जुलाई ४, ५ र ६ तारिख न्यू योर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलनमा नेपाल घर निर्माण गर्ने तयारीमा ब्यस्त छन्।

Chief guest & Charge d' Affairs Sewa Lamsal Adhikari was welcome by Maya Gurung Pun Magar at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

उट्घाटन समारोहमा प्रमुख अतिथीकोरुपमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीको उपस्थिती रहेको थियो। समारोहलाई प्रमुख अतिथी लम्साल र नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका (फिप्ना) का कार्यबाहक अध्यक्ष बिनोद पोमोले सम्बोधन गरेका थिए।


The guests at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

संघका अध्यक्ष क्या. दलबहादुर रोका मगरको सभापतित्वमा सम्पन्न उक्त समारोहमा आयोजक समितीका संयोजक भबिन्द्र शेरपुन्जा पुन मगरले स्वागत मन्तब्य राखेका थिए भने मगर संघ अमेरिकाका महासचिब मानबहादुर राना मगरले समारोहको सन्चालन गरेका थिए।

President Capt (Rtd.) Dalbahadur Roka Magar speaking at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

Corodinator of 8th Dohori Saanjh 2013, Bhabindra Sherpunja Pun Magar speaking at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

General Secretary Manbahadur Rana Magar speaking at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com

संघले यस अघी सन् २००६, २००७ र २००८ (हेर्नुहोस्) मा न्यू योर्कमा दोहोरी साँझको आयोजना गरेको थियो भने २००९ (हेर्नुहोस्) मा न्यू जर्सीको अट्लान्टिक सिटीमा, २०१० (हेर्नुहोस्) मा बाल्टिमोरमा, २०११ (हेर्नुहोस्) मा लस एन्जेलस शहरमा र २०१२ (हेर्नुहोस्) मा पुन: बाल्टिमोरमा सफल दोहोरी सँझको सफल मन्चन गरेको थियो।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read exclusive reporting on Magars in USA:

-http://www.usnepalonline.com/magar/

-अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न (7th Dohori)

-अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न (6th Dohori)

-अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न (5th Dohori)

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न (4th Dohori)

-न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु (3rd Dohori)



Artists performing Kaura (Chutka) Magar folk dance at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com


Anisha Gharti Magar. Photos: eEyeCam.com



at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com


at the 8th Dohori Saanjh by Magar Association USA in New York on June 22, 2013. Photos: eEyeCam.com



Dohori singers Manju Pun Magar, Dolamaya Gurung Pun Magar, Suman Budha Magar and Rajesh Thapa Magar. Photos: eEyeCam.com


Musicians Raj Kapoor, Bishnu Pun Magar, Rajendralal Karn, Bimal Budhathoki and KB Thapa Magar. Photos: eEyeCam.com

 

Article Index
न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा ८ औं दोहोरी साँझ सम्पन्न
More photos of 8th Dohori Saanjh 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.