Inside

All Time Top 50 News

न्यू योर्क शहरका मेयर ब्लाजियोद्वारा 'अधिकार' कि संस्थापक लुना रन्जितको सम्मानमा सेप्टेम्वर २८ लाई "लुना रन्जित डे" दिवस घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 28 September 2016 23:08

Exclusive: 2 photos: न्यू योर्क - न्यू योर्कमा चर्चित नेपाली सामाजिक संस्था 'अधिकार' को संस्थापक सदस्य एबं कार्यकारी निर्देशक लुना रन्जितले स्वअवकास घोशणा र बिदाई समारोहको दिन उनले न्यू योर्क शहरका आप्रवासी (ईमिग्रेसण्ट) हरुको हक अधिकारको लागि अग्रणी भूमिका निभाएको कदर गर्दै  न्यू योर्क शहरका मेयार बिल डे ब्लाजियोले एक प्रोक्लेमेसन जारी गर्दै सेप्टेम्वर २८ (२०१६) लाई "लुना रन्जित डे" घोशणा गरेकाछन् ।

 

Adhikaar's Co-founder and Executive Director Luna Ranjit speaking at her farewell program in New York on September 28, 2016. Photos: Pradeep Pariyar Thapa

यस अघि, सन् २०१५ मा अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरद्वारा सेप्टेम्बर २७ तारिखलाई सामाजिक अभियनता डा. बिष्णुमाया परियारले समाजमा पुर्याएको योगदानको कदर गर्दै सेप्टेम्बर २७ तारिख (२०१५) लाई "डा. बिष्णुमाया परियार डे" घोशणा गरिएको छ ।

'अधिकार' संस्थाले न्यू योर्कका नेपाली समुदायमा बिभिन्न सामुदायिक कार्यक्रमहरुद्वारा हजारौं नेपाली आप्रवासीहरुलाई सुबिधा पुर्‍याउँदै आएको छ । 'अधिकार' ले बिगत १० वर्शमा आप्रवासीहरुको हक अधिकारको लागि लड्दै आएको छ भने हरेक बर्ष झन्डै एक हजार नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ । सन् २००५ मा शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको 'अधिकार' को हालको वार्षिक बजेट झण्डै एक मिलियन अमेरिकि डलरको रहेको छ ।

Adhikaar's Co-founder and Executive Director Luna Ranjit receiving Proclamation from New York City Mayor's Office which declared September 28th as "Luna Ranjit Day" at her farewell program in New York on September 28, 2016. Photos: Pradeep Pariyar Thapa

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

त्यसैगरी, सन् २०१२ मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।

अधिकारले सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ। यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा उर्वशी कौल, रिना गुरुङ, रिन्चेन शेर्पा, शिक्षा खटिवडा र शिर्ले लिन छन्। अधिकारकि डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री हुन् भने अन्य स्टाफहरुमा मीनु गोर्खाली सिंह, अलिया सभर्वाल, अनुपा गेवाली, माया गुरुङ, मेघा लामा, नम्रता प्रधान, पबित्रा दाश सन्ध्या गुरुङ प्रधान र छिरिङ लामा छन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-An emotional farewell to Adhikaar's co-founder Luna Ranjit who gave the voice to many voiceless

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.