NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एएनएद्धारा २९ औं सम्मेलनमा सहयोग गर्ने स्वयंसेवकहरुको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gunaraj Luitel   
Sunday, 15 January 2012 09:33

वाशिङटन डि.सी.- उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज् (ANA) को डि.सी.मा सम्पन्न २९ औं सम्मेलनलाई भव्यरुपमा सम्पन्न गराउन सहयोग गर्ने स्वयंसेवकहरुको सम्मानमा शुक्रबार हर्डन, भर्जिनियामा एक सम्मान कार्यक्रमको आयोजना गरिएको छ।

एएनए २९ औं सम्मेलन आयोजक मूल समितिद्धारा आयोजना गरिएको सो समारोहमा प्रमुख अतिथि राजदूत डा. शंकर शर्माले अहिलेको समयको कुटनीति नागरिक स्तरबाट हुने भएकोले यसमा एएनए जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहने कुरा बताउनु भयो । डा. शर्माले सो समारोहमा एएनएको २९ औं सम्मेलन सफल बनाउन तन, मन् र धनले सहयोग गर्ने स्वयंसेवकहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

सो समारोहमा सम्मेलन सफलताको लागि सहयोग गर्ने स्थानीय संचार माध्यमहरु सगरमाथा टेलिभिजन, नेपाल मिडिया क्याफे, रेडियो दोभान, नेपाली पोष्ट, नेपाल होराइजन्स, विश्व परिक्रमा, ग्लोभ नेपाल, नेपाल मदर, नेपाली समाज डट कम लगायतलाई विशेष धन्यबाद दिइएको थियो भने २९ औं एएनए उत्कृष्ट पत्रकारिता पुरस्कारबाट डिसीनेपाल डटकमलाई सम्मान गरिएको थियो ।

स्वयंसेवक समितिका संयोजक विजय थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा २९ औ एएनए सम्मेलन संयोजन समितिका संयोजक हेमन्त श्रेष्ठले सवै सहयोगी व्यक्ति तथा संस्थाहरुलाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । पूर्व अध्यक्ष सिमोन ढुंगानाले एएनए संस्था संचालनलाई लिएर अदालतमा परेको मुद्धा कानूनी रुपले नै परास्त भइसकेकोले अव सवै एकजूट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले केही एएनएका दिग्गजहरुले मुद्धा हालेर आफ्नै संस्थाको विरुद्धमा काम गरेकोले सहज रुपमा आफूले संस्थाको काम गर्न नसकेको बताउंदै अव चांडै नै करीव एक लाख डलर बरावरको नेपाली समुदाय आकस्मिक सहयोग कोष खडा गर्न लागिएको, नेपालको ग्रामीण क्षेत्रको विकासमा सहयोग पुर्याउने योजना तैयार भइरहेको, जोखिममा रहेका नेपाली पत्रकारहरुलाई एक हजार डलर बराबरको पुरस्कार स्थापना गर्न लागिएको जानकारी दिनु भयो । सो अवसरमा एएनएका पूर्व अध्यक्ष डा. श्याम कार्कीले अव फेरि पनि एएनएमा एकताको विबल्प नभएकोले सवैले पुराना कुरालाई विर्सेर समाजको सेवामा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

सम्मेलन आयोजक समितिकोतर्फबाट
गुणराज लुइटेल

-Gunaraj Luitel in Washington DC

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?