Inside

All Time Top 50 News

न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 23 April 2012 01:58

"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

Special: 1 video, 5 photos:
न्यू योर्क- न्यू योर्कको कुइन्स शहरमा नेपाली दिदिबहिनीहरुबिच चर्चित नेपाली संस्था "अधिकार" ले मनाएको नेपाली नयाँ बर्ष २०६९ कार्यक्रममा 'अधिकार' को पारामा ढालेर गाइएको गीतको एउटा बान्की हो यो।

Adhikaar members dancing during Nepali New Year 2069 celebration at its office in Woodside, New York on April 22, 2012. Photos: eEyeCam.com. (यो फोटाहरु चाँही दुइटा कार्यक्रम सकेर ३ घण्टा ढिलो पुगेको कारण कार्यक्रमको अन्ततिर खिचिएको हो।)

आईतवार अप्रिल २२ तारिख दिउँसो 'अधिकार कार्यालय ७१ स्ट्रिट उड्साइडमा भेला भएका झन्डै २०० दिदिबहिनीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको मीठा परिकारको बाँडिचुँडी स्वाद मात्र लिएनन् बल्की लोक दोहोरीलाई 'अधिकार' को पारामा ढालेर दोहोरी खेले अनि न्यू योर्कको खाना र ब्यस्तताले सोलोडोलो भएको जिउडाल र कम्मरलाई मर्काइ मर्काइ नाँचे:

"खाउ माया मिर्सी यो, 'अधिकार' भन्दा घर पनि बिर्सियो
पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात मर्स्याङ्दी सलल

नभन तेसरी, 'अधिकार'ले ज्यान दे छ बेसरी
पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात मर्स्याङ्दी सलल"

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Adhikaar's Nepali New Year 2069 celebration in New York, April 22, 2012


सन् २०१० मा न्यू योर्क राज्यको संसदबाट घरेलु कामदार सम्बन्धी बिधेयक (Domestic Worker's Bill of Rights Act) पास गराउने आन्दोलनका बेला अधिकारकि सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले नेपाली राष्ट्रिय गीत "गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ" गीतलाई "घर घरबाट उठ, शहर शहरबाट उठ बिल अफ राइट्स पास गराउन उठ" बनाएर नेपाली दिदिबहिनीहरु माझ मात्र होइन अमेरिकि सहकर्मीहरुबिच पनि लोकप्रिय बनाएकी थिइन्।


Adhikaar members during Nepali New Year 2069 celebration at its office in Woodside, New York on April 22, 2012. Photos: eEyeCam.com. (यो फोटाहरु चाँही दुइटा कार्यक्रम सकेर ३ घण्टा ढिलो पुगेको कारण कार्यक्रमको अन्ततिर खिचिएको हो।)

गीत मात्र होइन अधिकारको कार्यक्रम पनि मौलिक छ। अधिकारले अंग्रेजी सिकाउने कार्यक्रमलाई English for Empowerment (शसक्तिकरणकालागि अंग्रेजी) नामाकरण गरेको छ।

सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिम हरु प्रदान गर्दै आएको छ।

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा ममता गुरुङ, टिना श्रेष्ठ, डा. सुजान हाङ्गेन, सुक्ती धिताल, उर्बसी कौल छन्। अधिकारमा सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री हुन् भने नम्रता प्रधान अर्गनाइजिङ फेलो छिन्।

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको हालको बिभिन्न कार्यक्रमहरुको वार्षिक बजेट २० करोड नेपाली रुपैयाँ बराबर नाघी सकेको छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Adhikaar member dancing during Nepali New Year 2069 celebration at its office in Woodside, New York on April 22, 2012. Photos: eEyeCam.com. (यो फोटाहरु चाँही दुइटा कार्यक्रम सकेर ३ घण्टा ढिलो पुगेको कारण कार्यक्रमको अन्ततिर खिचिएको हो।)




Adhikaar members celebrating Nepali New Year 2069 at its office in Woodside, New York on April 22, 2012. Photos: eEyeCam.com. (यो फोटाहरु चाँही दुइटा कार्यक्रम सकेर ३ घण्टा ढिलो पुगेको कारण कार्यक्रमको अन्ततिर खिचिएको हो।)


Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है?

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.