Inside

All Time Top 50 News

न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 12 March 2012 17:04
Article Index
न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा
More photos of 101st Int'le Women's Day celebration by Adhikaar 2012
All Pages

Special: 2 videos; 44 photos: न्यू योर्क- बिगत ६ बर्षदेखि न्यू योर्क शहरको कुइन्समा नेपाली आप्रबासीहरुबिच कृयाशिल 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।


 

A proud moment: Adhikaar Day; The 101st International Women's Day celebration which was organized by Adhikaar in New York on March 11, 2012. The City of New York, Queens Borough president Helen M. Marshall declared 'Adhikaar Day' for March 11, 2012 to honor Adhikaar's work for Nepalese immigrants in New York City. Photos: eEyecam.com.

कुइन्स बोरो प्रेसिडेन्ट मार्शलद्वारा जारी Declaration of Honor मा अधिकार' को कार्यहरुको मुक्त कन्ठले प्रशंसा गर्दै "अधिकार दिवस" बारे अगाडि भनिएकोछ:

"Adhikaar has championed the rights of Nepali-speaking immigrants and has assumed a leadership role in the social justice movement in New York and beyond. Under the thoughtful leadership of Executive Director Luna Ranjit and with the energetic organizing efforts of Program Manager Narbada Chhetri, Adhikaar lives up to the message of today's conference, building collective power for rights, respect, and recognition for women and men everywhere. I am so proud that Adhikaar is a member of my Immigration Task Force and the organization has made its home Queens.

Therefore, I, Helen M. Marchall, President of the Borough of Queens in the City of New York, do hereby declare Sunday, March 11th, 2012 as "Adhikaar Day" in Queens."

The commendation letter from the City of New York, Queens Borough president Helen M. Marshall.

उक्त सम्मान पत्र बोरो प्रेसिडेन्ट मार्शलको कार्यालयकि सुजी टालेन्बमले पढेर सुनाएपछि अधिकारका सदस्यहरुलाई हस्तान्तरण गरेकी थिइन्।

न्यू योर्क शहरमा ५ वटा नगर क्षेत्र (Borough) छन् ति हुन्- म्यान्हट्टन, ब्रोङ्क्स, ब्रुक्लिङ, स्टाटन आइल्यान्ड र कुइन्स। कुइन्समा सबैभन्दा धेरै नेपालीहरु बसोबास रहेको मानिन्छ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

101st International Women's Day celebration by Adhikaar, New York, March 11, 2012, Part-I




अधिकारले आयोजना गरेको उक्त नारी दिवस कार्यक्रमको नारा "सशक्त सामुहिक अभियान: अधिकार, सम्मान र पहिचान" (Building Collective Power for Rights, Respect and Recognition) रहेको थियो।

Adhikaar members performing single act drama at opening ceremony of International Women's Day celebration in New York on March 11, 2012. Photos: eEyecam.com.

कार्यक्रम एउटी असहाय नारीलाई अधिकारले दिने सहयोगको आधारमा तयार पारिएको एकाङ्की नाटकबाट शुरु गरिएको थियो जसमा प्रभा अधिकारी, सुहाना गुरुङ, नम्रता प्रधानलगायतले अभिनय गरेका थिए।

कार्यक्रमको उद्घाटन चाँही संयुक्तरुपमा अधिकार सदस्यहरु रमा पुन मगर, देबी कार्की साथै, संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, कुइन्स शहर डिस्ट्रिक्ट २५ का काउन्सिल सदस्य डानियल ड्रम, कुइन्स शहर कै डिस्ट्रिक्ट २६ का काउन्सिल सद्स्य जिम्मी भ्यान ब्रामरद्वारा पानसमा दीप प्रज्वलन गरेर गरिएको थियो।

The joint inauguration by Adhikaar members Rama Pun Magar, Devi Karki and Ambassador Gyanchandra Acharya, Daniel Dromm, Queens Dist. 25 - Council Member (D) & Jimmy Van Bramer, Dist. 26 - Council Member (D). Photos: eEyecam.com.

स्वागत गीत सुमन बुढा मगर, बिमल डाँगी र मीरा गुरुङद्वारा प्रस्तुत गरिएको थियो। स्वागत मन्तब्य अधिकारकि संस्थापक सदस्य तथा कार्यकारी निर्देशक लुना रन्जितले गरेकी थिइन्।


Adhikaar's co-founding member and Executive Director Luna Ranjit with the honor commendation letter from the City of New York, Queens Borough president Helen M. Marshall who declared 'Adhikaar Day' for March 11, 2012 to honor Adhikaar's work for Nepalese immigrants in New York City. Photos: eEyecam.com.

कार्यक्रममा मन्तब्य ब्यक्त गर्ने अतिथीहरुमा महामहिम राजदूत आचार्य, काउन्सिल सदस्य ड्रम, काउन्सिल सद्स्य ब्रामर र सुजी टालेन्बम थिए।

बक्ताहरुले अधिकारले गरेको कामहरुको प्रसंशा गर्दै न्यू योर्कका नेपाली र अन्य आप्रबासी बासिन्दाहरुको योगदान, समस्या र हक अधिकारकाबारेमा चर्चा गरेका थिए।

Adhikaar's Senior Community Organizer Narbada Chhetri (center) with the members of Adhikaar. Photos: eEyecam.com.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

101st International Women's Day celebration by Adhikaar, New York, March 11, 2012, Part-II




उता नारी दिवसको अबसरमा आयोजित संगोस्ठी कार्यक्रमको सहजकर्ता सुक्ती धितालले गरेकी थिइन् भने प्यानेलिस्टहरुको परिचय ममता गुरुङले गरेकी थिइन्।

प्यानेलिस्टहरुमा अधिकार सदस्यहरु बिष्णु थापा, कर्बुन शेर्पा, रेस्टुरेन्ट अपर्चुनिटी सेन्टर न्यू योर्क (ROC-NY) का बोर्ड सद्स्य शैलेश श्रेष्ठ र ALDEFF कि वकिल शिर्ले लिन थिए।

The panelists: Shukti Dhital, moderator, Bishnu Maya Thapa, Karbun Sherpa, Shailesh Shrestha and Shirley Lin. Photos: eEyecam.com.

प्यानेलिस्टहरुले आ-आफ्नो क्षेत्रका अनुभबहरु सुनाएपछि ७ वटा समूहमा बिभाजन गरेर छलफल गरी निकालिएको निचोड पढेर सुनाइएको थियो।

छलफलकाक्रममा अधिकांश सहभागीहरुले अमेरिका आइसकेपछि आफूले अंग्रेजी भाषाको अल्पज्ञान र नेपालको शिक्षालाई मान्यता नदिदा न्यूनतम ज्यालामा काम गर्न वाध्य भएको दुखेसो पोखेका थिए भने अधिकारले शीप तालिम र अन्य सुबिधाहरु उपल्ब्ध गराउँदै आएकोमा धन्यवाद ब्यक्त गरेका थिए।

The group discussion at the event. Photos: eEyecam.com.

समूहहरुको नेत्रित्व लक्षिन लामा, ब्रिन्दा राई, प्रभा अधिकारी, पुष्प राई, सशी लामा, नम्रता प्रधान, छिरिङ्ग चोमो, सन्ध्या गुरुङ, बिन्दु मल्ल, प्रतिमा महर्जन, बिष्णुमाया थापा, शान्ता घिमिरे, अनु चाम्लिङ र पेमा शेर्पाले गरेका थिए।

Senior Nepalese actress Gauri Mall reciting her poetry at the event. Photos: eEyecam.com.

कार्यक्रममा बरिस्ठ नायिका गौरी मल्लले "आमा' शिर्शकका दुई मार्मिक कविता बाचन गरेकी थिइन् भने इन्दु लामिछाने, नर्बदा छेत्री र भारती राईले बिदाई गीत गाएका थिए। अधिकारको स्टेरियरिङ्ग कमिटीकि प्रेसिडेन्ट प्रभा अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रमको मैझारोकोरुपमा नेपाली डिजेको "सिम्पल सिम्पल कान्छीको डिम्पल गर्ने गाला" गीतमा दिदी बहिनीहरुको कम्मर मर्काइ हेर्दा उनिहरुले दिउँसोभरको भाषण र गहन छलफलको थकान मेटाउने राम्रो बाहना पाएको महशुश हुन्थ्यो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting about Adhikaar's activities:

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

Or for more go to:

http://usnepalonline.com/adhikaar/



Welcome song by Suman Budha Magar, Bimal Dangi and Meera Gurung. Photos: eEyecam.com.





Adhikaar's Executive Director Luna Ranjit. Photos: eEyecam.com.



Ambassador Gyanchandra Acharya. Photos: eEyecam.com.



Lucy Telnbum of Queens Borough president Helen M. Marshal office.


Adhikaar members after getting commendation letter from the City of New York, Queens Borough president Helen M. Marshall who declared 'Adhikaar Day' for March 11, 2012 to honor Adhikaar's work for Nepalese immigrants in New York City. Photos: eEyecam.com.

न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा
More photos of 101st Int'le Women's Day celebration by Adhikaar 2012
All Pages



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.