Inside

All Time Top 50 News

न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 07 June 2013 18:08
Article Index
न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित
More photos of Adhikaar's Spring for Justice Fundraising 2013
All Pages

Special: 32 photos: न्यू योर्क- न्यू योर्क शहरमा कृयाशिल नेपाली सामूदायिक संस्था  'अधिकार' ले आफ्नो ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न गरेको छ। उक्त अबसरमा 'एशियन अमेरिकअन लिगल डिफेन्स एन्ड एदुकेसन फण्ड' कि वकिल सर्ली लिनलाई Spring for Justice Award पुरस्कारद्वारा सम्मान गरिएको छ।


Attorney Shirley Lin (right) was honored with 'Spring for Justice Award' by Adhikaar, Nepalese NGO of Queens, New York on June 6, 2013. Photos: eEyeCam.com

जुन ६ तारिख बिहीवार न्यू योर्कको म्यानहट्टन शहरमा आयोजना गरिएको उक्त फण्डरेजिङ कार्यक्रममा वकिल सर्ली लिन (Shirley Lin) लाई Spring for Justice Award पुरस्कारद्वारा सम्मान गरिएको हो।

उक्त कार्यक्रममा अधिकारकि कार्यकारी निर्देशक एबं संस्थापक लुना रन्जितले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै अधिकारले बिगत ८ बर्षमा गरेका कामहरुबारे प्रकाश पारेकी थिईन्। उनले अधिकारको भिजन ट्वेन्टी ट्वेन्टीको योजना बुन्दै सन् २०२० सम्म अधिकारको आफ्नो कम्यूनिटी सेन्टर र न्यायिक समानतामा छलाङ मार्ने सपना देखिन्।

Adhikaar's Executive Director Luna Ranjit speaking at the Spring for Justice Fundraising in Manhattan, New York on June 6, 2013. Photos: eEyeCam.com

उता अधिकारकि डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री, बरिस्ठ नायिका गौरी मल्ल र गायक तिलक श्रेष्ठले "नेपाली राष्ट्रिय गीत "कोही पश्चिम कोही पूर्व घर, आनन्द त एउटै हो छरिएर बसे त के भो, सन्तान त एउटै हो" गाएर पाहुनाहरुको स्वागत गरेका थिए। पवन बेन्जामिनले अनिरुद्द चलाको तबलाको तालमा बासुरीको मीठो धुन प्रस्तुत गरेका थिए।

Singer Tilak Shrestha, prominent Nepalese actress Gauri Malla and Adhikaar's Director of Organizing and Advocacy Narbada Chhetri performing welcome song at Spring for Justice fundraising in New York on June 6, 2013. Photos: eEyeCam.com

कार्यक्रममा रविन विश्वकर्माले आफूले अमेरिका आएपछि कसरी होटेलका मालिकहरुबाट आफू ठगिदै आएको कारूणिक ब्यथा सुनाउँदै उनलाईस हारादिलाउने अधिकार र कानूनी न्याय दिलाउने सिर्ली लिनको तारिफ गरे। आफ्नो अन्यायको कहानी र बिमारी पर्दाको घटना सुनाउँदा उनी आफू पनि भकानिए भने उपस्थित पाहुनाहरुलाई पनि रुवाए।

Rabit Bishwakarma was comforted by attorney Shirley Lin and Adhikaar's Executive Director Luna Ranjit in Manhattan, New York on June 6, 2013. Photos: eEyeCam.com

वकिल सिर्ली लिनलाई रविनलगायत थुप्रै आप्रबासी कामदारहरुको हक अधिकारकोलागि कानूनी मुद्दा लडेर सहयोग गरेबापत अधिकारले सम्मान गरेको हो।

अर्का वकिल चाम्टोली हकले वकिल लिनबारे प्रकाश पार्दै अधिकार समूहकासाथ वकिललाई सम्मान गरेकि थिईन्।

कार्यक्रममा अधिकार बोर्ड अफ डाइरेक्टर डा. सुसान हाङेनले सम्बोधन गरेकी थिईन्। अधिकारकि अर्की बोर्ड अफ डाइरेक्टर ममता गुरुङले कार्यक्रमको सन्चालन गरेकी थिईन्।

पाहुना हरुलाई सेल रोटी, बारा, म:म:, फुरन्दाना, अचारलगायतको नेपाली परिकार पस्किएको थियो। कार्यक्रममा आर्ट अक्सन पनि राखिएको थियो।

Adhikaar's Team with attorney Shirley Lin at the Spring for Justice Fundraising in Manhattan, New York on June 6, 2013. Photos: eEyeCam.com

सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिम हरु प्रदान गर्दै आएको छ।

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

यसैबिच, गत मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा अजादे खालिली, ममता गुरुङ, डा. सुजान हाङ्गेन, उपासना मैनाली र उर्बसी कौल छन्। अधिकारमा डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री हुन् भने नम्रता प्रधान अर्गनाइजिङ फेलो छिन् र एक्जिक्यूटिभ एसिस्टेन्ट प्रार्थना गुरुङ छिन्।

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको हालको बिभिन्न कार्यक्रमहरुको वार्षिक बजेट ५ करोड नेपाली रुपैयाँ बराबर नाघी सकेको छ।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को सातौं वार्षिक कार्यक्रम तथा बनभोज सम्पन्न

-न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं
"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा

More at: -http://usnepalonline.com/adhikaar/ or www.adhikaar.org


Volunteers at Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com




Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com





Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com





Art auction at Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com




Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com


Adhikaar's Spring for Justice Fundraising. Photos: eEyeCam.com


न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित
More photos of Adhikaar's Spring for Justice Fundraising 2013
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.