Inside

All Time Top 50 News

अमेरिकाको इन्डियानापोलिसमा नेपाली संस्था एन्मा-नासाको ८ औं संयुक्त सम्मेलन अगस्ट ३१-सेप्टेम्बर २ तारिखबिच हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 31 August 2012 02:45

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिशिस्ट अतिथीकोरुपमा उपस्थित हुने
Exclusive:
न्यू योर्क/इन्डियानापोलिस- अमेरिकाको दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त सम्मेलन अगस्ट ३१-सेप्टेम्बर २ तारिखबीच इन्डियाना राज्यको इन्डियानापोलिस शहरमा सम्पन्न हुने भएको छ।


झन्डै ६०० नेपालीहरु भाग लिने उक्त संयुक्त सम्मेलनमा बिशिस्ट अतिथीकोरुपमा नेपालबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित हुने कुरा ८ औं एन्मा-नासा संयुक्त सम्मेलन २०१२ का संयोजक गोपेन्द्र भट्टराईले प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएकाछन्।

नेपालीज एसोसियसन अफ इन्डियना (NAI) आयोजक रहेको उक्त संयुक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री नेपालका अलावा अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा, भर्खरै संयुक्त राष्ट्र संघकालागि उपमहासचिबमा नियुक्त तथा पूर्व संरासंकालागि नेपाली स्थाई प्रतिनिधी ज्ञानचन्द्र आचार्य सहभागि हुने कुरा सो बिज्ञप्तीमा जनाइएको छ।

Day 1: पहिलो दिन: अगस्ट ३१, २०१२

कार्यक्रम तालिकाअनुसार अगस्ट ३१ तारिख रजिस्ट्रेसन र चलचित्र प्रदर्शन हुनेछ।

Day 2: दोश्रो दिन: सेप्टेम्बर १, २०१२

सेप्टेम्बर १ तारिख एनआरएन फोरुम, महिला फोरुम, इमिग्रेसन फोरुम, गिभिङ ब्याक टु मदर्ल्यान्ड, नेपाल ब्लाइन्ड प्रोजेक्ट, नेपाल स्कूल प्रोजेक्ट, नेपाल वायलेस प्रोजेक्ट, धर्म फोरम, नेपाली अमेरिकन इन्जिनियर्स फोरम, वाक एन्ड रुन, ब्लड डोनेशन, खेलकूद, योगा, ट्यालेन्ट शो र कन्सर्ट जस्ता कार्यक्रम गरिने छ।

Day 3: तेश्रो दिन: सेप्टेम्बर २, २०१२: उद्घाटन समारोह र बिबिध साँस्कृतिक कार्यक्रमबाट संयुक्त सम्मेलनको मैझारो

सम्मेलनको उद्घाटन समारोह चाँही सेप्टेम्बर २ तारिख राखिएको छ। उक्त दिन नेपाल फोरम, कवि गोस्ठी, युवा फोरम, बक्त्रित्व कला प्रतियोगिता, आध्यात्मिक प्रबचन, योगा, खेलकूद, चिल्ड्रन फोरम, स्वास्थ्य परिक्ष्यण, नेपाल सम्बत र नेवा संस्क्रिती, नेपाली महासंघ, एन्मा र नासाको अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम हुने छ।

उक्त साँस्कृतिक कार्यक्रममा लोकगायक प्रेमराजा महत, युबा लोक गायक सुमन बुढा मगर, नायक सरोज खनाल, पप गायिका नलिना चित्रकार, गायक गम्बु शेर्पा, लोक गायिका मन्जु पुन मगर, अमिशा अर्याललगायत स्थानीय
कलाकारहरुको प्रस्तुती रहनेछ।

बिबिध साँस्कृतिक कार्यक्रमबाट संयुक्त सम्मेलनको मैझारो हुनेछ।

सन् १९८२ मा स्थापना भएको एन्मा (ANMA) र सन् १९९१ मा स्थापना भएको नासा (NASeA) मा अलाबामा, नर्थ र साउथ क्यारोलिना, जर्जिया, मिसिसिपी, अर्कान्सास, फ्लोरिडा, मिचिगन, केन्टुकी र टेन्नेसी राज्यका नेपालीहरु आबद्ध छन्। अफिसियन साइट: http://www.jointconvention.com/

८ औं एन्मा-नासा संयुक्त सम्मेलन २०१२ को लाइभ रिपोर्टिङ कभरेज

युएस नेपाल अनलाइनले माइक्रोब्लागिङ अनलाइन सामाजिक सन्जाल ट्विटर (Twitter.com/usnepalonline) मार्फत अगस्ट ३१-सेप्टेम्बर २ तारिखबीच हुने ८ औं एन्मा-नासा संयुक्त सम्मेलन २०१२ को सम्मेलन स्थल होटेल शेराटन, किस्टोन क्रसिङ, इन्डियानापोलिसबाट लाइभ रिपोर्टिङ गर्नेछ। उक्त रिपोर्टिङ युएस नेपाल अनलाइनको फेसबुक पेज Facebook.com/usnepalonline र न्यूज् पोर्टलको होम पेजमा रहेको ट्विट अप्डेट बक्समा एकैसाथ सम्प्रेशण गरिनेछ।

-Pradeep Thapa Magar in New York, heading to Indianapolis. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:

-http://usnepalonline.com/jointconvention/

-NASeA & NAG have organized 'Run or Walk for fun' in Goergia

-NASeA organized a Successful Blood Drive in Georgia

-Donate for the Children of Late Damoder Pathak

-अमेरिकाको एट्लान्टा शहरमा ANMA र NASeA को ७ औं संयुक्त सम्मेलन सम्पन्न

-ANMA र NASeA को ७ औं संयुक्त सम्मेलन अमेरिकाको एट्लान्टा शहरमा सेप्टेम्बर २-५ बीच हुँदै

-Join us at Cultural Saanjh at NASeA / ANMA Joint Convention 2011 in Atlanta

-अमेरिकामा ANMA र NASeA को संयुक्त सम्मेलन सम्पन्न

-New leadership of NASeA (Nepalese Association of Southeast America)

-अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.