Inside

All Time Top 50 News

न्यू योर्कमा 'अधिकार' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 09 March 2014 19:19
Article Index
न्यू योर्कमा 'अधिकार' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न
More photos of International Women's Day 2014
All Pages

Special: 24 photos: न्यू योर्क- 'अधिकार' संस्था द्वारा न्यू योर्क शहरमा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न गरिएको छ

Adhikaar celebrated International Women's Day 2014 in New York on March 8, 2014. Photos: eEyeCam.com

मार्च ८ तारिख शनिबार "प्रेरणा परिवर्तनकोलागि" (Inspiring Change) नाराका साथ मनाइएको उक्त नारी दिवस समारोहमा प्यानेलिस्टहरुले नारी हुनुको आ-आफ्नो अनुभव सुनाउँदै नारी समानता र हक अधिकारकोलागि एक जुट हुन आग्रह गरेका थिए।

प्यानेलिस्टहरुमा सन्ध्या गुरुङ प्रधान, शुभद्रा लावती र टोनी किम थिए। सहजकर्ताको भूमिका ममता गुरुङले गरेकी थिईन्।

The panelists at the International Women's Day 2014 event in New York on March 8, 2014. Photos: eEyeCam.com

अधिकारकि स्टेयरिङ्ग कमिटी सदस्य कुस्मा थापाले स्वागत मतब्य राखेकी थिईन् भने अधिकारकि कार्यकारी निर्देशक एबं संस्थापक सदस्य लुना रन्जितले अधिकारले बिगत दश बर्षमा गरेका गतिबिधीहरुको जानकारी दिदै नारी दिवसबारे चर्चा गरेकी थिईन्।

Adhikaar's Executive Director Luna Ranjit speaking at the International Women's Day 2014 event in New York on March 8, 2014. Photos: eEyeCam.com

समाजसेवी शारदा छेत्रीले समारोहको उद्घाटन दीप प्रज्वलन गरेर गरेकी थिईन्।

Social activist Sharada Kshetri inaugurating the International Women's Day 2014 event in New York on March 8, 2014. Photos: eEyeCam.com

नारी दिवस कार्यक्रममा शुभकामना मतब्य ब्यक्त गर्ने अतिथीहरुमा न्यू योर्क शहरको डिस्ट्रिक्ट २५ का काउन्सिल सदस्य डानियल ड्रोम, डिस्ट्रिक्ट २६ का काउन्सिल सदस्य जिम्मी भान ब्रामर, डिस्ट्रिक्ट २२ का कानूनी निर्देशक निक्लास विन्जोनिक्स थिए।

काउन्सिल सद्स्य ड्रमले आगामी बर्ष सन् २०१५ को जनवरी १ तारिखदेखि न्यू योर्क शहरमा बसोबास गर्ने कानूनी कागज नभएकाहरुकालागि पनि न्यू योर्क शहरको परिचय पत्र जारी गरिने बिधेयक ल्याउन लागिएको जानकारी गराएका थिए। उक्त परिचय पत्रले बैंक एकाउन्ट खोल्न, घर भाडामा लिन, परिचय पत्र देखाउनु पर्ने कार्यालयहरुमा जान अनुमति मिल्ने पनि उनले बताए।

समारोहमा पेमा शेर्पाले ल्होसर पर्वबारे जानकारी गराएकी थिईन्। अधिकारका अधिकांश दिदिबहिनीहरु शेर्पा, ह्योल्मो, तामाङ र गुरुङ ल्होसारको सम्मान गर्दै शेर्पा, ह्योल्मो र तामाङ पहिरनमा सजिएर आएका थिए।

समारोहमा बसन्त श्रेष्ठ, मनु लोहोरुङ राई, बन्दना राई र राजु (बिजया) सिंखडाले कविता बाचन गरेका थिए भने नायिका गौरी मल्लले गीत गाएकी थिईन्।

समारोहमा नेपाली चलचित्रकि बरिस्ठ नायिका गौरी मल्ललाई उपस्थित झन्डै ३०० सय नेपाली दिदिबहिनीहरुले ताली र आँशुको सुँक्कसुंक्कबाट हार्दिक बिदाई गरेका थिए।

Senior Nepali actress Gauri Malla is being bid farewell by Adhikaar team at the International Women's Day 2014 event in New York on March 8, 2014. Photos: eEyeCam.com

'अधिकार' कि अधिकारकर्मीनर्बदा छेत्रीले सहयोगी सबैलाई धन्यवाद प्रकट गर्दै नायिका मल्लको बिदाईपछि नियाश्रिएको हललाई मीठो गीतद्वारा रमाइलो बनाएकी थिईन्। कलाकार कृति रोका मगर र उनको श्रीमान अनिल रोका मगरद्वारा अधिकारकर्मी छेत्रीको तयार पाएको पेन्सिल चित्र प्रदान गरिएको थियो।

Adhikaar's Narbarda Chhetri with her painting by Kriti Raka Magar and Anil Roka Magar at the International Women's Day 2014 event in New York on March 8, 2014. Photos: eEyeCam.com

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Adhikaar's Prarthana Gurung.



Adhikaar celebrated International Women's Day 2014 in New York on March 8, 2014. Photos: eEyeCam.com


Adhikaar celebrated International Women's Day 2014 in New York on March 8, 2014. Photos: eEyeCam.com

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्ककि नेपाली चेली लुना रन्जित 'एशिया २१ युवा नेता- २०१३' पुरस्कारद्वारा सम्मानित हुँदै

-न्यू योर्कमा "अधिकार" को दशैं टीका यस्तो रह्यो

-न्यू योर्कमा हितकुमारी श्रेष्ठ उर्फ नितु राणाबाट ५० हजार ७ सय डलर पीडितहरुलाई फिर्ता

-न्यू योर्कमा 'अधिकार' द्वारा ८ औं वार्षिक पिकनिक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित

-न्यू योर्कमा नेपाली संस्था 'अधिकार' द्वारा नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेला सम्पन्न

न्यू योर्कमा 'अधिकार' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न
More photos of International Women's Day 2014
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.