NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 22 March 2010 18:59
Article Index
न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो
Tribute to late Girija Prasad Koirala-I
Tribute to late Girija Prasad Koirala-II
All Pages

Exclusive 40 photos: न्यू योर्क- अमेरिकाभर नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गिय गिरिजाप्रशाद कोइरालाको निधनबाट मर्मान्त नेपालीहरुले आईतवार शोक सभाहरु सम्पन्न गरेका छन्।



Paying homage to late Girija P. Koirala at Permanent Mission of Nepal to the UN office in New York on March 21, 2010. Photos: eEyeCam.com

न्यू योर्कमा नेपाली काँग्रेस पार्टीको भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको पूर्व न्यू योर्क च्याप्टरका सदस्यहरुले एक श्रदान्जली सभाको आयोजना गरेका छन् भने वासिङ्गटन डिसीमा एएनए, एएएस तथा वानाको संयुक्त आयोजनामा शोक सभाको आयोजना गरिएको सहकर्मी विश्व परिक्रमा पत्रिकाका प्रधान सम्पादक गोबिन्द गिरी 'प्रेरणा' ले जानकारी गराउनु भएकोछ।


Nepalese Ambassador H.E. Dr. Shankarprasad Sharma speaking at the event to pay homage to Girija P. Koirala in Washington D.C. Photo courtesy: Govinda Giri 'Prarana'.

डिसीमा सम्पन्न शोकसभामा अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकरप्रसाद शर्माले स्व. कोइराला सिङ्गो नेपालकै अभिभावक भएको उल्लेख गर्दै स्व. कोइरालासँगका आफ्ना संस्मरणहरु सुनाउनु भएको थियो ।

सम्पादक गोबिन्द गिरीकाअनुसार कार्यक्रममा पूर्व मन्त्री वीरमणि ढकाल, वानाका अध्यक्ष रविना थापा, एएनएका अध्यक्ष सिमोन ढुँगाना, एएनएसका अध्यक्ष खेम भट्टचन, गौतम दाहाल, एकराज क्षेत्रीलगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन एएनएका उपाध्यक्ष मेदिनी अधिकारीले गर्नुभएको थियो ।


Nepalese at the event to pay homage to Girija P. Koirala in New York on March 21, 2010. Photos: eEyeCam.com

यता नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व न्यू योर्क च्याप्टरको आयोजनामा कुइन्सको सनी साइडस्थित समितीको कार्यालयमा आयोजना गरिएको सभामा बक्ताहरुले स्वर्गिय कोइरालाको नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्याएको योगदानको चर्चा गर्दै आ-आफ्नो भावपूर्ण श्रद्दान्जली ब्यक्त गरेकाछन्।


Nepali Jana Samparka Samiti Amerika former President Anand Bist speaking at the event to pay homage to Girija P. Koirala in New York on March 21, 2010. Photos: eEyeCam.com

समरोहमा उपस्थित न्यू योर्कबासीहरुले स्वर्गिय कोइरालाको तस्बिरमा अबिर, पुष्प गुच्छा र परम्परागत खादा चढाएर कोइरालालाई भाबपूर्व श्रदान्जली ब्यक्त गरेका थिए। कार्यक्रमको शुरुमा स्व. कोइरालाको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो |


Jana Samparka Samiti NY Chapter former VP Janesh Gurung. Photos: eEyeCam.com

श्रद्दन्जली सभामा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिका सह-संयोजक बेदप्रशाद खरेल, समितिका पूर्व केन्द्रीय उपाध्यक्ष मिङ्मार शेर्पा, काँग्रेस नेता बंशलाल तामाङ, काँग्रेस नेत्री गोमा सेन, समितिका पूर्व के.स. नामलाल श्रेष्ठ र पूर्व न्यू योर्क च्याप्टर उपाध्यक्ष जनेश गुरुङले आ-आफ्नो शोक मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सुन्नुहोस् अडियो रेकर्ड अर्काइभ:


'अधिकार' संस्थाकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले स्वर्गिय कोइराला को आत्माको चीर शान्तिकालागि मन्त्रोच्चारण र शुक्रराज घिमिरेले स्व. कोइरालाप्रति समर्पित कबिता पाठ गरेका थिए।


Adhikaar's Community Organizer Narbada Chhetri. Photos: eEyeCam.com

समितिका पूर्व न्यू योर्क च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा सम्पन्न भएको उक्त सभाको सन्चालन दोश्रो महाधिवेशन तयारी समितिका केन्द्रीय सदस्य कृष्ण पोख्रेलले गर्नु भएको थियो।


Jana Samparka Samiti NY Chapter former President Somnath Ghimire. Photos: eEyeCam.com

सभापति घिमिरेले नेपाली जनसम्पर्क समिति अमेरिका दोश्रो महाधिवेशन तयारी समितिका अध्यक्ष खगेन्द्र जिसी र अन्य ब्यक्तित्वहरुद्वारा जारी समबेदना बक्तब्य पढेर सुनाउभएको थियो।


Jana Samparka Samiti 2nd Convention Co-coordinator Bedprashad Kharel. Photos: eEyeCam.com

कार्यक्रममा महाधिवेशन तयारी समितिका सह-संयोजक बेदप्रशाद खरेलले स्व. कोइरालाको १३ औं पुन्य तिथिको अबसरमा एक सार्वजनिक श्रदान्जली सभाको आयोजना न्यू योर्क मै गरिन लागेको जानकारी गराएका थिए।


Jana Samparka Samiti 2nd Convention organizing committee member Krishna Pokhrel. Photos: eEyeCam.com

उक्त कार्यक्रमको बिस्त्रित जानकारीकालागि युएस नेपाल अनलाइनको  Event सेक्सन हेर्नुहोस्।

उता संरासंकालागि नेपाली स्थाई नियोगले आइतबारदेखी मंगलबारसम्म राखेको सार्वजनिक श्रद्दन्जली शोक पुस्तिकामा समबेदनाका शब्दहरु कोर्न न्यू योर्कका नेपालीहरु पुग्नेक्रम जारी छ।



आइतबार बेलुकी न्यू योर्कका युबा काँग्रेसी नेताहरु आनन्द बिष्ट, बेदप्रशाद खरेल, बंशलाल तामाङ, डा. अङ्गराज तिमल्सिना, सुबाश लामा लगायतका नियोग कार्यालय पुगेर स्वर्गिय कोइरालालाई आफ्ना शब्दहरुबाट श्रदान्जली गर्दै गरेको क्षण निक्कै भाबपूर्ण थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com


Photos: eEyeCam.com






Photos: eEyeCam.com. More photos, click next below

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

Pay your tribute to late Girija P. Koirala:

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?