Inside

All Time Top 50 News

न्यू योर्कमा 'अधिकार' को सातौं वार्षिक कार्यक्रम तथा बनभोज सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 30 July 2012 05:37

Special: 8 photos: न्यू योर्क- हरेक बर्ष सयौं न्यू योर्कबासी नेपालीहरुलाई बिभिन्न नि:शुल्क सेवा पुर्याउँदै आएको संस्था 'अधिकार' ले आफ्नो सातौं वार्षिक कार्यक्रम रमाइलो पिकनिक कार्यक्रमको आयोजना गरी मनाएको छ।

Adhikaar celebrating its 7th Annual event and picnic in New York City's Queens Bridge Park on July 29, 2012. Photos: Man B. Rana Magar

जुलाई २९ तारिख आईतवार न्यू योर्कको कुइन्स ब्रिज पार्कमा आयोजना गरिएको उक्त वार्षिक कार्यक्रम तथा दोश्रो पिकनिक कार्यक्रममा बिशिस्ट अतिथीकोरुपमा न्यू योर्क शहरका कम्प्ट्रोलर जोन लिउ, नेपाली स्थाई नियोगकि नायब स्थाई प्रतिनिधी सेवा पराजुली अधिकारी र कुइन्स लाइब्रेरीकि प्रतिनिधी उपस्थित थिए।

New York City Comptroller John Liu speaking at Adhikaar's 7th Annual event. Photos: Man B. Rana Magar

पिकनिकमा झन्डै ३ सय नेपाली दिदिबहिनीहरुको घुइंचो लागेको थियो। गायक बिमल डाँगी, राजेश थापा मगर, तिलक श्रेष्ठ, शान्ता घिमिरे, बेनुका दियालीलगायतको दोहोरी गीतमा दिदिबहिनीहरुले ताली ठोके भने नेपाली गीतहरुको ४ घण्टा लामो संगितमा कम्मर मर्काउँदै दिदिबहिनीहरुले हप्ताभरको कामको थकाई पर्वाह नगरि नाँचको भरपुर मज्जा लिएका थिए।

Dohori song performance by Nepalese artists at the event. Photos: Man B. Rana Magar

सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिम हरु प्रदान गर्दै आएको छ।

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

यसैबिच, गत मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा ममता गुरुङ, टिना श्रेष्ठ, डा. सुजान हाङ्गेन, सुक्ती धिताल, उर्बसी कौल छन्। अधिकारमा सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री हुन् भने नम्रता प्रधान अर्गनाइजिङ फेलो छिन्।

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको हालको बिभिन्न कार्यक्रमहरुको वार्षिक बजेट २० करोड नेपाली रुपैयाँ बराबर नाघी सकेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Photos: Man B. Rana Magar



Photos: Man B. Rana Magar





Photos: Man B. Rana Magar

Photo courtesy: Adhikaar

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं
"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा

-न्यू योर्कमा भारतीय कुट्नितिज्ञद्वारा दासी बनाइएकी शान्ती गुरुङलाई डेढ मिलियन डलर तिर्न न्यायाधिसद्वारा फैसला

-न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है?

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.