NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Prathaa Magar   
Thursday, 27 October 2011 22:18

Exclusive: 2 photos: काठमाडौं- अमेरिका उड्न लागेकी दिचिन डोमा शेर्पासँग १ लाख १० हजार लिएको भन्दै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिक्रित पूर्णबहादुर बस्नेतको कारबाहीको माग गरेका छन् भने दोशी अध्यागमन अधिक्रित बस्नेतलाई दुई महिनाकालागि सरकारले निलम्बन गरेको छ।


 

Dichin Sherpa speaking to journalists via Skype about the bribe she paid to Civil Aviation staff Purnabahadur Basnet while returning to USA. Photos courtesy: SherpaWorld.com

नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा गत असोज २५ गते बुधबार संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले सम्बन्धित दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग गरेका हुन्।

असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतले कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि दिचिन डोमाले असोज २५ गते कर्मचारी बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका फर्केकी थिइन्।

Suspended Civil Aviation staff Purnabahadur Basnet. Photos courtesy: SherpaWorld.com

कार्यक्रममा स्काईपको प्रयोग गरि विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पिडित दिचिनसंग अनलाइनमा प्रश्न सोधेका थिए। दिचिनले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई भिडियो रेकर्ड गरेको दृष्य पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभागलगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नु पर्ने माग गरेको कुरा शेर्पा वर्ल्ड डट कमले उल्लेख गरेको छ।



उता दोशीमाथि कार्यवाहीको माग गर्दै गत कार्तिक ३ गते न्यू योर्कका नेपाली संघ संस्थाका प्रतिनिधीहरुले न्यू योर्कस्थित नेपाली स्थाई नियोगमा प्रधानमन्त्री समक्ष्य ज्ञापन पत्र बुझाएका थिए।

यसैबिच, दोशी अध्यागमन अधिक्रित बस्नेतलाई दुई महिनाकालागि सरकारले निलम्बन गरेको छ। उक्त कुराको जानकारी अध्यागमन अधिक्रित तथा छानबिन समितीका संयोजक शिवप्रशाद लम्सालले गराएका छन्। समितीले १५ दिनभित्र प्रतिबेदन बुझाउनु पर्ने छ।

-Prathaa Magar in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?