NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 13 September 2009 06:56
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन।"-राजेश हमाल, नायक
29 photos: न्यू योर्क- शुक्रबार साँझ न्यू योर्कमा नेपालीहरुले नेपालका सुपर स्टार राजेश हमालसंग रमाइलो र सार्थक साँझ बिताए।
Famous Nepalese Actor Rajesh Hamal at the New York event. Photos: eEyeCam.com
उक्त साँझमा न्यू योर्कका नेपाली कलाकारहरु: नायिका सुमी पौडेल, बसन्ती राइ, धरमवीर लामा यसोदा खालिङ राइले मोहक न्रित्य प्रस्तुत गरेका थिए भने गायकहरु तिलक श्रेष्ठ, रोशन गुरुङ, सन्जोग योन्जन, टेम्बा शेर्पा, राजेन्द्र राइ, दिपा थापा, कमला तिमल्सिनाले बिभिन्न सुमधुर गीत प्रस्तुत गरेका थिए।
Actress Sumi Paudel performing a dance with Rajesh Hamal.
नायक हमाललाई सुमी पौडेल र बसन्ती राइले दुई वटा नाँचमा साथ दिएका थिए। कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ र रोशन ढुङ्गानाले गरेका थिए।
Singer and emcee Tilak Shrestha and singer Sanjog Yonjan. Photos: eEyeCam.com
न्यू योर्कका नेपाली कलाकारहरु र केही उत्साही नेपालीहरुको आयोजनामा डाकिएको "डिनर विथ राजेश हमाल" साँझमा जब नायक हमालले आफुसंग डिनर खान आएका नेपालीहरुलाई बिनम्रतापूर्वक स्वागत र धन्यवाद दिदै आफुले नेपालमा अपाङ्ग नेपालीहरुको सहयोगका लागि काम गर्दै आएको बताउँदै सदिच्छापूर्वक अनुदान गर्न अनुरोध गरे, केही क्ष्यण मै झन्डै ६ हजार अमेरिकि डलर संकलन भयो। पछि आयोजकहरुले युएस नेपाल अनलाइनलाई बताए- सबै खर्च कटाएर ३ हजार डलरभन्दा बेशी नायक हमालको नेपालमा अपाङ्गहरुको सहयोग अभियानका लागि प्रदान गरिनेछ।

Actor Rajesh Hamal. Photos: eEyeCam.com

अझ जब नायक हमालले खगेन्द्र नब जीवन केन्द्रका अपाङ्गहरुसंग आफ्नो १५ बर्ष लामो संपर्क मात्र होइन त्यहाकी एक 'मैना' नाम गरेकी अपाङ्ग (व्हिल चियरमा उनको खुट्टा भुइमासम्म पुग्दो रहेनछ) संग आफुले भाई टिका लगाएको र हरेक बर्ष आफ्नो जन्म दिन र भाई टिकामा तिनै बहिनीको हातबाट भाई टिका थाप्ने गरेको बताएपछि नेपाली दिदी बहिनीहरुले नायक हमालसंग प्रभाबित हुँदै सम्झनाको चिनो फोटो खिचाएका थिए।
Actor Hamal's brother-in-law Lawyer Khagendra GC, sister Dr. Rekha Hamal-GC, Mridula Koirala dancing at the evening. Photos: eEyeCam.com
हुन पनि नायक हमाल यसपाली पनि दसैं र तिहारको मुखैमा अमेरिका मै रहेका दिदि डा. रेखा हमाल (वकिल खगेन्द्र जिसी कि श्रीमती) र बहिनी दिपासंग बिदा माग्दै शनिबार नेपाल फर्किए।
Actor Hamal. Photos: eEyeCam.com
डिनर साँझको अध्यरातपछि युएस नेपाल अनलाइनसंगको बिशेष भेट्वार्तामा उनले पन्क्तिकारको प्रश्न "आफ्नो कोखका दिदि-बहिनीहरुलाई अमेरिका मै छोडि नेपाल कि "एडप्टेड" बहिनीसंग भाई टिका मनाउन जान लाग्नु भएको हो?" भन्दा उनले हाँस्दै भने- "हो, त्यस्तै भई रा' छ अहिले।"
सन् १९९० देखी नेपाली चल्चित्रमा नायक कलाकारको रुपमा अभिनय यात्रामा प्रबेश गरेका नायक हमालले अहिलेसम्म २२५ वटा भन्दा बेशी चल्चित्रमा अभिनय गरेर नेपाली चलचित्र पारखीहरुको मन जित्न सफल भएका छन्।
चल्चित्रमा लागेको १९ बर्षपछि अहिले पनि उनी उत्तिकै ब्यस्त नायकहरुको लहरमा अघी नै छन्, उनले भने-" म अहिले पनि ब्यस्त नै छु, बर्षको १० / १२ वटा चलचित्रमा अभिनय गर्दै आएको छु।"
Actor with Mission: Rajesh Hamal.
झन्डै २ महिने बसाइमा अमेरिकाका बिभिन्न स्थानका नेपालीहरुसंग भेट्घाट र कार्यक्रम गरेर नेपाल फर्किन लागेका नायक हमालले बिदेशमा रहेका नेपालीहरुका बारेमा भने- "तपाइहरु जहाँ बसेता पनि हाम्रो माया, स्नेहा अझ गहिरिदै जावोस्, अझ बलियो हुँदै जावोस्।"
केही स्वेच्छाले बिदेश आएपनि धेरै नेपालीहरु देशको दुरावस्थाका कारण बिदेशमा आउनु वाध्य हुनु परेको यथार्थ उल्लेख गर्दै नायक हमालले भने- "देशले जायज रोजगार र सुरक्षा दिन नसक्दा चाहदा नचाहदै पनि मजबुरीले बिदेश आउनु परेको छ। तर जहाँ रहे पनि नेपालीहरु एक जुट भएर बस्नुहोस्। नेपालीत्वको भावना हुनु अत्यन्त जरुरी छ।"
उनले एक प्रसंगमा नेपाली मिडिया पनि सकृय हुनु जरुरी छ भन्दै अगाडि भने- "किन कि मिडिया ससक्त भएको खन्डमा समाज पनि ससक्त हुन्छ। समाज (कम्युनिटी) ले पनि सानो ठुलो सबै मिडियालाई टेवा दिनु जरुरी छ।"
Anti-Drug Goodwill Ambassador of Nepal Government actor Rajesh Hamal. Photos: eEyeCam.com
बिगत तीन बर्षदेखी नेपाल सरकारको लागू पदार्थ दुर्बेसनी बिरुद्ध अभियान (Anit-Drung Movement) सम्बन्धी सदभावना राजदूत (Goodwill Ambassador) को रुपमा काम गर्दै आएका नायक हमाल अहिले रोटरी क्लबको तर्फबाट अपाङ्गहरुलाई समाजले हेर्ने दृष्‍टिकोणमा सकारात्मक धारणा ल्याउन जनचेतना जगाउने अभियानमा लागि परेका छन्।
युएस नेपाल अनालाइनले सोधेको "नयाँ नेपाल तपाईंको बिचारमा कस्तो हुनु पर्छ ?" भन्ने प्रश्नको जवाफ नायक हमालले बडो पेचिलो गरी दिए-
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन। त्यतीले नयाँ नेपाल निर्माण हुँदैन। नयाँ नेपाल त प्रत्क्ष्य रुपमा आम नेपालीले नयाँपन महसुस गरे भने बल्ल नयाँ नेपाल बनेको ठहर्छ। खाली नेताहरुको भाषण र आश्वासनले जनतालाई हामी नयाँ नेपाल बनाउदैछौ भन्दैमा नयाँ नेपाल बन्दैन। नयाँ नेपालका लागि आम जनजीवनमा नयापन र सुधार आउनु पर्‍यो। ओभर नाइटमा ठुलो फड्को नमारे पनि कम्सेकम एक खुड्का अगाडि बढेको छ भन्ने देखिनु पर्‍यो समाजमा। पहिलेकोभन्दा राम्रो रोजगार हुनु पर्‍यो। पहिलेकोभन्दा आर्थिक अवस्था राम्रो हुनु पर्‍यो। त्यस्तै पहिलेकोभन्दा स्वास्थ्य उपचार, शिक्षा सर्ब सुलभ उपलब्ध हुनु पर्‍यो। यि कुराहरु जबसम्म ग्रासरुटका नेपाली जनताले महसुस गर्दैनन् तबसम्म नयाँ नेपाल हुँदैन। त्यस कारण अहिले म भन्न सक्दिन कि नयाँ नेपाल छ भनेर।"
USNepalOnline.com Editor-in-Chief Pradeep Thapa interviewing actor Hamal. Photo: Ang Chhiring Sherpa, Chief Editor Everest Times New York for USNepalOnline
"त्यसो भए तपाईं जस्तो राम्रो बिचार र दिल भएको रोल मोडेल नायक राजनीतिमा प्रबेश गरेर केही परिवर्तन ल्याउने योजना छ कि?" युएस नेपाल अनलाइनको यो सोधाईको जवाफ दिदै नायक हमालले वार्तालापको बिट यसरी मारे- "एउट ब्यक्ती पोलिटिक्समा लाग्ने बित्तिकै ड्रास्टिक चेन्ज भईहाल्छ भन्न मिल्दैन। म अहिले एक चल्चित्रकर्मी हुँ। मैले अहिले जती चलचित्रमा सेवा गर्न सक्छु त्यती अहिले राजनीतिमा लाग्ने बित्तिकै ठुलो सुधार होला भन्न सकिन्न। मेरो अहिलेको भित्री इच्छा त चलचित्रप्रति सेवा गर्ने नै हो। तर पछि गएर भन्न सकिदैन, भबिश्यमा के हुन्छ हेरौं।"
बिहानको दुई बज्न लाग्दा पनि नायक हमालले उत्तिकै उत्साहकासाथ नयाँ नेपाल र नेपालीको एकताकोबारे निक्कै गम्भिर चर्चा गरिरहे। उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि नायक हमाल पर्दाका मात्र 'हिरो' होइनन् बल्की नेपाल आमाका एक सच्चा धर्तीपुत्र पनि हुन्। उनको सदिच्क्षा र सत्कर्महरु पुरा होउन्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Singer Roshan Gurung. Photos: eEyeCam.com

Dancer Basanti Rai with actor Hamal.


Dancer director Binod Oli with Sumi Paudel. Photos: eEyeCam.com


Singer Deepa Thapa.


Singer Rajendra Rai. Photos: eEyeCam.com


Singer Temba Sherpa.


Dancer and singer Yashoda Rai. Photos: eEyeCam.com


Actor Hamal and actress Paudel.


Dance Director Dharambir Lama and actress Paudel.

Members of Ridgewood Nepalese Society with actor Rajesh Hamal. Photos: eEyeCam.com


Adhikaar's Narbada Chhetri with actor Hamal.


Actor Hamal with Basanti Rai. Photos: eEyeCam.com




Usha Tamang with actor Hamal.


Actor Rajesh Hamal with Roshan Dhungana, Yam Adhikari (standing L to R), actress Sumi Paudel, Subhas Lama and Lawyer Khagendra GC.


Photos: eEyeCam.com





Participant Nepalese at the event. Photos: eEyeCam.com

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?