Inside

All Time Top 50 News

न्यू योर्कमा अधिकारको नबौं बार्शिक पिकनिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 27 July 2014 20:45

Special: 3 photos: न्यू योर्क- नेपाली संस्था 'अधिकार' ले आफ्नो नबौं बार्शिक पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।

Adhikaar hosted its 9th annual picnic in  New York on July 26, 2014. Photos: Pratha Magar for USNepalOnline

जुलाई २६ तारिख न्यू योर्कको कुइन्स मिडो पार्कमा आयोजना गरिएको उक्त पिकनिक कार्यक्रममा नांचगान र नेपाली खाना खुवाईए र रमाइलो गरिएको थियो । कार्यक्रममा स्वयम्सेविहरुलाई प्रसंशापत्र बितरण गरिएको थियो ।

Adhikaar hosted its 9th annual picnic in  New York on July 26, 2014. Photos: Pratha Magar for USNepalOnline

सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिम हरु प्रदान गर्दै आएको छ।

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।


Adhikaar hosted its 9th annual picnic in  New York on July 26, 2014. Photos: Pratha Magar for USNepalOnline


अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

सन् २०१२ मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा अजादे खालिली, ममता गुरुङ, डा. सुजान हाङ्गेन, उपासना मैनाली र उर्बसी कौल छन्। अधिकारमा डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री हुन् भने नम्रता प्रधान अर्गनाइजिङ फेलो छिन् छिन्।

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको हालको बिभिन्न कार्यक्रमहरुको वार्षिक बजेट ५ करोड नेपाली रुपैयाँ बराबर नाघी सकेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा 'अधिकार' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न

-न्यू योर्ककि नेपाली चेली लुना रन्जित 'एशिया २१ युवा नेता- २०१३' पुरस्कारद्वारा सम्मानित हुँदै

-न्यू योर्कमा "अधिकार" को दशैं टीका यस्तो रह्यो

-न्यू योर्कमा हितकुमारी श्रेष्ठ उर्फ नितु राणाबाट ५० हजार ७ सय डलर पीडितहरुलाई फिर्ता

-न्यू योर्कमा 'अधिकार' द्वारा ८ औं वार्षिक पिकनिक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित

-न्यू योर्कमा नेपाली संस्था 'अधिकार' द्वारा नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेला सम्पन्न

-अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन

-Nepali Worker from New York Announces Lawsuit Against Masala Wok & Grill for Fraud and Severe Labor Abuse

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.