Inside

All Time Top 50 News

न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 20 September 2011 02:53
Article Index
न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन
More photos of the BP Memorial 2011
All Pages

Exclusive: 17 photos: न्यू योर्क- नेपाली जन संपर्क समिती न्यू योर्क च्याप्टरद्वारा ९८ औं बिपी जयन्ती मनाईएको छ।

 

The 98th BP Koirala Memorial ceremony organized in New York on September 18, 2011. Photos: eEyeCam.com

आईतवार बेलुकी थकाली किचन रेस्टुरेन्ट ज्याक्सन हाइट्स, कुइन्स, न्यू योर्कमा पूर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका संस्थापक नेता बिश्वेशरप्रशाद कोइरालाको ९८ औं स्‍मृति जयन्तीमा समितिका १६ जना सदस्यहरुबाट ८ हजार डलरको प्रारम्भिक राहत कोषको स्थापना गरी संकलन कार्य शुरु गरिएको घोषणा गरियो।

The organizers and the guests at the 98th BP Koirala Memorial ceremony in New York on September 18, 2011. Photos: eEyeCam.com


राहत कोषकोलागि जनही ५ सय डलर प्रदान गर्नेहरुमा यम अधिकारी, नबिन शेरचन, मुनिन्द्र नेम्बाङ, जनेश गुरुङ, छिरिङ्ग तोप्के लामा, बिजय थुलुङ्, रोशन ढुङ्गाना, शारदा छेत्री, पम्फा भुसाल, महेश मल्ल, सिद्दार्थ गुरुङ्, मनोज शर्मा, प्रमोद सिटौला, बिष्णु सुबेदी, तेम्बा शेर्पा र तिलक श्रेष्ठ छन्।

उक्त स्‍मृति दिवसमा शारदा छेत्रीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व च्याप्टरका संयोजक नबिन शेरचनले गरेका थिए। मुनिन्द्रा नेम्बाङले स्‍मृति दिवसकोबारेमा प्रकाश परेका थिए। कार्यक्रमको सन्चालन रोशन ढुङ्गानाले गरेका थिए।

The participants at the memorial. Photos: eEyeCam.com


स्‍मृति कार्यक्रमलाई त्रैलोक्यप्रताप सेन, डा. तारा निरौला, आङ दावा शेर्पा, दिपेश लिम्बु, आदित्य महर्जन, तेम्बा शेर्पा लामा, प्रमोद सिटौला, राजेन्द्र खटिवडा, सिता खरेल, डा. बिनोद शाह, बुद्धीप्रशाद श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

बक्ताहरुले बिपीको महामानवत्य र मेलमिलाप नीतिको चर्चा गर्दै काँग्रेसी बन्धुहरुमा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए।

Trailokyapratap Sen, Nabin Sherchan and Dr. Tara Niraula. Photos: eEyeCam.com


उसो त न्यू योर्कमा समानान्तर रहेको अर्को जनसंपर्क समितीका संयोजक कृष्ण पोख्रेलको समूह र त्यस समूहलाई आशिर्बाद प्रदान गर्ने काँग्रेसी बन्धुहरु आनन्द बिष्ट, खगेन्द्र जिसीहरु अझै पनि न्यू योर्क जनमानसमा राजनितीभन्दा सामाजिक काममा सधैं अग्रणी रहने नबिन शेरचन, जनेश गुरुङ, प्रमोद सिटौलाहरुको यो समूहको कार्यक्रममा उपस्थिती रहन हुन नसक्नु र होस्टेमा हैसे हुन नसक्नु दु:खद कुरो हो।

आफ्नै काँग्रेसी बन्धुहरुबिच मानवीय कार्य गर्ने समारोहहरुमासमेत पानी बाराबारको स्थिती श्रीजना हुनुभन्दा बिडम्बना अरु के हुन सक्छ र?


--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/jana-samparka-samiti-usa/

 

Photos: eEyeCam.com

न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन
More photos of the BP Memorial 2011
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.